डोनाल्ड ट्रम्पको आँखामा यी हुन् ‘विश्वकै सुन्दर युवती’

डोनाल्ड ट्रम्पको आँखामा यी हुन्   ‘विश्वकै सुन्दर युवती’

काठमाडौंः एना इभानोविच पूर्व विश्व नम्बर एक र फ्रेन्च ओपन च्याम्पियन खेलाडी हुन्।

संसारभर धरै फ्यान भएकी खेलाडीमा पर्छिन् सर्वियाकी टेनिस खेलाडी इवानोविच। उनै सुन्दरी खेलाडी इभानोविचलाई नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेटेका रहेछन्। ट्रम्पले पूर्व विश्व नम्बर एक खेलाडी एनालाई विश्वकै सवैभन्दा सुन्दर महिलाका रुपमा चित्रण गरेका छन्।

केही दिन अघिमात्रै अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पले सर्वियाकी टेनिस स्टार एनाको सार्वजनिकरुपमै प्रशंसा गर्दै उनलाई विश्वकै सुन्दर महिला भनेर व्याख्या गरेका हुन्। सर्विया भ्रमणका क्रममा एनालाई भेटेका ७० वर्षीय ट्रम्पले ‘विश्वकै सन्दर महिला’ भनेका हुन्। तर, ट्रम्पले उनलाई यो भनेको सन् २०१३ मै हो।

त्यतिबेलाका सर्वियाका विदेशमन्त्रीसँगको भेटका क्रममा ट्रम्पको एनाको विषयमा कुराकानी भएको थियो। सर्वियाका विषयमा कुराकानी हुँदा विश्व नम्बर एक टेनिस खेलाडी एना इवानोविचका विषयमा विदेशमन्त्रीले बयान गरेका थिए।

२९ वर्षीय खेलाडी इवानोविचको ट्रम्पसँग भेट भने सन् २०१४ मा भएको थियो। एनाले ट्रम्पसँग भएको भेटको फोटो पनि ट्वीटरमार्फत सार्वजनिक गरेकी थिइन्। एनाले गत वर्षमात्रै जर्मनीका पूर्व राष्ट्रिय खेलाडी एवम् म्यानचेस्टर युनाइटेडका खेलाडी स्वाइन्सटाइगरसँग बिहे गरेकी हुन्।

ana and trump


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.