भारतीय सेनाको स्थायी पेन्सन क्याम्प अब बुटवलमा
![भारतीय सेनाको स्थायी पेन्सन क्याम्प अब बुटवलमा](https://annapurnapost.prixacdn.net/media/albums/pm-Prachanda-with-indian-Army-Chief-58288036573ed6.62527734_rKjDkN5xzW.jpg)
काठमाडौंः भारतीय सेनाले बुटवलमा नयाँ पेन्सन वितरण कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शनिबार भएको भेटमा भारतीय सेनाका प्रमुख दलवीर सिंहले यस्तो जानकारी गराएका हुन् । भारतीय सेनाबाट निवृत्त नेपालीको पेन्सन वितरणलाई थप सहज बनाउन बुटवलमा नयाँ कार्यालय स्थापन गर्न लागिएको भारतीय सेना प्रमुखले बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भारतले विगतमा बुटवलमा अस्थायी पेन्सन क्याम्प संचालन गर्दै आएको भए पनि अब भने स्थायी पेन्सन क्याम्प राख्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)