आर्ट काउन्सिलमा ३६ कलाकार

आर्ट काउन्सिलमा ३६ कलाकार

काठमाडौंः पछिल्लो समय राजधानीमा अन्तर्राष्ट्रिय कला प्रदर्शनीको लहर चलेको छ । ‘अन्तर्राष्ट्रिय जलरङ मेला’ सकिन नपाउँदै बबरमहलस्थित आर्ट काउन्सिलमा नेपाली तथा विदेशी गरी ३६ जना कलाकारका कलाकृति शनिबारदेखि प्रदर्शन सुरु भएको छ । एसएमडी फाउन्डेसन इन्डियाको संयोजनमा नेपाल आर्ट काउन्सिल, न्यु आर्ट सर्कल तथा जंगल किलोल फाउन्डेसनको संयुक्त आयोजनामा भएको प्रदर्शनी चार दिनसम्म चल्नेछ ।

प्रदर्शनीको उद्घाटन गर्दै संस्कृतिविद् सत्यमोहन जोशीले नेपालमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुनु सुखद पक्ष रहेको बताए । ‘यस्ता प्रदर्शनी गर्दै गए नेपाली कलाले विश्वमा आफ्नो छाप छोड्न सक्छ’, उनले भने । एसएमडी फाउन्डेसनको संयोजक मिन्टु डेकाले यस्ता किसिमका कला प्रदर्शनीले नेपाली तथा अन्य देशका कलाकारलाई एक ठाउँमा जोड्ने विचार व्यक्त गरे ।

प्रदर्शनीमा नेपालबाट किरण मानन्धर, श्यामलाल श्रेष्ठ, प्रमिला गिरी, कृष्ण मानन्धर, नरेशसुन्दर सैंजू, जीवन राजोपाध्याय, हरि खड्का, शंकरनाथ रिमाल, टेकवीर मुखिया, लोक चित्रकार, शंकरराजसिंह सुवाल, टार्जन साङपाङ, रत्नकाजी शाक्य, शान्तकुमार राई, बुद्धि गुरुङ, गोविन्द डंगोल रहेका छन् ।

त्यसैगरी भारतबाट मिन्टु डेका, शिखा गुप्ता, डा. सन्ध्या पाण्डे, सुशान्त सरकार, मन्देश राजगुरु, शयामल मुखर्जी, प्रशान्त फुसेल, रचेल थोमस, सुजित दास, डा. जुनमोनी बोरा, झरना हल्दार एवं पाकिस्तानबाट फाकिरा फाकिरो, मोहन दास, असिर नहिम र अदनान अली सहभागी छन ।

उता लेवनानबाट नाडा, इटानीबाट नोहा हसन चम्सिद्दिन एवं श्रीलंकाबाट बी सरथ गुन श्री परेरा रहेका छन् । कलाकारहरूले आर्ट काउन्सिलमै चित्रकला कार्यशाला सम्पन्न गरेका छन् । कार्यशालामा तयार पारिएका चित्रलाई नेपाल कला परिषद्मा रहेको वागमती कला संग्रहालयमा राखिने न्यु आर्ट सर्कलका कोषाध्यक्ष हरि खड्काले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.