अमेरिकामा नेपाली फिल्म अवार्ड

अमेरिकामा नेपाली फिल्म अवार्ड

कोलोराडो अमेरिकाः नेपाली कला संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्यले अमेरिकाको कोलोराडोमा आयोजित ग्लोबल नेपाली फिल्म अवार्ड भव्य रूपमा सम्पन्न भएको छ । ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म नारासहित नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्देश्यले नेपाल फिल्म सोसाइटी, अमेरिका नेपाल टेलिभिजन र बीआरटी नेपाल डटकमले संयुक्त रूपमा अवार्ड आयोजना गरेको हो ।

कोलोराडोस्थित बु्रमफिल नगरमा सम्पन्न कार्यक्रममा नेपालका ख्यातिप्राप्त चलचित्रकर्मीहरू सहभागी थिए । पूर्वसूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पर्वतारोहीलाई सम्मान तथा अभियान अवार्ड प्रदान गरिएको थियो ।सो अवसरमा उत्कृष्ट चलचित्र, कुशल निर्देशक, कुशल सिनेमाटोग्राफर, उत्कृष्ट नायक, नायिकालगायत विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा अवार्ड पाउनेमा बसुन्धरा भुसाल, गिहिन्द्र धिमाल, वसन्त श्रेष्ठ, शिव श्रेष्ठ, भुवन केसी, शर्मिला मल्ल, सुनिल थापा, कृष्ण मल्ल, शम्भुजित बास्कोटा, आरपी पन्थ, पुरुषोत्तम प्रधान, सञ्जय लामा, राजवल्लभ कोइराला, नन्दिता केसी, शिवहरि पौड्याललगायत थिए । दिवंगत नायक श्रीकृष्ण श्रेष्ठलाई प्रदान गरिएको सम्मान ग्रहणपछि स्टेजमा बोल्दै गर्दा उनकी जीवनसंगिनी तथा नायिका श्वेता खड्का भक्कानिएपछि केही समय हलमा सन्नाटा छाएको थियो ।

देशबाहिर बसेर पनि नेपाली चलचित्र क्षेत्रमा योगदान गर्नेलाई सम्मान गर्ने उद्देश्यले कृष्ण मल्लबाट सुरु गरिएको अभियान अवार्ड सो अवसरमा प्रदान गरिएको थियो । सो अवार्डबाट लाक्पा शेर्पा, रोहिणीकुमार शर्मा, बिलोल पोख्रेल सम्मानित भए । सो अवसरमा बसुन्धरा भुसाल, शिव श्रेष्ठ, भुवन केसी, शम्भुजित बास्कोटा, सुनिल थापा, नन्दिता केशी, नारायण त्रिपाठी, शिवहरि पौड्याल, महादेव त्रिपाठीलगायतको नृत्य एवं हास्य प्रस्तुतिमा दर्शक रमाएका थिए ।

कार्यक्रममा सर्वोच्च शिखर सगरमाथा १६ पटक आरोहण गरेका दानुरु शेर्पा, १६ वर्षको उमेरमा सगरमाथा चढेर गिनिज बुकमा नाम लेखाउन सफल तथा बाबुछोरी दुवै सगरमाथा चढेर कीर्तिमान राख्न सफल ङिमा छम्जी शेर्पा, नौपटक सगरमाथा चढ्ने पासाङ तेन्जिङ शेर्पा, सातपटक सगरमाथा चढ्ने डिमाकर्म शेर्पा, ६ पटक सगरमाथा चढ्ने मिङ्मा ओंगेल शेर्पा, सगरमाथा र केटु हिमालको सफल आरोहण गर्ने दावा याङ्जुम शेर्पालाई कार्यक्रममा सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.