ट्रम्प खुशी नेपाली निरास

ट्रम्प खुशी नेपाली निरास

बुधबार बिहान सारा विश्वलाई अचम्म पार्दै अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प विजयी भए । उनको विजयसँगै ‘ ग्लोबल स्टक मार्केट’ ओरालो लाग्न थाल्यो । ट्रम्पको आर्थिक नीति ठीक नभएकाले लगानीकर्ताहरूको विश्वास एकै पटक धरायी भएको विश्लेषकहरू बताउँछन् । राष्ट्रपति चुनावको दौडमा धेरै पटक विवादमा आएका ट्रम्पको विजयले अमेरिकामा रहेका नेपालीलगायत आप्रवासीहरू निरास भएका छन् ।

केही व्यवसायी र राम्रो आम्दानी गर्ने समूह भने केही उत्साहित र खुशी छन् । सबैभन्दा बढी निरासा त अमेरिकामा बस्न वैध बाटो खोजिरहेका थुप्रै नेपालीमा छ । राष्ट्रपति भएपछि अमेरिकामा रहेका एक करोडभन्दा बढी गैर कानुनी आप्रवासीलाई सीमा कटाउने घोषणा ट्रम्पले गरिसकेका छन् ।लागूऔषध ओसार पसारलगायत अपराधमा आप्रवासीको संलग्नता रहेको उनको बुझाइ छ ।

कुल मतदातामध्ये १८ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने मेक्सिकन र उल्लेख्य संख्यामा रहेका मुस्लिम समुदाय ट्रम्पको पहिलो निसानामा पर्ने छन् । आप्रवासीलाई चिढ्याउदै गोरा अमेरिकीको समर्थन जितेका ट्रम्पको जितले धेरै आप्रवासीजस्तै नेपालीले पनि खुशी साट्न सकेका छैनन् । यद्यपि, ट्रम्पको अभियानमा सहभागी सानो नेपाली समूह भने यो परिणामबाट खुशी नै छ ।

टेक्सास निवासी पत्रकार लेखनाथ गौतम भन्छन्, ‘ थुप्रै नेपाली व्यवसायी डोनाल्डको पक्षमा देखिए । काम गरेर गुजारा गर्नेहरू भने हिलारीको पक्षमा ।’ टेक्सासमा मात्र ३५ हजार भन्दा बढी नेपाली बस्दै आएका छन्, जसमा सात हजार भन्दा बढी मतदानमा सहभागी भएका थिए । टेक्सासमा डोनाल्ड नै विजय भएका छन् ।

अमेरिकामा करिव तीन लाख नेपाली बस्छन् । तीमध्ये सबै भन्दा बढी अर्थात् करिब ७० हजार नेपाली न्यूयोर्कमा बस्छन् । यसपटकको राष्ट्रपति निर्वाचनमा न्यूयोर्कमा बस्ने नेपाली विभाजित देखिए । हिलारीलाई र ट्रम्पलाई समर्थन गर्नेहरूको सामाजिक सञ्जालमा जुहारी नै चलेको थियो ।
न्यूयोर्क आसपासबाट १० हजार नेपाली मतदाता थिए ।

सञ्चारकर्मी शैलेश श्रेष्ठ ट्रम्पलाई अमेरिकी राष्ट्रपति भन्नै नसुहाउने टिप्पणी गर्छन् । २९ इलेक्टोरल मत रहेको न्यूयो र्कमा हिलारी विजयी भएकी छन् ।
सबै भन्दा बढी जनसंख्या, सिनेट र इलेक्टोरल मत रहेको क्यालिफोर्निया बस्ने अधिकांश ने पाली हिलारीका पक्षमा थिए । क्यालिफो र्नियामा करिव ४४ हजार नेपाली छन् । तीमध्ये आठ हजार मतदानमा सहभागी भए ।

५५ इलेक्टोरल मत रहेको क्यालिफोर्नियामा हिलारीले ठूलो अन्तरले जित हासिल गरिन् । रेस्टुराँ व्यवसायी हरिहर दाहालले ट्रम्पको जित मनैदेखि स्वीकार्न सकिरहेका छैनन् । नतिजा नियाल्दै दाहालले चुनाव प्रणालीमाथि नै कटाक्ष गरे , ‘ ट्रम्पजस्तो गैर जिम्मेवार लाई अमेरिकाजस्तो देशको राष्ट्रपति बनाउने चुनाव प्रणाली नै ठीक छैन ।’

अमेरिकी राष्ट्रपति चुनावको अध्ययन गर्न ने पाली बस्ने सहर पुगेका कांग्रेस नेता विश्वप्रकाश शर्मा यसअघिको राष्ट्रपति निर्वाचनभन्दा यसपटक नेपाली मुलका मतदाता दोब्बर भन्दा बढी भएको बताउँछन् । ठाउँ–ठाउँमा रिपब्लिकन उम्मेदवारको प्रचारमा समेत नेपाली सहभागी भएको उनको अनुभव छ ।
सिलिकन भ्यालीमा बस्दै आएका विश्वनाथ भण्डारी आप्रवासीको देशमा आप्रवासीप्रति अनुदार राष्ट्रपति निर्वाचित हुनु दुखद भएको बताउँछन् ।

अनुदार ट्रम्पको आगमनले गैर कानुनी रूपमा रहेका १० हजार भन्दा बढी नेपालीको भने टाउको दुखेको छ । अमेरिकामै बस्न आवेदन दिएर अन्तर्वार्ता पर्खेका करिव तीन हजार नेपाली पनि यो चुनावी नतिजाले त्रसित छन् । अमेरिकी समाजमा आप्रवासी र अरू धर्मावलम्बीप्रति अनुदार भावना सार्वजनिक गरेरै ट्रम्पले राष्ट्रपतिको दौड जिते ।

उनलाई सम्हालिएर अगाडि बढ्न भने पक्कै सजिलो नभएको विश्वनाथ भण्डारी बताउँछन् । भन्छन्, ‘ आप्रवासीप्रति गोराहरूमा गुम्सिएको घृणा र उकुसमुकुस बाहिर आएको छ । राज्यसत्ता पुनः कब्जा गरेको भ्रम छ । मनमा शान्ति महशुस गरेका छन् । तिनको मनो विज्ञान बुझेर उत्तेजक अभिव्यक्ति दिने ट्रम्पले जितपछि गर्नसक्ने केही पनि छैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.