फैलिँदो धनियाँ सुगन्ध

फैलिँदो धनियाँ सुगन्ध

मधेसी मूलकी महिलाको स्वरबाट रेडियोमा चर्चित भएकी कलाकार दीपाश्री निरौला सानो हुँदै अहिले ठूलो पर्दामा पनि उत्तिकै सक्रिय छिन्। त्यसमा पनि ‘छक्का–पञ्जा’ सिनेमाबाट त उनी निर्देशक नै बनिन्, जसले दर्शकको भरपुर माया पाएको छ।

कमाइ र लोकप्रियता दुवै दृष्टिकोणले अहिलेसम्म बनेका नेपाली सिनेमालाई उछिनिरहेको ‘छक्का–पञ्जा’ले नवौं हप्तामा पनि विभिन्न हलमा ‘सो’ पाइरहेको छ। त्यसैगरी सिनेमा युएईका आठ शहरका एकै पटक १७ थिएटरमा प्रदर्शन भइरहेको छ।

कलाकारितामा सफल दीपाले निर्देशनको पहिलो कदममै सफलता हात पारेकी छन्। त्यससँगै दीपक–दीपा समूहले बनाउने नयाँ फिल्मको निर्देशन पनि उनैले गर्ने घोषणा सार्वजनिक भइसकेको छ। दीपा भन्छिन्, ‘दर्शकको मन जित्छौं भन्ने त लागेको थियो तर यति धेरै त सोचिएको थिएन। अहिले सगरमाथामै पुगेको अनुभूति भएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.