अन्तर्राष्ट्रिय ध्यान तान्ने उद्यमी
अमेरिकी म्यागेजिन फोब्र्समा सूचीकृत उद्योगी विनोद चौधरी अमेरिकाकै प्रतिष्ठित वित्तीय ‘फर्म’ फ्रस्ट एन्ड सुलिभानले सम्मानित भएका छन् । विश्वव्यापी वित्तीय परामर्शदात्री संस्थाका रूपमा चर्चित ‘फर्म’ले चौधरीलाई ग्रोथ, इनोभेसन एन्ड लिडरसिप (जीआईएल) अवार्डबाट सम्मान गरेको हो । चौधरीको दृढता, लगनशीलता र नेतृत्वको कदर गर्दै अवार्डबाट सम्मानित गरिएको फ्रस्ट एन्ड सुलिभानले जनाएको छ ।
चौधरीले पाँच महादेशका एक सय २२ वटा कम्पनी तथा ७६ ब्रान्डको स्वामित्व रहेको औद्योगिक घराना चौधरी ग्रुपको नेतृत्व गरिरहेका छन्।अवार्डबाट यसअघि अमेरिकी राष्ट्रपति बाराक ओबामा, भारतको प्रतिष्ठित व्यावसायिक घराना टाटाका अध्यक्ष रतन टाटालगायत व्यक्ति सम्मानित भइसकेका छन्। चौधरीले प्राप्त यो सम्मानले नेपाली उद्यमशीलताको विश्वव्यापी चिनारी अझ स्थापित हुने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस !