खेलाडीलार्इ सरकारको आठ लाखको उधारो सम्मानः मुस्कान उस्तै !

खेलाडीलार्इ सरकारको आठ लाखको उधारो सम्मानः मुस्कान उस्तै !

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फाइनलमा विजयी नेपाली फुटबल खेलाडीलाई बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मान गरे ।

सम्मान समारोहमा प्रधानमन्त्री प्रचण्डले भाषण पनि गरे । ‘२१ वर्षयता फुटबलको क्षेत्रमा नेपालले ठूला पदक जित्न सकेको थिएन । तर, पछिल्लो एक वर्षमै नेपालले ठूला तीन पदक जितेको छ, नेपालको विजयी सुरुवात भइसकेको छ ।’

प्रधानमन्त्रीको सम्बोधन यत्तिमा टुंगिएन जितले नेपालको गौरब बढाएको भन्दै खुशी व्यक्त गरे । ‘यो जितले नेपालको गौरव बढाएको छ, युवाहरुमा आत्मविश्वास बढेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसका लागि सम्पूर्ण बिजेता टिमलाई म हृदयदेखि नै बधाइ दिन चाहन्छु ।’

प्रधानमन्त्रीको सम्मान सबै खेलाडी र पदाधिकारीले खुशीसाथ ग्रहण गरे । मुस्कानसहित प्रधानमन्त्रीसँग हात मिलाएर खेलाडीले प्रधानमन्त्रीलाई सम्मानका लागि धन्यवाद दिए । तर तितो यथार्थ छुट्टै छ । नेपालली खेलाडीले अन्तर्राष्ट्रिय स्तरको उपािध हात पार्दा सरकारले घोषणा गरेको नगद पुरस्कारको घोषणा उधारो मै सीमित हुँदै आएको छ ।

नेपाली फुटबल टोलीले एक वर्षमा तीनवटा उपाधि जित्दा तीनै पटक सरकारबाट आकर्षक पुरस्कार घोषणा भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा फुटबल टिमलाई दिने भनिएको नगद पुरस्कार अझै दिइएको छैन ।

गत फागुनमा बंगलादेशमा भएको बंगबन्धु गोल्ड कपको उपाधि जित्दा टोलीको प्रोत्साहनका लगि सरकारले जनही दुई लाख रुपैयाँ घोषणा गरेको थियो । त्यसलगत्तै भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलको उपाधि जित्दा सरकारले प्रत्येक खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने घोषणा गरेको थियो । अहिले पनि सरकारले फुटबल टोलीका खेलाडीलाई तीन—तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रधानमन्त्रीले बिहीबार खेलाडीलाई सम्मान गरे पनि उधारो नै सम्मान गरेका छन् । प्रचण्ड सरकारले तीन–तीन लाख दिने विषयमा गरेको घोषणा कार्यान्वयन कहिले हुने हो ? प्रश्न अनुत्तरित छ ।

वर्षमा तीन वटा उपाधि हात पारेका खेलाडीले सरकारबाट दुई लाख रुपैयाँ पाएका छन् । सरकारले घोषणा गरेको र फुटबल खेलाडीले पाउनुपर्ने रकम अहिलेसम्म आठ लाख बाँकी छ । उक्त रकम खेलाडीले कहिले प्राप्त गर्छन् भन्ने कुरा सरकारलाई नै थाहा छैन ।

युवा तथा खेलकुदमन्त्री श्रीपाइलीले विगतमा कुनै योजना र छलफल नगरी आफूखुसी पुरस्कार घोषणा गर्दा समस्या देखिएको स्वीकार गर्दै अब त्यस्तो नहुने बताएका छन् । ‘हामीले अहिले सल्लाह र योजनाअनुसार नै पुरस्कार रकम घोषणा गरेका हौं । अहिलेको पुरस्कार तत्काल दिने तयारीमा छौं । पहिलाको रकमका बारेमा पनि म सकभर पहल गर्नेछु,’ मन्त्री श्रीपालीले भने ।

तीनैपटक राष्ट्रिय फुटबल टोलीको व्यवस्थापक रहेका एन्फाका कोषाध्यक्ष विराटजंग शाहीले पुरस्कार रकमका बारेमा पहिलेको सरकारलाई पटकपटक ध्यानाकर्षण गराए पनि सम्भव नभएको गुनासो गरे ।

खेलाडीले समेत प्रधानमन्त्रीले सम्मान गरेपछि सरकारले घोषणा गर्ने तर नगद पुरस्कार नदिने प्रवृत्तिले दुःखी बनाएको बताएका छन्। वालुवाटारमै खेलाडीले गरेको यो गुनासोपछि प्रचण्ड नेतृतवको सरकारलाई अहिले घोषणा भएको मात्र नभएर यस अघिका सरकारले घोषणा गरेको नगद पुरस्कार समेत दिन दबाब परेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.