ठूला फाइल पठाउन स्म्यास

ठूला फाइल पठाउन स्म्यास

आफ्नो साथी वा कसैलाई अनलाइनमा फाइल पठाउन परेमा सबभन्दा पहिलो रोजाइमा पर्छ 'ईमेल' । अधिकांश ईमेल सेवा प्रदायकले २५ देखि ३० एमबी साइजका फाइल अट्याचमेन्टको सुविधा दिएका छन् । यो लिमिटेसन कहिलेकाहीँ प्रयोगकर्ताका लागि समस्याको विषय बन्ने गरेको छ । जब हामीले पठाउनुपर्ने फाइलको साइज २५ देखि ३० एमबीभन्दा धेरै हुन्छ तब यो समस्या सिर्जना हुन्छ ।

मानौं, हामीले पठाउनुपर्ने फाइल ३० जीबीको छ, यो अवस्थामा गुगल ड्राइभ, वानड्राइभ अथवा ड्रपबक्सजस्ता फाइल स्टोरेज सेवा प्रदायकको प्रिमियम सुविधा आवश्यक पर्छ । फ्रीमा अनलिमिटेड स्टोरेज सेवा दिने खासै त्यस्ता कम्पनी छैनन् । भए पनि डाउनलोड स्पिड, अपलोड स्पिडलगायतका विषयमा कुनै न कुनै सेवामा लिमिट राखेकै हुन्छन् । यस्तो समय 'स्म्यास' नामक वेब एप्लिकेसनको प्रायोग गर्न सकिन्छ । यो एपको प्रयोग गरी जस्तोसुकै फाइल सजिलै सेयर गर्न सकिनेछ ।

यो एपको राम्रो पक्ष भनेको यसलाई प्रयोग गर्दा कुनै प्रकारको व्यक्तिगत जानकारी दिनु पर्दैन र साइटमा रजिस्टर नगरी आफूले चाहेजति साइजको फाइल अरूलाई पठाउन सकिन्छ ।

स्म्यास प्रयोग गर्ने तरिका

स्म्यास प्रयोग गरी फाइल पठाउन निकै सजिलो छ । त्यसका लागि सुरुमा फ्रमस्म्यास डट कममा गएर आफ्ना फाइल अपलोड गर्नुपर्छ । वेबसाइटमा 'ड्रयाग एन्ड ड्रप' सेवा पनि छ । पठाउनुपर्ने फाइललाई 'क्लिक अर ड्रप योर फाइल्स हियर' लेखेको ठाउँमा ड्र्याग गरेर अपलोड गर्नुपर्ने फाइल छान्न सकिन्छ । छेउमा रहेको फर्ममा आफ्नो नाम, ईमेल आईडी इन्ट्री गरेर सेन्ड बटन क्लिक गर्नासाथ छानिएका फाइल आफैं अपलोड हुन थाल्छ ।

यसरी माथि इन्ट्री गरिएको ईमेल आईडीमा, भर्खरै अपलोड भएका फाइलको, डाउनलोड गर्ने लिंक उपलब्ध हुन्छ । फाइल पूर्ण रूपले अपलोड भएपछि एउटा लिंक (यूआरएल) जेनेरेट हुन्छ । यो लिंक आफ्नो साथी वा जसलाई फाइल पठाउनुपर्ने हो, उसँग सेयर गर्न सकिन्छ । जोसँग यो लिंक हुन्छ, उसले सजिलैसँग ती फाइल डाउनलोड गर्न सक्छ ।

वेब एपको सबभन्दा राम्रो कुरा यो हो कि डाउनलोड गर्नुअघि फाइललाई हेर्न सकिन्छ । यसमा डाउनलोड नगरीकन सजिलै फोटो हेर्न, संगीत सुन्न, भिडियो हेर्न र कागजात पढ्न सकिन्छ । ध्यान दिनुपर्ने कुरा भनेको अपलोड गरिएको फाइल सात दिनसम्म 'स्म्यास'को सर्भरमा रहनेछ र सात दिनपछि स्वत ती फाइल डिलिट हुन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.