शरीरको लम्बाइ यसरी बढाअाैं
प्रकृतिले सबै वस्तु र प्राणी एकनासको बनाउँदैन । पहाड पनि कोही उँचो त कोही होचो बनाउँछ । नदीको लम्बाइ उस्तै हुँदैन । रूखबिरुवादेखि चरो मुसोसम्मको आकार एकनास हुँदैन । एउटै प्राणी पनि कोही कस्तो, कोही कस्तो हुन्छ ।
मानिस पनि त्यस्तै हो । कोही अग्लो । कोही होचो । होचो शरीर भएका मानिसहरू प्रायजसो आफ्नो शरीरको लम्बाइ (कद) लाई लिएर हीनताबोध गरिरहेका हुन्छन् । कतिपय होचो कदका मानिस पिकनिक, पार्टी, भोजभतेरमा कमै जान रुचाउँछन् । आजको युगमा टलफिगर (हाइट) भएका युवायुवतीलाई प्रायः सबैले मन पराउने गर्छन् । होचो कद भएकालाई कोही कसैले रुचाउँदैनन् ।
कम अग्लो भएका व्यक्तिमा इनफिरियटिभ कम्पलेक्स आउनुका कैयौं कारणहरू हुन सक्छन् । जसमा प्रमुख कारण हो, व्यक्तिको सोच्ने तरिका । जसलाई मनोवैज्ञानिक चिकित्साद्वारा ठीक पार्न साकिन्छ । अर्को तरिका हो आफ्नो शरीरको अग्लाइलाई नै कुनै माध्यमद्वारा बढाउनु ।
शरीरको लम्बाइलाई लिएर चिन्तित हुनेहरू अब राहतको सास फेर्न सक्छन् । किनभने होमियोप्याथिक चिकित्सा पद्धतिमा यसको सरल उपाय छ । सबैभन्दा पहिला शारीरिक रूपले होचो कद भएका व्यक्तिले जान्नुपर्छ कि हाम्रो शरीरको लम्बाइ पूर्ण रूपले जेनेटिक तत्व अर्थात् वंश परम्परा गुणमा मात्रै निर्भर छैन ।
शरीरको लम्बाइ बढ्नुमा केही इन्डोक्राइनग्ल्यानडस अन्तः स्रावी ग्रन्थीबाट निस्किने हार्मोनसहरूको पनि प्रभाव पर्दछ । हार्मोन्सले हड्डीहरूको बीचमा कार्टिलेजको गठन गर्ने कार्यको निर्धारण गर्दछ । विशेषज्ञहरूको गहिरो अनुसन्धान तथा अध्ययनबाट शरीरको लम्बाइ बढाउनमा हड्डीको बीचमा रहेको कार्टिलेजको भूमिका अहम् हुने कुरा प्रमाणित भइसकेको छ ।
दुई हड्डीहरूको जोर्नीको बीचमा अवस्थित रहने कार्टिलेज यस्ता तन्तु हुन् जो कुशन या चकटीको रूपमा काम गर्छन् । उचित हार्मोन्सयुक्त औषधिको छनोट गरी होचो कद भएका व्यक्तिलाई सेवन गर्न दिएर कार्टिलेजलाई स्वस्थ एवं विकसित गर्न सकिने अध्ययनले प्रमाणित गरेको छ । कार्टिलेजको विकासको सिधा प्रभाव मानिसको शारीरिक लम्बाइमा पर्न जान्छ र व्यक्तिको लम्बाइ बढेर आउँछ ।
होमियोप्याथिक औषधिको विशेषता के भने यसको सेवनबाट कुनै पनि प्रकारको विनाशकारी प्रभाव जसलाई अंग्रेजी भाषामा औषधिको साइडइफेक्ट भनिन्छ, त्यो हुँदैन ।
पिट्युरिटिग्लान्डसबाट कैयौं किसिमका हार्मोन्सको बहाव (निःसृत) हुन्छ । जसको सिधा प्रभाव अस्थिपन्जर तथा शरीरको तल्लो भागको हड्डीको कार्टिलेजमा पर्दछ । होमियोप्याथिक औषधिको प्रमाणित प्रयोगले यो कुरा सिद्ध भइसकेको छ कि उचित औषधिको सेवनले इच्छित हार्मोन्सस्रावित गर्न सकिन्छ । यस प्रकार विकासमूलक रसायनतत्व हार्मोन्सले हड्डीहरू तथा तन्तुहरूलाई विकासको लागि प्रेरित गर्दछन् । यसप्रकार मेरुदण्ड (स्पाइनलकोर्ड) को बीचमा पनि कार्टिलेज रहन्छ जसलाई डिस्क भनिन्छ ।
होमियोप्याथिक औषधिको सेवनद्वारा यी डिस्कहरूको मोटाइ लगभग ०.१ इन्चसम्म बढाउन सकिन्छ । यस प्रकार मेरुदण्डको लम्बाइ २.५ इन्चसम्म बढाउन सकिन्छ । जसको सिधा प्रभाव शरीरको लम्बाइ (हाइट) मा पर्न जान्छ र व्यक्तिको शारीरिक लम्बाइ बढ्न पुग्छ । सबैभन्दा महत्वपूर्ण तथ्य भनेको होमियोप्याथिक औषधिको सेवनको लागि उमेरको कुनै हदबन्दी हुँदैन ।
प्रचलित मान्यताअनुसार पुरुषको हकमा २५ वर्षको उमेर भइसकेपछि मानिसको शारीरिक तथा मानसिक विकास पूर्णरूपले भइसकेको हुन्छ, भने केटीहरूमा १८ वर्ष उमेर नाघिसकेपछि उसको शरीरको पूर्णरूपमा विकास भइसक्छ । यस उमेरमा आएर शरीरको लम्बाइ बढाउन सम्भव हुँदैन ।
प्रचलित मान्यताको विपरीत पूर्ण वयस्क अवस्था पछि पनि शरीरको लम्बाइ बढ्न सक्ने अवस्था हुन्छ । केही यस्ता व्यक्तिहरू पनि छन्, जो मानसिक एवं भावनात्मक स्तरबाट पनि पछाडि परेका हुन्छन् । यहाँसम्म कि वयस्क अवस्थामा पुग्दा पनि यिनीहरूको शरीरको कैयौं अगंहरूको पूर्ण रूपले विकास भएको हुँदैन ।
शारीरिक रूपले हेर्दा त्यति मोटो देखिँदैनन् तर पेट ठूलो देखिन्छ । छालामा चमक देखिँदैन, जुन सानो केटाकेटीको अनुहारको छालामा देखिन्छ । यस्ता केटाकेटीहरू वयस्क अवस्थामा पुगिसक्दा पनि केटाकेटीकै जस्तो आनीबानी र स्वभाव भएका हुन्छन् ।
यिनीहरू असाध्यै लजालु र डरपोक स्वभावका हुन्छन् । यस्ता व्यक्तिमा कुनै पनि कुरा सिक्ने, सम्झिने गति ढिलो हुन्छ । अनुहारमा एक किसिमको मुर्खताको भाव रहन्छ । समग्रमा भन्ने हो भने यस्ता मानसिक एवं शारीरिक लक्षण भएका व्यक्तिहरू जिन्दगीको दौडमा पनि धैरै पिछिडिएका हुन्छन् ।
केही रोगहरू जस्तै- क्षयरोग, झाडापखाला, मलेरियाजस्ता रोगबाट लामो समयसम्म पीडित हुनाले पनि व्यक्तिको मस्तिष्कको स्नायुमा एक किसिमको अनावश्यक दबाब पर्दछ र मानिसको उचित विकास हुन रोकिन्छ ।
होमियोप्याथिक चिकित्साद्वारा यस्ता सबै बाधालाई हटाउन सकिन्छ । होमियोप्याथिक औषधिको विशेषता के भने यसको सेवनबाट कुनै पनि प्रकारको विनाशकारी प्रभाव जसलाई अंग्रेजी भाषामा औषधिको साइडइफेक्ट भनिन्छ, त्यो हुँदैन । होमियोप्याथिक औषधिले हाम्रो शरीरको मुख्य नियन्त्रक (माइन्ड) मस्तिष्कको स्नायुमाथि सिधा प्रभाव पारेर पीडित अंग या ग्रन्थीलाई दुरुस्त हुने प्रेरणा दिने काम गर्दछ । जो प्राकृतिक रूपले शरीरको आन्तरिक प्रक्रियागत उपचार गर्ने सही तरिका हो ।
उपचार
शरीरको लम्बाइ बढाउनको लागि होमियोप्याथिक चिकित्सा पद्धतिमा रोगी (व्यक्ति) को मानसिक एवं शारीरिक लक्षण तथा पारिवारिक पृष्ठभूमिलाई समेतको अध्ययन गरी त्यसपछि समग्र लक्षणको आधारमा सफलतापूर्वक प्रयोग हुने केही औषधि यस्ता छन्ः
सिफिलिनम २००÷शक्तिः यस औषधिको प्रयोग सप्ताहमा एकपटक बिहान खाली पेटमा गर्ने । औषधि सेवन गरेको १२ घन्टासम्म कुनै ठोस खाद्य पदार्थ नखाने । आधा घन्टापछि साबिकबमोजिमको खानपिन गर्दा हुन्छ । औषधि सेवन गरेको दिन अरू कुनै अन्य औषधिको सेवन नगर्ने । वंशानुगत (जेनेटिक) संरचनामा पनि कुनै प्रकारको गडबडी भएर व्यक्तिको शरीरको लम्बाइ बढ्न नसकेको हो भने पनि यस औषधिको सेवनबाट ठीक भएको देखिएको छ ।
बैरायटाकार्ब २००÷शक्तिः यस औषधिको प्रयोग प्रतिदिन बिहान खाली पेटमा एकपटक गर्ने । यसले पिट्युटिरीग्लान्डस (ग्रन्थी) लाई एक्साइट गरी आवश्यकता अनुसारको हार्मोन्स (रसायनतत्व) निःसृत गर्नमा प्रेरित गर्दछ । जसको परिणामस्वरूप व्यक्तिको उचित शारीरिक एवं मानसिक विकास भएको देखिएको छ ।
सिम्फाइटम-क्यु झोलः यो औषधिको प्रयोग दिनमा तीनपटक बिहान खाली पेटमा, दिउँसो खाना खाएको १२ घन्टापछि तथा साँझमा गर्नुपर्छ । आधाकप पानीमा १० थोपा हालेर खाने । यसको सेवनले कसेरुका, मेरुदण्ड एवं डिस्कको विकासमा सहयोग मिलेको पाइएको छ ।
साइलिसिया-६ एक्सः यो बायोकेमिक औषधि हो । यसको प्रयोग दिनमा तीन पटक बिहान, दिउँसो र बेलुकी चार गोलीको दरले मनतातो पानीसँग गर्नुपर्छ । यो औषधिको सेवनले शरीरमा क्यालसियमको संरक्षण हुने हुँदा हड्डीहरूको विकासमा सहयोग गर्दछ । यसबाहेक व्यक्तिको शारीरिक बनोट (कन्स्टिच्युसन) को आधारमा पनि अन्य औषधिहरूको उपयोग गर्न सकिन्छ ।
बजारमा होमियोप्याथिकको नाममा अनेकखाले ब्यापार गर्नेको कमी छैन । कसैले पनि आफूलाई कमसल र अनाधिकृत भनेर उल्लेख गर्दैन । माथि उल्लेखित औषधि नजिकको कुनै योग्य तथा अनुभवी आधिकारिक होमियोप्याथिक चिकित्सकसँग कन्सल्ट गरी सेवन गरेमा राम्रो हुन्छ ।
किनभने चिकित्सकले तपाईंको अवस्था हेरिकन बेलाबखतमा औषधिको मात्रा (डोज) घटाउन-बढाउन सक्नेछन् । यसबाहेक तपाईंको हाइट बढाउनको लागि तपाईले योगाभ्यास अन्तर्गतका केही योगासनहरू गर्नुपर्ने हुन्छ । जस्तै— ताडआसन तथा सूर्यनमस्कारका १२ वटा आसनहरू ।
नियमित अभ्यासले पनि शरीरको लम्बाइ प्राकृतिक रूपमा बढाउनमा मद्दत मिल्छ । कुनै जानकार योग शिक्षकबाट सिकेर या उहाँको सानिध्यमा रहेर यी आसन गर्दा बेस हुन्छ । खानपानको हकमा भने सन्तुलित भोजन गर्नु, हरियो सागसब्जी तथा सिजनअनुसारको फलफूलको सेवन गर्नु, पानी तीन लिटर जति खानु राम्रो हुन्छ । मैदा, नुन र चिनीको प्रयोग सकेसम्म कम गर्नुका जंकफुड खानु हुँदैन ।