अहा, गगन

अहा, गगन

कुनै बेला गायक बच्चुकैलाशले एउटा सुमधुर गीत गाएका थिए, ‘कल्पनाको गगन, मुस्कुराउने चन्द्र बनन...।’ अहो, अत्यन्तै मन परेको थियो मलाई त्यो गीत । असाध्यै सुन्थेँ । लेख्नेले पनि कति भावुक हुँदै, कल्पनाको संसारमा डुुबुल्की मार्दै लेखेका होलान् त्यो गीत ? म यस्तै कल्पना गर्थेँ । किनकि, कल्पनाको गगनमा मुस्कुराउने चन्द्र बन्नु धेरै नै कठिन काम थियो ।

साँच्चै, गगन विशाल छ र हुन्छ पनि । आँखाले नभ्याउन्जेलसम्म हुन्छ, त्यसको केन्द्र र परिधि । मलाई पनि गगनको त्यही विशालता र उदात्तता मन पर्छ । र, हरेक दिन म गगनलाई नियाल्ने गर्छु । कहिलेकाहीँ मन उदासिन र बेचैन रहेका बेला गगनलाई हेरेर चित्त बुझाउँछु । र, भन्न मन लाग्छ मलाई, ‘अहा, गगन । कति राम्रो गगन ।’

bibas_5

एक दिन मैंले गगनलाई भनेँ, ‘हामी बाँचिरहेको धर्ती दुषित वायुहरू भरिँदा धेरै नै प्रदुषित हुँदैछ । त्यसको असर तिमीलाई पनि पर्न सक्छ । अहिलेसम्म त तिमी सफा र स्वच्छ नै छौ । तर, धर्तीमा यसरी नै प्रदुषण फैलिने हो भने तिम्रो अस्तित्व पनि धरापमा पर्न सक्छ । त्यही कारण, तिमीलाई आजसम्म ज–जसले अहा भनिरहेका छन्, उनीहरूले नै भोलि छ्या भन्ने दिन नआउला भन्न सकिन्न । त्यसैले बेलैमा सचेत बन ।’

केही गम्भीर बनेका गगनले भने, ‘चिन्ता मान्नु पर्दैन, मित्र । मैंले पनि बुझेको छु । धर्ती प्रदुषित हुँदा त्यसको असर मलाई पनि पर्छ । अर्थात्, म गगनको रूपमा रहन सक्दिनँ । म पनि धर्तीजस्तै प्रदुषित हुन्छु ।’ ‘के गर्न सक्छौ त यार ?’ मैंले सोधेँ । ‘म सबै प्रदुषित वायुहरूलाई निमिट्यान्न पार्नेछु ।’ अति नै उत्साहित मुद्रामा प्रस्तुत भएका उनले भने, ‘अहिलेसम्म वातावरणलाई जे–जस्ता प्रदुषणहरूले खिन्न तुल्याइरहेको छ, म त्यसलाई मेट्नेछु ।’

‘सम्भव छ ?’ मैंले आशंका जन्माएँ । ‘शतप्रतिशत सम्भव छ । कुनै शंका नै नगर ।’ गगनले खुसी हुँदै भने । आखिर, गगनको संकल्प–कथा मीठै थियो । उनको अठोट र उत्साह नमन गर्न लायककै थियो । तर, एक दिन अचानक त्यही विशाल आकाशमा एउटा यस्तो धूमकेतु उदायो । बिचरा, गगनका आँखा धूमकेतुको कडा र प्रज्वलले हायलकायल हुन पुग्यो । केहीबेर धूमकेतु र गगनबीच संवादको शृखंला पनि चल्यो ।

धूमकेतु : ‘तैंले के त्यस्तो निर्णय गरेको ? मलाई चिनेको छस् ? म को हुँ ?’ गगन : ‘म आफ्नो निर्णयमा अडिग छु । मेरो अडानलाई कसैले पनि हल्लाउन सक्दैन । म सेरिन तयार छु तर आफ्नो अडानबाट विचलित हुन्न ।’
धूमकेतु : ‘भइस् अडिग ! लेखनाथको एउटा श्लोक सुनेको छस् ?’
गगन : ‘सुन्न तयार छु ।’
धूमकेतु : ‘बालक बबुरो...।’ धूमकेतुले श्लोक भट्याउन थालिन् र त्यो श्लोक कम्तिमा पनि ५० पटकसम्म भट्याइरहिन् । बालक गगन र शक्तिशाली धूमकेतुबीच धेरैबेरसम्म संवाद चल्यो । बिचरा, गगन भने चिप्लिए आफ्नै संसारबाट । र, धूमकेतु उनको सामु झनै चम्किन थाल्यो ।

धूमकेतुको प्रखर चम्काइसँगै गगन पनि आफ्ना उज्याला आँखा बन्द गर्न बाध्य भए । उता, बच्चुकैलाशको गीत भने गुञ्जिरहेको थियो, ‘कल्पनाको गगन...।’ सुन्नेहरूलाई पनि महशुस भइरहेको थियो, साँच्चै गगन त कल्पनाकै संसारमा रहेछ अझैसम्म ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.