हत्यामा संलग्न १० जना थुनामा

हत्यामा संलग्न १० जना थुनामा

विराटनगरः जिल्ला अदालत मोरङल मोरङको लेटाङ भोगटेनी नगरपालिकामा दुई जनाको हत्यामा संलग्न १० जनालाई बुधबार पुरपक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश प्रकाश राउतको इजलाशले घटनामा संलग्न सबैलाई तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राखेर अनुसन्धान र कारवाही अघि बढाउन आदेश दिएको अदालतका स्रेस्तेदार नवराज दुलालले बताए ।

कात्तिक १५ गते राति लेटाङभोगटेनी-५ तुर्के स्थित प्रेमबहादुर केपछाकी मगरको घरमा मगर जातिको सांस्कृतिक हुर्रा नाच भइरहेको अवस्थामा ‘ग्याङ फाईट' हुँदा दुई जनाको हत्या भएको थियो । घटनामा केरावारी -९ का १७ वर्षीय सोनम गुरुङ र १५ वर्षीय दीपेन गुरुङको हत्या भएको थियो ।

हत्यामा संलग्न लेटाङभोगटेनी-५ का ३८ वर्षीय ध्वाँसे भनिने लीलबहादुर मल्ल ठकुरी, लेटाङभोगटेनी-४ का १८ वर्षीय डुक्पा भनिने कपिल चेम्जोङ, लेटाङभोगटेनी-५ का २० वर्षीय निश्चल भनिने निशल मगर, १८ वर्षीय सन्तोष विश्वकर्मा, १८ वर्षीय विक्रम मगर, १८ वर्षीय उत्तम शाही, २३ वर्षीय कुमार बस्नेत, १७ वर्षीय चलाखे भनिने सविन राई, १८ वर्षीय वीरे भनिने आदित्य मगर र २० वर्षीय रुपन राईलाई अदालतले थुनामा राख्न आदेश दिएको हो ।

प्रहरीले घटनामा संलग्नमध्ये ठकुरी र चेम्जोङलाई इटहरीबाट र अन्यलाई लेटङ भोगटेनीबाटै पक्राउ गरेर गत कात्तिक १८ गते कर्तव्य ज्यान मुद्धा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीका अनुसार पुरानो रिसिईवीका कारण सोनम र दीपेन लगायतका युवा तथा लेटाङ भोगटेनी नगरपालिकाका १०÷१५ जना युवाबीच ‘ग्याङ फाईट' भएको थियो । झडपका क्रममा छुरा, खुकुरी, कर्द लगायतका हतियार प्रहार गरिंदा गम्भीर घाइते बनेका सोनम र दीपेनको उपचारका क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.