३६ लाख मोबाइल सेटका आईएमईआई दर्ता

३६ लाख मोबाइल सेटका आईएमईआई दर्ता

काठमाडौः नेपाल दुरसञ्चार प्राधिकरणमा झन्डै ३६ लाख मोबाइल सेटका इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आईएमइआई) नम्बर दर्ता भएका छन् ।

प्राधिकरणले हरेक मोबाइलको आईएमईआई नम्बर ‘युनिक कोड' दर्ता गर्नुपर्ने व्यवस्था गरेको आठ महिनामा ३६ लाख मोबाइल सेटका आईएमईआई नम्बर दर्ता भएका हुन् । प्राधिकरणले यही वैशाखबाट मोबाइलका आईएमईआई नम्बर दर्ता प्रकृयालाई अघि बढाएको थियो । यो तथ्यांकले नेपाली बजारमा आयात हुने मोबाइलको क्रमलाई पनि दर्शाएको छ ।

प्राधिकरणमा बुधबारसम्म कुल ६६ लाख ९२ हजार ६ सय २४ आईएमईआई नम्बर दर्ता भएका छन् । त्यसमा ६६ लाख ८९ हजार चार सय ७४ आईएमईआई नम्बर व्यापारिक प्रयोजनबाट आएको हो भने तीन हजार ५० नम्बर व्यक्तिगत रूपमा दर्ता भएको प्राधिकरणका इञ्जिनियरिङ विभागका सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठले बताएका छन् ।

उनका अनुसार दुई वटा सिम प्रयोग हुने मोबाइल सेटमा दुई वटै आईएमईआई नम्बर हुने भएकाले आईएमईआई दर्ता संख्या ठूलो देखिएको हो । ‘दर्ता भएका आईएमईआई नम्बर अनुसार त्यसको आधाजति मोबाइल सेट आयात भएका छन् ।

कतिपय मोबाइल सेटमा एउटा मात्र सिम लाग्ने भएकाले अहिलेसम्म ३६ लाखको हाराहारीमा मोबाइल आयात भएको देखिन्छ', श्रेष्ठ बताउँछन् ।

मोबाइल फोनलाई व्यवस्थित गरी अपराधिक क्रियाकलापलाई न्यूनिकरण गर्न नेपाल दुरसञ्चार प्राधिकरणले २०७३ वैशाखदेखि आईएमईआई नम्बर दर्ता कडाइका साथ लागू गरेको हो । यसले मोबाइल आयातको रेकर्डसमेत राख्न मद्दत गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

उनका अनुसार यसले सामाजिक सुरक्षाको प्रत्याभूति गरी राजस्व छलीलाई रोकेर नेपाललाई मेसिनरी सामानको डम्पिङ साइट हुनबाट बचाउनेछ । विस्तारै देशमा बढ्दो अनलाइन सेवालाई सुरक्षित पार्न पनि यसले मद्दत गर्नेछ ।

सुरु गरिएको एक वर्षसम्म मोबाइल दर्ता नभएमा मोबाइल सेट बन्द हुने जनाइए पनि प्राधिकरणको काममा ढिलाइ हुँदा यो प्रक्रिया लम्बिने भएको छ । टेलिफोन सेवा प्रदायक कम्पनीले इक्विपमेन्ट आइडेन्टिटी रजिस्टेसन प्रणाली पूर्ण रूपमा सञ्चालनमा नल्याउँदा पनि यस्तो समस्या आएको उनले बताएका छन् ।

प्राधिकरणमा बुधबारसम्मकुल ६६ लाख ९२ हजार ६ सय २४ आईएमईआई नम्बर दर्ता भएका छन् । त्यसमा ६६ लाख ८९ हजार चार सय ७४ आईएमईआई नम्बर व्यापारिक प्रयोजनबाट आएको हो भने तीन हजार ५० नम्बर व्यक्तिगत रुपमा दर्ता भएको छ । 

अर्यालका अनुसार त्यसका लागि पनि प्राधिकरण अन्तर्राष्ट्रिय परामर्शदाता भित्र्याउने तयारीमा छ । परामर्शदाताले अध्ययन अनुसन्धान गरेर टेलिफोन सेवा प्रदायक कम्पनीले के गर्ने र प्राधिकरणको जिम्मामा के हुने निधो भई काम पूर्ण रूपमा अघि बढ्नेछ । त्यसैले यो प्रक्रिया अझै केही समय लम्बिन सक्ने उनले बताए ।

आईएमईआई नम्बर दर्ताका लागि व्यापारीका हकमा मोबाइल सेट आयात वा बिक्री गर्नुपूर्व नै ‘टाइप एपु्रभल' लिएर सम्पूर्ण विवरणसहित प्राधिकरणमा आवेदन फाराम बुझाउनु पर्नेछ । विदेशी नागरिकले ह्यान्ड सेटको विवरण पासपोर्ट दर्ता आवेदन दिँदा नै बुझाउनुपर्छ ।

नेपाली नागरिकका हकमा मोबाइलको विवरण र नागरिकताको फोटोकपी उपलब्ध गराउनु पर्छ । प्राधिकरणले यसलाई अझ सहज बनाउन अनलाइन सेवा पनि सुरुगर्ने तयारी गरिरहेको छ । अनलाइन प्रक्रिया पनि अन्तिम चरणमा पुगेको र चाँडै नै परीक्षणमा जाने अर्यालले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.