कम्युनिष्ट शक्ति गोलबन्द हुनुपर्छःअध्यक्ष वैद्य
दाङः नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सबैको अधिकार नसमेटिएको भन्दै संविधानको औचित्यमाथि प्रश्न उठाएका छन् ।
नेपाल पत्रकार महासङ्घ दाङले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले संविधानप्रति सबै दल र पक्षहरूको असन्तुष्टि रहेको भन्दै यसमा संशोधन गर्नुको कुनै औचित्य नभएको टिप्पणी गरे ।
देशका सीमान्तकृत वर्ग समुदायको अधिकारसँगै मधेसीको मागलाई संविधानमा नसमेटिएकै कारण समस्या बल्झिदै गएको उनको भनाइ थियो । सरकारले पछिल्लो समयमा संविधान संशोधनका लागि दर्ता गरेको प्रस्ताव बाह्य शक्तिको चलखेलका आधारमा ल्याइएको भन्दै अध्यक्ष वैद्यले संशोधनबारे सरकारमै रहेका पार्टीका नेताहरू विभाजित भएको जिकिर गरे । रासस