क्यूआर कोड र यसको प्रयोग

क्यूआर कोड र यसको प्रयोग

क्विक रेस्पोन्स कोड अर्थात् 'क्यूआर कोड'को प्रयोग खासै नगरे पनि बजारमा पाइने ब्रान्डेड सामानको प्याकमा पक्कै देखिन्छ । चारपाटे सानो बक्सभित्र कालो जाली फिँजाएजस्तो देखिने यो म्याट्रिक्स बारकोडको एउटा ट्रेडमार्क हो जसलाई स्मार्टफोन अथावा क्यामरामार्फत स्क्यान गरी त्यसमा प्रयोग भएको लिंकमा पुग्न सकिन्छ । हिजोआज त कतिपय पत्रपत्रिकाले पनि यसलाई प्रयोगमा ल्याएका छन् ।

अन्नपूर्ण पोस्ट्मा आएका कतिपय समाचारको बीचमा क्यूआर कोड प्रयोग गरेको तपाईंले पक्कै देखेको हुनुपर्छ । समाचारको बीचमा क्यूआर कोड किन भन्ने प्रश्न आउन पनि सक्छ । क्यूआर कोडको माध्यमबाट पत्रपत्रिकाले आफ्ना पाठकलाई सूचना प्रभावमा नयाँपन दिन खोजेको हो । पत्रिकामा दिइएका समाचार तथा सूचना शब्दमा मात्र सीमित नहोस् भन्ने सोचका साथ क्यूआर कोडमार्फत भिडियो र तस्बिर पाठकमाझ पुर्‌याउने प्रयास गरिएको हो ।

क्यूआर कोड प्रयोगमा सीमितता छैन । यसको प्रयोग अहिले हरेक कुरामा पाइन्छ । ब्रान्डहरूले आफ्नो उत्पादनका बारेमा जानकारी दिन यसको प्रयोग गरेका छन् । सामान नक्कली र सक्कली के हो भेर छुट्याउन पनि यसको प्रयोग भएको छ । कतिपयले सामानको मूल्यलाई पनि क्यूआर कोडमा राखेको पाइन्छ । यसलाई विशेषतः कुनै पनि वस्तु वा उत्पादनका बारेमा जानकारी लिने छोटो माध्यमका रूपमा लिने गरिन्छ ।

कोडलाई स्क्यान गरेर कुनै पनि कम्पनीको वेबपेजमा सहज रूपमा पुग्न सकिन्छ । कम्पनीको उत्पादनका बारेमा जानकारी हासिल गर्न सकिन्छ । पछिल्लो समय यसको बढ्दो प्रयोगले एपस्टोरमा विभिन्न कम्पनी तथा व्यक्तिले निर्माण गरेका सयौंको संख्यामा क्यूआर कोड रिडर/स्क्यानर रहेको छ । कतिपय क्यूआर कोड रिडर/स्क्यानरको डाउनलोड संख्या लाखौंमा पुगेको छ । त्यतिमात्र नभएर अहिले सामाजिक सञ्जालले पनि आफ्नो मेन्युमा क्यूआर कोड राखेका छन् ।

आफ्नो स्मार्टफोनमा प्रयोग गर्दै आएको म्यासेजिङ एप्स 'भाइबर' र 'विच्याट'को मेन्युमा गएर त्यसमा पनि क्यूआर कोड रिडर/स्क्यानर पाउन सकिन्छ । 'भाइबर' र 'विच्याट'मा राखिएको क्यूआरकोडले सहजै कोडलाई स्क्यान गर्न सकिने भएकाले छुट्टै क्यूआर कोड रिडर/स्क्यानर डाउनलोड गर्नुपर्ने बाध्यता छैन । तर, त्यसमा भएको क्यूआर कोड रिडर/स्क्यानरलाई कसरी प्रयोगमा ल्याउने भन्ने विषय हो ।त्यसका लागि निम्न प्रक्रिया अपनाउन जरुरी छः

स्क्यान प्रक्रिया

क्यूआर कोड स्क्यानका लागि सबभन्दा पहिले क्यूआर कोड रिडर/स्क्यानर एप्स आवश्यक पर्छ । आफ्नो स्मार्टफोनमा पहिल्यै क्यूआर कोड रिडर/स्क्यानर भएमा झन्झट भएन । यदि छैन भने एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएसका लागि एप स्टोरमा गएर क्यूआर कोड रिडर/स्क्यानर डाउनलोड गर्न सकिन्छ । अथवा म्यासेपिङ एप्स 'भाइबर' र 'विच्याट'को मेन्युमा भएको क्यूआर कोड रिडर/स्क्यानर पनि प्रयोग गर्न सकिन्छ । यसपश्चात् अब क्यूआर कोड भएको कुनै वस्तुलाई लिएर क्यूआर कोड रिडर/स्क्यानरले स्क्यान गर्नुपर्छ ।

स्क्यान गर्दा कोडलाई क्यूआर कोड रिडर/स्क्यानरमा रहेको चारकुने बक्सको बीचमा राख्नुपर्छ । यसो गर्दा क्यूआर कोड रिडर/स्क्यानरले कोडलाई स्क्यान गर्नेछ । स्क्यान भएपछि मोबाइल स्क्रिनमा एउटा लिंक आउँछ । त्यो लिंकमा थिचेपछि कुनै वेबपेजमा पुग्न सकिन्छ, जहाँ कोडमार्फत प्रदान गर्न खोजिएको आवश्यक जानकारी राखिएको हुन्छ । यो सम्पूर्ण प्रक्रियाका लागि मोबाइलमा इन्टरनेटको पहुँच भने हुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.