‘जागिर खोस्नेलाई धन्यवाद !’

‘जागिर खोस्नेलाई धन्यवाद !’

स्कुल पढ्दा मलाई भैरव अर्यालका कृतिले निकै प्रभाव पारेका थिए । त्यस्तै काठमाडौंका विभिन्न नेवार टोलमा देखाइने ‘दबु प्याखः’ कार्यक्रममा हिन्दी गीतको लयमा नेवारी गीत बनाइन्थ्यो । त्यहाँ विभिन्न नाट्य प्रस्तुति हुन्थे । त्यतिबेला महिला कलाकार पाइँदैनथ्यो । केटा मान्छेले नै केटीको अभिनय गर्थे । त्यसैले केटी देखिने कलाकारको रुद्रघन्टीचाहिँ ठूलो देखिँदोे रहेछ । म त्यही देखेर हुर्कें ।

बाल्यकालमा चञ्चल स्वाभावको थिएँ । साथी, शिक्षक र छिमेकीको क्यारिकेचर गर्थें । स्कुलमा भएको एउटा नाटकमा कुकुरको आवाज निकालेर प्रमाणपत्र पाएँ । त्यसबाट प्रोत्साहित भएर ‘दबु प्याखः’का कार्यक्रममा मेरो पनि प्रस्तुति राखिदिन अनुरोध गर्न थालेँ । ०३३ सालमा एकेडेमीको ‘गाईजात्रा महोत्सव’ हेर्न गएँ । त्यहाँ राजपाल–हाडा, रामशेखर नकर्मी, गोपालराज मैनालीलगायतको प्रस्तुति र यादव खरेल, लक्ष्मण लोहनीको कविता सुनियो ।

गोपालराज मैनाली, राजपाल धु्रव हाडा, कार्यक्रम हुन्थ्यो । मैले मदन दाइलाई पनि त्यही बेलामा देखेको हुँ । त्यसपछि म आफ्नै टोलमा बस्ने जितेन्द्र महत अभिलाषी दाइको सम्पर्कबाट रेडियो नेपाल पुगेँ । त्यसपछि नाचघरका विभिन्न कार्यक्रममा सहभागी हुँदै राष्ट्र बैंकको रजत जयन्ती कार्यक्रमबाट मदन दाइसँग नियमित कार्यक्रम गर्न थालियो ।

hari-bansa copy

मदन दाइसँग संयुक्त कार्यक्रम गरेकै साल गाईजात्रा महोत्सवमा ‘यमलोक’ भन्ने कार्यक्रम देखायौं । त्यसको अडियो पनि निकालौं भन्ने सल्लाह भयो । तर कार्यक्रम आधा घन्टाको मात्रै थियो, अडियो क्यासेटमा दुईतिरै गरी एक घन्टाको कार्यक्रम चाहिन्थ्यो । त्यसैकारण ‘प्यारालाइसिस’ कार्यक्रम बनायौं । त्यसमा हामीले पञ्चायती व्यवस्थालाई केही व्यंग्य गरेका थियौं ।

न्याय–कानुन मरेर स्वर्गमा भेटिएको भन्ने कथा थियो । तर, त्यति गर्नु पनि त्यो समयमा ठूलो थियो । त्यो क्यासेट यति बिक्री भयो कि त्यसबाट जग्गा किनेर घरै बनाउन सक्यौं । हामी कमेडीमा सामाजिक र राजनीति विकृति चित्रण गथ्र्यौं । पत्रपत्रिका सबैले पढ्दैनथे, कतिलाई अल्छी पनि लाग्थ्यो । तर हामीचाहिँ हसाइ–हसाइ त्यही कुरा अभिव्यक्त गथ्र्यौं ।

त्यसैले हामीलाई नेताहरू गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराईलगायत नेताहरूले भन्नुहुन्थ्यो, ‘हामी अर्कै राजनीतिक गरिरहेका छौं, तपार्इंहरू पनि आफ्नै खालको राजनीति गरिररहनुभएको छ ।’ उहाँहरूले हामीलाई कार्यक्रमहरूमा पनि बोलाउनुहुन्थ्यो । हामी पनि बहुदलको पक्षमा उभिएर कार्यक्रम गथ्र्यों । त्यससँगै हाम्रो कार्यक्रममा पनि सरकारले निगरानी गर्न थाल्यो ।

मेरो त जागिर नै गयो । जागिर खोस्नेलाई चाहिँ धन्यवाद नै दिनुपर्छ । किनकि, जागिर भनेको यस्तो चिज रहेछ, जसले मनोबललाई जहिले पनि घटाइरहँदो रहेछ । स्वतन्त्रता पनि नहुने, कहीँ जानुपर्‌यो भने पनि हाकिम रिसाउलान् भनेर जहिल्यै डराइरहनुपर्ने, कुण्ठित भइरहनुपर्ने । पिंजडामा राखेजस्तो अनुभूति हुन्थ्यो । अझ त्यो बेलामा अनुशासन पनि कडा थियो ।

hari-banse-2_3

त्यस्तो बेलामा हामीले पिस्कर हत्याकाण्डको विषय समेटेर ‘होस्टेहैंसे’ भन्ने कार्यक्रम बनाएका थियौं । त्यही निहुँमा मदन दाइ र मलाई पक्राउ गरियो । तर, हामीलाई समातेको थाहा पाउनेबित्तिकै विद्यार्थीहरूले आन्दोलन थाले । त्यसैले छोड्न बाध्य भए । हामी धनकुटा कार्यक्रममा पुगेको बेला थाहा भयो, मेरो जागिर खोसिएछ । मदन दाइको चाहिँ स्थायी जागिर थियो, त्यसैले स्पष्टीकरणमात्रै सोधिएको थियो ।

तर उहाँले पनि जागिर छोड्नुभयो । त्यसपछि हामीले आफ्नै अफिस सुरु गर्‌यौं । त्यही बसेर कार्यक्रम बनाउन थाल्यौं । त्यसैबेला बनाइएको ‘विज्ञापन’ नाटक हामीले ३ सय ७६ पटक देखायौं । त्यसपछि कति नाटक देखाउने, केही कामै गर्न नसकिने भयो भिडियो खिच्यौं र हाइभिजन हलमा देखायौं । नेपाल टेलिभिजन आएपछि हामी टेलिफिल्ममा केन्द्रित भयौं ।

जसमा जनचेतना प्रधान थियो । तर त्यसमा हामीले कमेडीलाई मिसायौं । त्यसैलाई सबैले मन पराए । हामीले सिनेमाचाहिँ त्यति धेरै बनाउन सकेनौं । सिनेमामा पैसा र समय पनि धेरै खर्च गर्नुपर्छ । त्यसमाथि सिनेमा चलाउन धेरैतिर धाउनुपर्ने, चाकडी गर्नुपर्ने, हामीलाई आफ्नै काममा फुर्सद थिएन । अहिले पनि छैन । भर्खरै अमेरिका र युरोपियन देशमा कार्यक्रम गरेर फर्कियौं । तर पछिल्लो समयमा कमेडी सिनेमाको बजार राम्रो भएको छ । त्यसैले हामी पनि सिनेमा बनाउने योजनामा छौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.