दिनहुँ दुइ घन्टा रक क्लाइंबिगः पन्चमाया तामाङ

दिनहुँ दुइ घन्टा रक क्लाइंबिगः पन्चमाया तामाङ

नेपालमा सबै भन्दा कान्छि ‘रक क्लाम्बिर' को हुन भाइबहीनीहरुलाई थाहा नहुन सक्छ । उनको नाम पन्चमाया तामागं हो । सोह्र वर्षकी भइन् । उनले यो क्षेत्र वास्तवमा चुनौतीपुर्ण भए पनि यही क्षेत्रलाई आफनो व्यवसाय बनाउने लक्ष्य रहेको बताइन् ।

यही क्षेत्र पन्चमायाले रोज्नुको कारण यसरी प्रष्ट पारीन् ‘अन्य क्षेत्रमा जस्तै रक क्लाम्बिगंमा पनि संभावना धेरै छ यसैलाइ करीअर बनाउन सकीन्छ, नेपालमा विषेशगरी महीलाहरु यस क्षेत्रमा लागेका छैनन, तर यसैमा आफनो भविष्य बनाउने सपना छ' त्यसैले लागेकी हुँ ।'

काभ्रेको वेगटार भन्ने ठाउँको स्थायी घर भएकी पन्चमाया कपन स्थित लिटिल मुन हाइ स्कुलमा कक्षा दशमा अध्ययनरत छिन् । सोह्र वर्षको हुँदासम्म उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा सहभागी बनिसकेको बताइन् ।

उनले २०१६ को जनवरीमा भारतमा सम्पन्न भएको विश्वकपमा सहभागी भएको र जुन खेलमा संसारभरका उत्कृष्ट च्याम्पियनहरु उपस्थित भएका थिए जसमध्ये उनी ३८ औ स्थानमा आएको बताइन् । त्यस्तै उनले मलेसियामा भएको एशीयन गेममा चालिस जना खेलाडी मध्ये उत्कृष्ट १५ मा परेको बताइन् ।

१४ वर्षको उमेरमा राष्ट्रिय खेलाडी बनिसकेकी पन्चमाया करीब तीनवर्ष पहीलादेखी यो खेलमा लागेको बताइन् । उनी दैनिक दुइ घन्टा अध्यास गर्दै आएकीछिन् । ठमेलको एस्ट्रे क्लाम्बिगं सेन्टरमा तालिम लिइरहेकी उनी पढाइ र खेल दुबैलाइ एकैसाथ अगाडी बढाइरहेको बताउँछिन्। हुन त पढाइ र तालिमलाइ सँगसँगै अगाडी बढाउन समस्या हुन्छ । तर मनदेखी चाहेमा जे पनि संभव हुने रहेछ, तालिम बेलुका गर्छु, होमवर्क बिहान, पन्चमायाले भनिन् ।

तेक्वान्दोकोमा कक्षा आठमा हुँदा नै ब्लाकबेल्ड पाइसकेकीछिन् । नाच्न पनि उतिकै रहर लाग्छ उनलाई । तर रक क्याइम्बलाइ प्राथमिकता दिएको कारण तेक्वान्दो छोडीसकेकीछिन् । यतिबेला क्लाम्बिगं रमाइलो लागीरहेको छ उनलाइ ।

अहीले उनको लक्ष्य भनेको सन् २०२० मा हुने ओलम्पिकका लागी राम्रा गर्छु भन्ने हो, जसका लागी कडा परीश्रम गरीरहेको बताइन । तालिमका क्रममा पनि सुरक्षाको सम्पुर्ण उपाय अपनाएको हुँदा वाल चढ्नलाइ डराउन नहुने बताउँीछन् । सामान्य परीवारमा हुर्कीएकी पन्चमायाको बुवाआमा दाइ, दिदी र बहीनी सबै छन् भने अन्य दिदीहरुबाट प्रेरीत भएर यस क्षेत्रमा लागेको बताइन् ।

कुनै पनि क्षेत्रमा काम गर्नका लागी पहीलो कुरा त इच्छा चाहिने र सफल बन्नको लागी कडा परीश्रम, पुर्ण लगाव हुनुपर्ने उनी बताउँछिन् । अरुलाइ पनि कडा परीश्रम गरे आफुले चाहेको काम गर्न सकीन्छ भन्ने सन्देष दिन चाहेको बताइन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.