अब प्रत्यक्ष राष्ट्रपति प्रणालीमा जानुपर्छः बाबुराम

अब प्रत्यक्ष राष्ट्रपति प्रणालीमा जानुपर्छः बाबुराम

गोरखाः नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् ।

नयाँ शक्ति विद्यार्थी युनियनले आइतबार गोरखा क्याम्पसमा गरेको ‘विद्यार्थीसँग डा बाबुराम भट्टराई’ शीर्षक अन्तरक्रियालाई सम्बोधन गर्दै भट्टराईले राष्ट्रपति प्रणालीमा जनुपर्ने बताएका हुन् ।

‘संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीमा पक्षमा जानुपर्छ,’ भट्टराईले भने, ‘विकास र समृद्धिका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्छ।’

मधेसी, थारु, आदिवासी जनजाति, महिला र दलितका अधिकार अपूर्ण रहेको जनाउँदै संविधान संशोधन गरी कार्यान्वयनमा सबै जुट्नुपर्ने बताएका छन्।

उनले संविधान जारी भएको १६ महिना बिते पनि कार्यान्वयन नभएकामा चिन्ता व्यक्त गरे । भट्टराईले भने, ‘मधेसवादी शक्तिलाई पनि सहमतिमा ल्याएर संविधान संशोधन गरी कार्यान्वयनमा जाऔं ।’

उनले नेपालप्रति जिम्मेवार भएर सबै जाति, समुदायलाई अधिकार सम्पन्न बनाउँदै दिगो विकास गर्नेतर्फ जुट्न सबैलाई आग्रह गरे ।

राज्यले आवश्यक बजेटको व्यवस्था गरी शिक्षामा लगानी वृद्धि गर्नुपर्ने उनको भनाइ छ । गोरखा क्याम्पसमा पुस्तकालय निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि भट्टराईले व्यक्त गरे । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.