राष्ट्रिय गौरव बनेको एउटा मिथक

राष्ट्रिय गौरव बनेको एउटा मिथक

चंगेज खाँ र म्याडम टुसा
केही वर्षअघि न्युयोर्क टाइम्सले चंगेज खाँलाई सहस्राब्दी पुरुष घोषणा गरेपछि ती ऐतिहासिक व्यक्तित्वमाथि धेरै किताब लेखिएका छन् । तीमध्ये केही मंगोलियन भाषामा छापिएपछि मंगोलियन नागरिक स्वयं पनि बढी परिचित हुन पाए उनीसँग ।

त्यसैले यी सुपरिचित ‘मंगोल' लाई उलानबटोरस्थित म्याडम टुसा संग्रहालयमा पुग्ने युवा पुस्ताबीच थप ख्याति हासिल हुनेछ । यी महान् सम्राट् चंगेज खाँलाई उनको ८५४ औं जन्मजयन्तीको अवसरमा विश्वको सर्वाधिक ठूलो भूभाग ओगटेका राज्यको संस्थापकको रूपमा मंगोल जनताले अमरत्व प्रदान गरेका छन् । यहाँ आउने पर्यटकले ती इतिहास पुरुष, उनका वंशज तथा निर्भय योद्धासँग महत्वपूर्ण नेता र खेलाडीको ‘मैननिर्मित मूर्तिसँगै फोटो खिचाउने अवसर पाएका छन् ।

इरब जस्सा
चंगेज खाँले समग्र (ग्रेट गभर्नेन्स) कानुन अनुमोदन गरे, मंगोल साम्राज्यमा अनुशासन र न्याय सुनिश्चित गर्न । उनले चोरी, झूट र यौन दुराचारलाई अपराध ठहर गरे भने धार्मिक स्वतन्त्रता पनि सुनिश्चित गरे । इरव जस्सा नै मंगोल साम्राज्यको सफलताको जग थियो ।

अथक तथा निर्भय योद्धा

उनको पिताको मृत्युपछि नेमुजिन र उनको परिवार सांघातिक तथा कडा प्रहारबाट बच्न सफल भए । उनी दस वर्ष छँदा आफ्ना सौतेनी दाइसँग युद्ध गरे र मारे उनलाई, धनुवाणले । त्यहाँका विभिन्न जातजातिलाई एकताबद्ध गर्ने अभियानको सुरुआत त्यहीँबाट भयो ।

अग्रणी युद्ध नेता

चंगेज खाँ अग्रणी योद्धा तथा नेता थिए । धेरैजसो तथ्यहरूले सावित गरेका छन् कि उनले आफ्ना शत्रुलाई अनपेक्षित चलाखीबाट पराजित गरे । उनमा सबै मंगोल फौज दक्ष रिसल्ला थिए, जो दुई खुट्टाले घोडा नियन्त्रित गर्थे र हातले शत्रुहरूमाथि धनवर्षा गर्थे ।

कूटनीतिका सूत्राधार

चंगेज खाँले सधैं सहअस्तित्व, सौहार्दता र शान्तिलाई पहिलो प्राथमिकता दिए । उनले आधिकारिक सन्देशवाहक तथा प्रतिनिधिहरूको अधिकार सुनिश्चित गरे विश्वमै ।
रहस्य
चंगेज खानले आफ्नो चित्र बनाउने स्वीकृति कहिल्यै कसैलाई दिएनन् । उनको मृत्युपछि मात्र उनको फोटो चित्र तयार गरियो । उनका परिवार र सेवकहरूले अत्यन्त रहस्यपूर्ण तरिकाले उनको शरीर गाडे । उनलाई कहाँ गाडिएको थियो भन्ने कुरा रहस्यमै राख्न उनीहरूले चार अलगअलग ठाउँमा मृत्युपछिका ‘समारोह' आयोजना गरे ।

सौन्दर्यका प्रशंसक

युद्धमा विजयपछि मंगोलहरूसँग सम्बन्ध गाँस्ने प्रथा थियो, राजा, राजकुमारहरू र सेनापतिहरूको सामुन्ने । राजाले राजापछि राजकुमार अनि केही बहादुर योद्धाहरूले क्रमबद्ध रूपमा महिला रोज्ने गर्थे । केही ऐतिहासिक तथ्यहरूले चंगेज खाँका ६ वटी रानी र ४० भित्रिनी भएको देखाउँछन् ।

वंशज
विश्वका ०.५ प्रतिशत जनसंख्या चंगेज खाँका प्रत्यक्ष वंशज मानिन्छन् । अर्को शब्दमा एक करोड ६० लाख व्यक्तिहरू उनकै वंशज मानिन्छन् । वैज्ञानिकहरूका अनुमानअनुसार झन्डै ८० करोड व्यक्तिहरू परोक्ष रूपमा उनका वंशज हुन् ।

विश्वकै विकासकर्ताः

मंगोल विजय र त्यहाँको विकासले विश्वकै अर्थतन्त्र तथा व्यापारमा ठूलो योगदान पुर्‍याएको छ । मंगोलहरूले हुलाक पद्धति र कूटनीतिक सन्देश पठाउने शैलीमा सुधार ल्याए । कसैकसैको भनाइमा युरोपेलीहरू मंगोलियाको दिग्विजयबाट असाध्य भयभीत भएकाले युरोपेली एकीकरणमा लागे ।

चंगेज खाँको मृत्यु

उनको जीवनको सम्बन्ध रहस्यमय प्रकरण उनको मृत्यु हो । सबभन्दा लोकप्रिय भनाइ हो, उनी घोडाबाट खस्दा घाइते भए र त्यसैबाट उनको मृत्यु भयो । कसैकसैले खुट्टामा धनुवाणबाट लागेको चोटबाट उनको मृत्यु भएको पनि भनेका छन् । केहीले एकजना विदेशी राजकुमारीले उनलाई विषसेवनबाट हत्या गरेको पनि भन्ने गर्छन् । तर जे होस्, चंगेज खाँले उनले देहत्याग गरेको या शान्ति हासिल गरेको त्यो ठाउँ सफलताका साथ सबैको जानकारीबाट ओझेलमै राख्न सफल भए ।

त्यो दुर्लभ प्रदर्शनी
सन् २०१७ को फेब्रुअरीमा निदरल्यान्डस्को नेसनल मिलिटरी म्युजियमले ‘चंगेज' नामक प्रदर्शनीको युरोपेली ‘प्रिमियर' गर्ने भएको छ । त्यसले अहिलेसम्मकै त्यो विशाल साम्राज्य र त्यसको प्रभावबारे विविध कथा प्रस्तुत गर्नेछ । त्यो प्रदर्शनी सात महिना या अगस्तसम्म चल्नेछ ।

घोडामा साम्राज्य

एउटा सैन्य पृष्ठभूमिबाट चंगेज खाँको जीवनका विविध झाँकी प्रस्तुत गर्न उक्त प्रदर्शनीले विभिन्न किसिमका दृश्य प्रयोग गर्नेछ । चंगेज खाँ र उनको साम्राज्यबारे अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरमा यस्तो बृहत् परिचय प्रस्तुत गरिएको छैन ।

दर्शकहरूले साम्राज्यको विकाससम्बन्धी इतिहाससँगै चंगेज खाँले कसरी आफ्नो सेनाको सहयोग तथा सैन्य बुद्धिका कारण यस्तो ख्याति हासिल गरे, त्यसको जानकारी हासिल गर्नेछन् । अक्सर चंगेज खाँको जीवनबारे सुनिएका कथाभन्दा बाहिर गएर यो प्रदर्शनीले मंगोलहरूकै कथालाई विस्तृत रूपमा बाहिर ल्याएको छ । यसले मंगोल साम्राज्य धेरै धनी, कूतुहलपूर्ण र आजको राम्रो विश्वको लागि धेरै महत्वपूर्ण भएको सावित गर्छ, हामीले कल्पना गरेभन्दा फरक हिसाबले ।

असाधारण भण्डार

विविध समकालीन स्रोतहरू ‘डिजिटल मिडिया' र भित्री मंगोलियाको संग्रहालयका अत्यन्त दुर्लभ वस्तुहरू प्रयोग गर्दै मंगोलियाको कथा वर्णन गरिएको छ त्यसमा, एकदम रोचक र नौलो ढंगले । करिब १२३ कलात्मक मूर्ति प्रयोग गरिएका छन्, भित्री मंगोलिया (होहोट चीन) बाट । त्यसमा घोडाको सुनौला काठी, सुसाउने धनुवाण र सुनका गहना पनि सामेल छन् ।

चंगेज खाँको ऐतिहासिक भूमिका अन्तर्राष्ट्रिय जगत्मा प्रशंसित छ । मंगोलियामा मनाइने वार्षिक समारोह एउटा महत्वपूर्ण अवसर हो, चंगेज खाँको संस्कृति र इतिहाससँगै मंगोलियनहरूलाई विश्वमा विभिन्न मुलुक र त्यहाँका जनतासँग परिचित गराउन ।

चीनबाट बाहिरका मानिसहरूले हेर्न पाउने गरी यी ‘कला' लाई पहुँच दिइएको यो पहिलोपटक हो । ‘चंगेज' ले दर्शकलाई हरियो घाँसे मैदान, मरुभूमि र मंगोल साम्राज्यका राजदरबारतर्फ चुम्बकीय हिसाबले आकर्षित गर्नेछ । चंगेज प्रदर्शनी ‘नोमाड एक्जिबिसन' को एउटा परियोजना हो, भित्री मंगोलियाको म्युजियम र इडिनवरा युनिभर्सिटीसँगको साझेदारीमा ।

राष्ट्रिय गौरव
मंगोलियाका राष्ट्रपति टीएस इल्वदार्जले ९ जुन २०१२ मा एउटा आदेशमार्फत ‘राष्ट्रिय गौरव' दिवसको प्रारम्भ गरे । त्यो आदेश एउटा प्राज्ञिक अनुसन्धान तथा ‘एकेडेमी अफ साइन्सेस अफ मंगोलिया' को प्रस्तावका आधारमा जारी गरिएको थियो ।

त्यो आदेशले ११६२-जेमुजिनको जाडोयामको पहिलो महिनाको पहिलो दिनलाई चंगेज खाँको जन्ममिति घोषित गर्‍यो । ‘चन्द्रमास' (लुनर क्यालेन्डर) अनुसार त्यो ६० बर्से चक्रमा तेस्रो ‘समुद्री घोडा' वर्ष थियो । चंगेज खाँको जन्म दिनलाई हरेक वर्ष ‘मंगोलियाको गौरवको पर्व' का रूपमा मनाउने आदेश पनि दिइयो त्यसै दिन ।

यो वर्ष ‘मंगोलियाको गौरव' पर्व पाँचौंपल्ट मनाइँदै छ । हरेक वर्ष चन्द्रमास (लुनर क्यालेन्डर) अनुसार जाडोयामको पहिलो महिनाको पहिलो दिन ईश्वी संवत्को अलग-अलग दिनसँग मेल खान्छ । त्यसकारण ‘मंगोल गौरव' पर्व अलग-अलग वर्ष फरक-फरक दिनमा मनाइएको छ । यो वर्ष ३१ अक्टोबरमा परेको थियो उक्त दिन ।

चंगेज खाँले विशाल मंगोल साम्राज्य तेह्रौं शताब्दीमा स्थापित गरे युद्धरत विभिन्न मंगोल जाति, जनजातिलाई एकसूत्रमा बाँधेर । साम्राज्य निर्माणले सबै मंगोलहरूलाई एउटा राज्यअन्तर्गत ल्यायो र उनीहरूबीचको एकतालाई सदृढ गर्‍यो । मंगोल साम्राज्यको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगत्मा फैलाउनुका साथै मंगोल जनताको सार्वभौम राज्यको अस्तित्व विश्व इतिहासमा सुरक्षित रह्यो, त्यो विजयका कारण ।

चंगेज खाँले आफ्नो राज्य स्थापना मात्र गरेनन्, युरेसिया क्षेत्रका मुलुकहरूलाई पनि विशाल मंगोल साम्राज्यको छातामुनि ल्याए । मंगोल साम्राज्य करिब दुई सय वर्षसम्म रह्यो र विश्वको ऐतिहासिक विकासमा योगदान पुर्‍यायो ।

युद्धताका कयौं व्यक्तिहरू यातनाको सिकार बने र सांस्कृतिक महत्वका सामग्री ध्वस्त भए । तर मंगोल साम्राज्य लगातार पराजित मुलुकको पुनस्र्थापना र विकासमा लगातार लागिरह्यो । ‘रेशमी मार्ग' लाई पुनस्र्थापना गरेर चंगेज खाँले पूर्व र पश्चिमलाई जोडे । सुरक्षालाई सुदृढ बनाउँदै स्थापित संरचनाबाट विभिन्न राष्ट्रियताबीच समझदारी विकास भयो त्यसबाट । एकअर्काका सांस्कृतिक आदानप्रदानसँगै आर्थिक र वाणिज्य सम्बन्ध पनि कायम भयो त्यसबाट उनीहरूबीच ।

सन् १९९६ मा वासिंटन पोस्ट्ले चंगेज खाँलाई ‘सहस्राब्दी व्यक्ति' घोषणा गर्‍यो । संयुक्त राष्ट्रसंघ महासमितिले सन् २००५ को नोभेम्बरमा विशाल मंगोल साम्राज्य स्थापनाको आठ सयऔं समारोहको अवसरमा विशेष प्रस्ताव पारित गर्‍यो ।

उक्त प्रस्तावमा ‘नोमाडिक सिभिलाइजेसन' (घुमन्ते सभ्यता) ले बृहत् प्रशासनिक, सांस्कृतिक र धार्मिक केन्द्रहरूबीच व्यापक सञ्जाल स्थापनामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख छ । यो निर्णयपछि ‘चंगेज खाँ र उनका विरासत' बारे अन्तर्राष्ट्रिय प्रदर्शनी भए, जर्मनी, अस्ट्रिया, हंगोरी र अन्य मुलुकमा ।

चंगेज खाँको ऐतिहासिक भूमिका अन्तर्राष्ट्रिय जगत्मा प्रशंसित छ । उनको वंशजको लागि त्यसप्रति गर्व गर्नु स्वाभाविक हो । मंगोलियामा मनाइने वार्षिक समारोह एउटा महत्वपूर्ण अवसर हो, चंगेज खाँको संस्कृति र इतिहाससँगै मंगोलियनहरूलाई विश्वमा विभिन्न मुलुक र त्यहाँका जनतासँग परिचित गराउन ।
लेखक नेपाल तथा भारतका लागि मंगोलियाका राजदूत हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.