प्याब्सनका गाैरव-सम्मान 

प्याब्सनका गाैरव-सम्मान 

अनेक दार्शनिक'धार्मिक आस्थाका साथसाथै सैद्धान्तिक'राजनीतिक आस्था, उदार प्रजातान्त्रिक अनि लोकतान्त्रिक शासन पद्धतिले आमनेपाली नागरिक समाजलाई आआफ्ना विवेक विचार प्रयोग गर्न पाउने भूमि प्रदान गरेको छ । आमनेपालीले आफ्ना विवेक प्रयोग सरोकारी कार्य समूहले निर्धारण गरेको कार्यक्षेत्रमा सार्थक योगदान पुर्‍याएका सजीव व्यक्तिहरूलाई आदर, कदर, मान, सम्मान प्रदान गर्ने गरेका छन् ।

यिनै सिलसिलाका क्रममा निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्राइभेट एन्ड बोर्डिङ स्कुल्स अर्गनाइजेसन) प्याब्सन, भक्तपुरले पनि प्याब्सन गौरव-सम्मान स्थापना र सञ्चालन गर्दै आएको छ । यो सम्मान नौलो भएर पनि गौरवशाली छ ।

यो सम्मानको नामै प्याब्सन गौरव-सम्मान छ । यसमा कुनै दुईमतको गुञ्जायस रहेन । मात्र विवादरहित गौरव-सम्मानकै नामनामसीका कारण यसलाई गौरव सम्मान नठानिएर यिनमा अरू आयामिक मर्म बोधितत्व समाहित देख्दछु ।

पहिले त यस गौरव-सम्मानको उद्देश्य केलाउनु सार्थक हुनेछ । उद्देश्यमा उल्लेख छः
- आफ्नो जीवनकाल'कार्यकालमा प्याब्सनको उन्नति, विकासमा निरन्तर दत्तचित्त भई लागिपरेका प्याब्सनिस्ट,

- भक्तपुर जिल्लाको शैक्षिक स्तर माथि उठाउन अमूल्य योगदान पुर्‍याएका अग्रज प्याब्सनिस्ट,
उल्लिखित यी दुई उद्देश्यअन्तर्गत थप आयाम लुकेका छन् । ती हुन्— पहिलो उद्देश्यमा आफ्नो जीवनकाल र कार्यकाल शब्द एकसाथ प्रयोग गरेको छ ।

जीवनकाल र कार्यकाल हेर्दा उस्तैउस्तै लाग्छन् । जीवनकालले स्कुलका प्रिन्सिपलको हैसियतमा प्याब्सनको सदस्यता ग्रहण गरेको आजीवन सदस्य भएर कर्मठ देन दिएका'दिइरहेका व्यक्तिलाई संकेत गर्छ ।

यस्ता व्यक्तिले कुनै खास पदार्थ दायित्व वहन नगरी कार्यकारिणी बोर्ड सदस्यतामात्र ग्रहण गरेको बुझाउँछ । दोस्रो, कार्यकालमा शब्दले खास'विशेष पदीय जिम्मेवारी वहन गरेका पदाधिकारीलाई इंगित गर्छ ।
दोस्रो उद्देश्यमा भक्तपुर जिल्लाको शैक्षिक स्तर माथि उठाउन योगदान पुर्‍याएका अग्रज प्याब्सनिस्टहरू पनि प्याब्सन गौरव-सम्मानको दायरामा पर्ने स्पष्ट छ ।

जिल्लाको शैक्षिक स्तर निरन्तर'अनवरत प्रयासमुखी अज श्र लगनशील अभियान रहेको छ । यसकारण यसमा आफ्नो जीवनकाल समावेश नभएर पनि कुनै कालखण्डमा प्याब्सन भक्तपुरका पदाधिकारी वा कार्यसमिति सदस्य भई पुर्‍याएको योगदानलाई संकेत गर्छ, इंगित गर्छ ।

प्याब्सन प्रणालीले सल्लाहकार प्रमुख सल्लाहकारको मर्यादित प्रावधान गरेको छ, पाएको छ । यस अर्थ र हेतुअन्तर्गत रही यस मर्यादामा प्रविष्ट इष्टलाई प्याब्सन गौरव-सम्मानद्वारा सुशोभित गरेको जीवन्त अनुभूति बनेको छ । प्याब्सन भक्तपुरको उदार सौजन्य बन्छ, बनेको छ, त्यो अनुभूति मेरो !

प्याब्सन गौरव-सम्मानको थालनी २०६९ सालबाट भएको हो । प्याब्सन भक्तपुरले श्रीगणेश ! गरेको त्यो सम्मान सम्भवतः नेपाली निजी विद्यालयहरूबीच पहिलो अभियान नै हुनसक्दो हो । जे होस्, २०६९ मा प्याब्सन भक्तपुरको अध्यक्षासनमा वर्तमान अध्यक्ष राजकुमार महर्जन नै थिए ।

भक्तपुर जिल्लाले प्रवेशिका परीक्षाको नतिजामा प्रवीणतर दर्शाउँदै आएको थियो । सम्भवतः यसै माहोलबीच महर्जन महाशयको मनमस्तिष्कमा प्याब्सन भक्तपुरले पनि केही न केही पहिलो कदमी कार्य अभियान थालनी गर्ने सोच पसेको हुनुपर्ने अनुमान आदरणीय पाठक महानुभावसमक्ष पस्काउने चेष्टा गरेँ ।

वास्तवमा नेतृत्वका गुणहरूमध्ये एउटा प्रमुख पक्ष नयाँ दिशाबोध गरी त्यसको दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्नु, गराउने दृढ संकल्प नै मान्नुपर्छ ।

प्याब्सन गौरव-सम्मान बहुआयामिक बन्छ । सरसर्ती हेर्दा प्याब्सन भक्तपुरले प्रदान गर्दै आएको प्याब्सन गौरव-सम्मान प्याब्सन संस्थाकै गौरवजस्तो लाग्दो यसको अर्थविन्यास बहुविध छ ।

प्याब्सन भक्तपुरको जग हालिएदेखि वर्तमानसम्म आइपुग्दा यसको आकारप्रकार, रूपरंग, ढाँचाकाँचा, अवस्था र कार्यक्रम सञ्चालन प्रक्रियामा ठूलो परिवर्तन परिवर्धन र परिमार्जन भएको अनुभूत गर्न सकिन्छ । विगतका विभिन्न अवस्थाजन्य शब्दचित्र २०७० सालमा पहिलो स्मारिका प्रकाशनमा संकलित स्थापनाकालदेखिका सबै अध्यक्ष महानुभावबाट व्यक्त अन्तर्वार्ताहरूबाट अनुभूत गर्न सकिन्छ ।

२०४७ सालमा स्थापना भएको प्याब्सन भक्तपुरका प्रथम अध्यक्ष स्व. शारदाभक्त मधिकर्मीले समयसमयमा बैठक बसाल्ने, खेलकुद, चित्रकला, अंग्रेजी हिज्जे प्रतियोगिता आदि प्रमुख कार्यसम्पादन र सञ्चालन गरेको उल्लेख छ । दोस्रो, कार्यकालीन अध्यक्ष दीपक अंकलगीले शिक्षक-शिक्षिकाहरूलाई तालिम, अन्तरविद्यालय विभिन्न प्रतियोगिता, चित्रकला र अन्य प्रदर्शनी गरे गराएको उल्लेख गरेका छन् ।

तेस्रो र चौथो (२०५२-०५४, २०५५-०५९) कार्यकालको प्याब्सन भक्तपुरका अध्यक्ष भक्तराज भण्डारीले जिल्लास्तरीय परीक्षा सुरुआत, भाडाका घरमा कार्यालय स्थापना आवश्यक फर्निचर, कार्यालय व्यवस्थापन नियमित परीक्षा सञ्चालन, जग्गा खरिद गर्न बीउपुँजी संकलन आदि उल्लेख गरेका छन् ।

पाँचौं प्याब्सन भक्तपुरका अध्यक्ष शिवजी श्रेष्ठले आचारसंहिता, अनुशासन मौलिक मान्यताको शिक्षा, पाठ्यपुस्तक र परीक्षा, अतिरिक्त क्रियाकलाप, परीक्षणमा एकरूपता आदि उल्लेख गरेका छन् ।

छैटौं प्याब्सन अध्यक्ष सानु घिमिरेले निजी विद्यालयका शैक्षिक स्तर वृद्धि निमित्त अन्तरविद्यालय मैत्रीभाव विकास संस्थागत विकासका लागि एउटा दरिलो आर्थिक स्रोत जुटाई जग्गा खरिद हुनु आदि महत्वपूर्ण आधारभूत कार्यहरू उल्लेख गरेकी छन् ।

सातौं अध्यक्ष खड्बहादुर कटुवालको अध्यक्षता कालमा प्याब्सन भक्तपुरको भवन निर्माण भएको सातौं प्याब्सन भक्तपुरका अध्यक्ष भुवनलाल श्रेष्ठले उल्लेख गरेका छन् । आठौँ अध्यक्ष राजकुमार महर्जनका कार्यकाल अद्यावधिक र निरन्तर छ ।

भुवनजीको कार्यकालमा निर्माण भएको भुइँ'छेँडी तल्लामाथिको एकतले भवन दोस्रो र तेस्रो तलासम्म उकासिएको छ । भवनको तला बढ्नुका साथै एउटा अर्को थप आयामिक कार्य महर्जनको कार्यकालमा भएको छ । त्यो कार्य हो— प्याब्सन गौरव-सम्मान तथा प्याब्सन दीर्घ सेवा सम्मान ।

प्याब्सन गौरव-सम्मान बहुआयामिक बन्छ । सरसर्ती हेर्दा प्याब्सन भक्तपुरले प्रदान गर्दै आएको प्याब्सन गौरव-सम्मान प्याब्सन संस्थाकै गौरवजस्तो लाग्दो यसको अर्थविन्यास बहुविध छ । प्याब्सन भक्तपुरले प्रारम्भ गरेको यो सम्मान संस्थाकै गौरव बन्नु स्वाभाविक छ— निःसन्देह !

यसका साथै प्याब्सन संस्थाले हुर्काउन, समृद्धि र समृद्धशाली बनाउन आआफ्ना कार्यकालमा अवस्थाअनुसार योगदान पुर्‍याउनुहुने महानुभावलाई यो कार्यकालका वर्तमान कार्यसमितिले गौरवचित्त ठान्ने दृढता प्रदर्शन गर्नु आफूमा धनधान्यशाली सोच, अठोट र संकल्प जचिन्छ । संस्थागत विकासक्रममा संस्थात्मक योगदान यस्तैमा जचिन आउँछ ।

उदारता नेतृत्वकारी व्यक्ति र समूहकै शक्ति र गहना बन्छ, हो पनि । नेतृत्व र नेतृत्वकारी संस्थाका कार्यसमिति गहबन्धन तगडा भएपछि यस्ता वर्चश्वशाली कार्यको थालनी हुन्छ । निरन्तरता पाइरहन्छ । नैरन्तर्य यसको सुन्दर स्वाभिमानी भविष्य हुन् । यसले निर्बाध निरन्तरता पाएर प्याब्सन गौरव-सम्मान क्रमिक रूपमा आगामी पहलकदमी बनिरहुन् ।

प्याब्सन गौरव-सम्मान प्राप्त गर्ने स्व. शारदाभक्त मधिकर्मीले आफ्ना अभिव्यक्तिमा समेटेका छन् । मिर्गौलाले काम नगर्दा प्याब्सनले ६१ हजार उपचार सहयोग प्रदान गरेको हो ।

दिवंगत आत्माका ती शब्दपुञ्ज मनन गर्दा उनले सरकारी बहडामा रहेर पनि निजी तथा आवासीय विद्यालय, प्याब्सन भक्तपुरको प्रथम अध्यक्ष बन्ने साहस गरेको तत्कालीन परिवेशमा सराहनीय छ, स्तुत्य छ ।

अहिलेसम्म निरन्तर रूपमा चार महानुभावहरू जजसले प्याब्सन गौरव-सम्मान पाएका छन्रू सबैप्रति अन्तरमनकै बधाई अर्पन्छु । यसै २०७३ को प्याब्सन गौरव-सम्मानद्वारा विभूषित हुने ॐ माध्यमिक आवासीय विद्यालयका प्रिन्सिपल'प्रधानाध्यापिका सानु घिमिरेप्रति हार्दिक तथा मंगलमय बधाई ! ! !

बिट मार्नुअघि प्याब्सन गौरव-सम्मान थालनी गर्ने अध्यक्ष राजकुमार महर्जन तथा सम्पूर्ण कर्मठ पाखुरीहरूका विवेक-ब्रह्मप्रति यस सम्मान कार्यको नैरन्तर्य निमित्त सदाबहार सद्भाव सगुन अर्पण गर्न किन कञ्जुस्याइँ गरूँ...?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.