नेपाल भ्रमण नगर्नू भनेको छैनः चीन

नेपाल भ्रमण नगर्नू भनेको छैनः चीन

काठमाडौः चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न हतोत्साही गर्ने हिसाबले कुनै सूचना या सन्देश जारी नगरिएको बताएको छ । चिनियाँ पक्षले बेइजिङस्थित नेपाली दूतावासलाई उक्त जानकारी गराएको हो ।

परराष्ट्र सचिव शंकरदास बैरागीले चीनका तर्फबाट नेपाल भ्रमण नगर्न कुनै चिनियाँ एजेन्सीबाट सूचना जारी भएको नपाइएको बताए । ‘सायद यो हल्ला मात्र हुन सक्छ' उनले भने ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चीनले आफ्नातर्फबाट नेपाल भ्रमणमा नजान भनी सूचना जारी गरेको भन्ने मिडियामा आएका समाचार सत्य नरहेको बताए । ‘हामीले चिनियाँ विदेश मन्त्रालय र पर्यटन मामिला हेर्ने निकायसँग यसबारेमा सोधपुछ गर्‍यौं तर नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई आग्रह नगरिएको चिनियाँ अधिकारीले बताए', पौड्यालले अन्नपूर्णसँग भने ।

केही चिनियाँ नागरिकले गत साता नेपाल भ्रमण रद्द गरे पनि उनीहरूले पुनः भ्रमणमा जान टिकट लिइसकेको उनले बताए । ‘केही चिनियाँ नागरिकले नेपाल भ्रमण रद्द गरे पनि उनीहरूले फेरि टिकट बुकिङ गरिसकेका छन्', उनले भने ।

नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले नेपाल भ्रमणमा नआउन आफ्ना नागरिकका लागि कुनै सूचना जारी नभएको अन्नपूर्णलाई बताए । ‘मिडियामा आएका समाचारमा कुनै सत्यता छैन । बरु हामी नेपालमा धेरै चिनियाँ नागरिक भ्रमणमा आऊन् भन्ने चाहन्छौं', दूतावासका अधिकारीले भने ।

चीनको चेङ्दुस्थित पर्यटन हेर्ने निकायले त्यहाँका टुर अपरेटरमार्फत चिनियाँ नागरिकलाई नेपाल भ्रमणमा नजान सूचना जारी गरेको समाचार केही मिडियामा आएको थियो । सन् २०१६ मा चिनियाँ पर्यटकको संख्यामा खासै प्रगति हुन सकेको देखिँदैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.