बाह्रैमास जुनार

बाह्रैमास जुनार

सिन्धुलीलाई चिनिने अर्को नाम हो, ‘जुनारको राजधानी’ । तर, त्यो मौसमी फल मात्र हो । उत्पादन स्थलमै जुनारको बेमौसममा पनि स्वाद लिन पाइने भएपछि किसानको उत्साह बेग्लै छ ।

जिल्लामै सुरक्षित भण्डारण र प्रशोधन उद्योगहरू सञ्चालनमा आइसकेका छन् । पकेट क्षेत्रमा एक र सदरमुकाममा एक चिस्यान केन्द्र स्थापना भएका छन् । बाशेश्वर ६ नाकाझोस्थित शून्यशक्ति शीतभण्डार त्यसमध्येको हो । भण्डारण गरिएका दाना बेमौसममा बिक्रीबाट कृषकको आम्दानी बढेको छ । सदरमुकाम सिन्धुलीमाडीबाट ४५ किमि टाढा पर्छ उक्त ठाउँ ।

बजार पुर्‌याउन नसकेका र बेमौसममा राम्रो मूल्यमा बिक्री गर्ने चाहना राख्ने कृषकलाई उक्त शीतभण्डारले राहत दिएको छ । कृषक शेरबहादुर मगरका अनुसार अहिले त्यस क्षेत्रका उत्पादकले दाना टिपेर शीतभण्डारमा पुर्‌याइरहेका छन् । अघिल्लो वर्ष परीक्षणका रूपमा ५० हजार दाना राखियो, सफलता मिलेपछि यस वर्ष एक लाख दाना भण्डारण गर्ने तयारी छ ।

शीतभण्डारमा राखिएको जुनार कम्तीमा ६ महिना ताजा र सुरक्षित रहने प्राविधिकहरू बताउछन् । अहिले जुनार टिप्ने मौसम हो, जुन माघ पहिलो साताभित्र सकिन्छ । त्यसपछिका आठ महिना बजारमा पाइँदैन । पारखीहरूलाई शीतभण्डारले बेमौसममा पनि स्वाद लिन पाउने सुविधा दिएका छन् ।

जुनार कृषक सहकारी संघका जिल्ला अध्यक्ष निर्मलकुमार रम्तेलका अनुसार ‘अफ सिजन’मा बजारमा निकाल्दा मूल्य राम्रो पाइन्छ । ‘यसका कारण किसानको घरमा समृद्धि भित्रिन थालेको छ,’ उनी भन्छन् ।

junar-stor-

सिन्धुलीकाे जुनार प्रशाेधन केन्द्र

यस वर्षबाट जुनार प्रशोधन उद्योग पनि सञ्चालनमा आएपछि उत्पादकको हर्षको सीमा छैन । सार्वजनिक–निजी साझेदारीमा करिब तीन करोड ७० लाखमा स्थापना भएको हो उक्त उद्योग । त्यति ठूलो लगानीमा सञ्चालित उद्योग जिल्लाकै पहिलो हो ।

त्यसमार्फत वार्षिक १५ सय टन जुनार ग्रेडिङ र जुस उत्पादन गर्न सकिने छ । प्रबन्ध निर्देशक रूपेश कर्णका अनुसार हालसम्म कृषकले शीतभण्डारमा राखेको एक सय १० टन ग्रेडिङ र जुस उत्पादन भइसकेको छ । ‘त्यो सबै बजारमा गएको छ । यस वर्षदेखि जाम बनाउने मेसिन सञ्चालनमा ल्याउँदै छौं,’ कर्ण भन्छन् ।

उत्पादित जुस र जाम मात्र होइन, चिस्यान केन्द्रमा भण्डारण गरिएको जुनारलाई विदेश निर्यात गर्ने योजनामा काम गरिरहेका छन् उद्योगी । कर्ण भन्छन्, ‘सिजनबाहेक पनि शीतभण्डारमा राखिएको जुनारले दोब्बर मूल्य पाउँछ ।

उद्योग र बगैंचामा गरी झण्डै पाँच हजार कृषकले रोजगारीसमेत पाउने छन् ।’ उद्योगमा सिन्धुली र रामेछापको जुनार संकलन गरेर प्रशोधन गरिने छ । जुनारले नधानेको समयमा भुइँकटहर र आँप ग्रेडिङ गर्ने योजना छ । आँपको पनि जुस र जाम उत्पादन गरी बजारमा पुर्‌याइने उनी बताउँछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.