देखेको पीडा लेखें
![देखेको पीडा लेखें](https://annapurnapost.prixacdn.net/media/albums/Raj-Sargam-5868c820a82ba0.99254335_AtRsrwYICf.gif)
तपाईंको दोस्रो उपन्यास ‘छाउघर’ कस्तो उपन्यास हो ?
छाउघर समाजमा व्याप्त विसंगती, कुसंस्कार र अन्धविश्वासले ग्रसित नेपाली हिन्दु महिलाले भोग्दै आएको छाउपडीजस्तो कुप्रथाविरुद्व वकालत गर्ने सामाजिक उपन्यास हो ।
उपन्यास त निकैअघि लेखिसक्नुभएको थियो होइन, किन ढिला भयो प्रकाशन ?
२०७० को सुरुवाततिर लेखेको थिएँ । तर, चुस्तदुरुस्त बनाउन दशौं पटक पुनर्लेखन गरें । आञ्चालिकताको कारण पुनर्खाेजमा पनि मिहिनेत गरें । यसैकारण समय लाग्यो ।
छाउकै विषयमा लेख्नचाहिँ केले प्रेरित गर्यो ?
म बाँचेको समाजका महिलाले भोग्दै गरेको दर्दनाक पीडा देखेको छु । तिनीहरूको रुवाइ सुनेको छु । त्यसलाई लेख्नैपर्छ भन्ने लाग्यो ।
उपन्यासमा तपाईंले देखेको कुरा हावी छ कि अनुसन्धान ?
जब कुनै कुराले भित्री मन छुन्छ, त्यसबारे जान्न गहिरो लगाव उत्पन्न हुँदो रहेछ । त्यस्तै भयो मलाई । मैले
देखेको र खोजेको कुरा बराबरी नै छ ।
महिलाको मनोविज्ञान उतार्न कत्तिको गाह्रो भयो ?
गाह्रो त भयो नै । पुरुषले महिलाबारे लेखेर न्याय गरिन्न भन्नेको जमातमा मैले जमर्काे गरें । फेरि, महिलाको मनोविज्ञान बुझ्न सधैँ घोत्लिने त पुरुष नै हुन्छन् नि ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)