आकर्षण वाइयु युनिकन स्मार्टफोनको

आकर्षण वाइयु युनिकन स्मार्टफोनको

काठमाडौं: वाइयु युनिकन स्मार्टफोन बजारमा आएलगत्तै ग्राहकको रोजाइमा परेको छ । बनावट र प्रविधिको उत्कृष्ट नमूना यो स्मार्टफोन विश्व बजारमा उत्कृष्ट १० ब्राण्डभित्र पर्ने माइक्रोम्याक्सको सहायक कम्पनीको उत्पादन हो ।

यु टेलिभेन्चर्सलको उत्पादन वाइयु युनिकन 'वाइयु ५५३०' नेपाली बजारमा आएको केही सातमा नै सबैको रोजाइमा परिरहेको छ । नेपालमा वाइयु युनिकनको आधिकारिक आयातकर्ता तथा वितरक पशुपति ट्रेडलिङ्क प्रालिले यसलाई बजारमा ल्याएको हो ।

पशुपति ट्रेडलिङ्क प्रालिका नेसनल सेल्स म्यानेजर भुपाल क्षत्रीका अनुसार, वाइयु युनिकन स्मार्टफोनको आकर्षक डिजाइन र प्रविधिले बजारमा आएको केही सातामा ग्राहकलाई आकर्षित गर्न सफल भएको हो । उनले यो फोन नेपाली ग्राहकमैत्री रहेको पनि जानकारी दिँदै भने, 'ग्राहकको माग र नेपालको बजारअनुरुप यो स्मार्टफोन ल्याइएको हो ।'

बजेटअनुकूल फोनको रूपमा बजारमा आएको यो स्मार्टफोनको मुख्य आकर्षण यसमा प्रयोग भएको चार जीबी र्‍याम र ३२ जीबी रोम भएको क्षत्रीले जानकारी दिए । नेपाली बजारमा २६ हजार नौ सय रुपैयाँमा उपलब्ध वाइयु युनिकन स्मार्टफोनमा प्रयोग भएको र्‍याम र रोम क्षमता यो प्राइस सेग्मेन्टमा नै उत्कृष्ट हो ।

मिड सेग्मेन्टको फोनका रूपमा बजारमा आएको वाइयु युनिकन स्मार्टफोन युवालाई लक्ष्यित गरी ल्याइएको क्षत्रीले बताए । उनका अनुसार, फोरजी सेवा सपोर्ट गर्ने यो फोन सबै उमेरका ग्राहकलाई उपयुक्त हुनेछ ।

मेटल बडीमा निर्मित मिडियाटेक हेलियो पी १० फोनमा ५.५ इन्चको आइपिएस एलसिडी क्यापासिटिभ १६ एम कलर्स स्क्रिन रहेको छ । यस मोबाइल फोनमा ४ जिबी र्‍याम र ३२ जिबी रोम रहेको छ । यसलाई माइक्रोएसडीको प्रयोग गरी एक सय २८ जिबीसम्म बढाउन सकिन्छ ।

एन्ड्रोइड ललिपप ५.१ अपरेटिङ सिस्टम रहेको यो फोनमा १.४ गिगाहर्ज क्वाड कोर प्रोसेसर रहेको छ, जसले प्रयोगकर्तालाई स्मार्टफोन प्रयोगको नयाँ अनुभव प्रदान गर्छ । एकैपटकमा धेरैवटा एप्ससँग घुलमिल हुने अवसर पनि प्रदान गर्छ ।

कम्पनीले उपलब्ध गराएको जानकारीअनुसार, फोनमा फिङगर प्रिन्ट सेवा पनि उपलब्ध छ । १० फरक फिङ्गर सपोर्ट गर्ने फिङ्गर सिस्टमले मोबाइलको सुरक्षालाई बढाएको छ । प्रयोग गर्न सजिलो यो फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामरा छ, जुन फोटो खिच्न रुचाउनेका लागि बढी प्रभावकारी हुने देखिन्छ । फ्रन्ट फ्लाससहितको यसमा ५ मेगापिक्सेलको सेल्फी क्यामरा रहको छ ।

कम्पनीका अनुसार क्यामराका लागि निमार्ण गरिएको यो फोनमा प्रयोग गरिएको क्यामराले कम लाइटमा पनि उत्कृष्ट तस्बिर खिच्ने छ ।

वाइयु युनिकन स्मार्टफोनमा चार हजार एमएएचको झिक्न नमिल्ने ब्याट्री प्रयोग गरिएको छ, जसले फोनलाई लामो समयसम्म टिकाउँछ । लामो यात्रा गर्दा पर्यटकको लागि यो फोन उपयुक्त हुने कम्पनीले जनाएको छ । यसमा डिटिएस अडियो सिस्टम प्रयोग गरिएको छ, जसले गीत सुन्दा अथवा फिल्म हेर्दा प्रयोगकर्ताले छुट्टै आनन्द प्राप्त गर्नेछन् ।

सेल्स म्यानेजर क्षेत्रीका अनुसार, यो फोन मिड सेगमेन्टका स्मार्टफोनको लागि एउटा नमूना हो । उनले भने, 'मूल्यमा बजारमा रहेको अन्य फोनको तुलनामा सस्तो भए पनि फोनमा प्रयोग भएको प्रविधि र बनावटका आधारमा कुनै कमी छैन । कम्पनीले गुणस्तरीयतालाई प्राथामिकतामा राखेर यो फोनको निमार्ण गरेको छ । यो फोनसँगै युनिकर्नले पुराना नियमलाई परिवर्तन गरिदिएको छ । परम्परालाई भत्काएको छ । फ्ल्यागसिपलाई पुनः परिभाषित गरिदिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.