विदामा विद्यार्थी

विदामा विद्यार्थी

विद्यार्थीहरूका लागि जाडो विदा नजिकिँदै छ । उनीहरू समय बिताउन विभिन्न क्रियाकलाप गर्छन् । रुचि भने फरक–फरक छ । ‘फुर्सदमा के गर्न रुचाउनु हुन्छ ?’ कलंकीस्थित नेपालय कलेजमा कक्षा १२ अध्ययनरत अनिश महर्जनलाई यही प्रश्न सोधियो । ‘रेस्लिङ हेर्छु,’ उनको जवाफ थियो, ‘विदामा घरबाट बुवाले घरबाहिर निस्कन त्यति दिनुहुन्न । त्यसैले रेस्लिङमा रमाउँछु ।’

युनिग्लोब कलेज, कमलादीमा कक्षा १२ पढ्दै गरेकी भावना कँडेल भने फेसबुक, इन्स्ट्राग्रामजस्ता सामाजिक सञ्जालमा व्यस्त हुन्छिन् । विदाले विद्यार्थीहरूको सिर्जनशीलता बढाउने गरेको उनको भनाइ छ । उनको विचारमा सधैँ हुने पढाइबाट एक किसिमको राहत महशुस हुन्छ । पढाइको भार पनि विदाका दिनमा व्यवस्थापन गर्न सकिन्छ । अतिरिक्त क्रियाकलाप गर्ने समय पनि हुन्छ ।

विदाका दिनमा कँडेल थिएटरतिर पनि जान्छिन् । सिनेमा हेर्ने त उनको आदत नै हो । विदा हुँदा पढाइमा मात्र सीमित हुनु नपर्ने बरु मन लागेका कुराहरू गर्न समय हुने उनको भनाइ छ । एड्मार्क कलेज कक्षा १२ मा व्यवस्थापन पढ्दै गरेकी मनिका धिताल विदाका दिनलाई सामाजिक सञ्जालमा बढी समय खर्चिन्छिन् । भन्छिन्, ‘अहिले त जाडो मौसम छ । विदा हुँदा सपिङ पनि गइन्छ । अरूबेला पढाइमै केन्द्रित हुनुपरेकाले विदामा बिहानै पत्रपत्रिका पढ्छु, टीभीमा समाचार र अरू कार्यक्रम पनि हेरिन्छ ।’

घरको काम
रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक दोस्रो वर्षमा पढ्ने देश्मा लिम्बु अलि लामो विदा भयो भने साथीहरूसँग घुम्न मन पराउँछिन् । विदाका दिनमा पुस्तक पल्टाउन मन नगर्ने उनको रुचि साथीहरूसँग सिनेमा हेर्न जानु हो । एड्मार्क कलेजमा कक्षा १२ मा अध्ययनरत उद्धव खनाल कोठामा एक्लै बस्ने भएकाले सरसफाइदेखि भान्साका सरसमान जोहो गर्न शनिबारको सदुपयोग गर्छन् । भन्छन्, ‘लुगा धुनु पर्‌यो । नुहाउनु पर्‌यो । कोठाकै तनाव हुन्छ ।’

पढाइकै तनाव
नेपालय कलेजमा कक्षा १२ का आश्विन दुवाडीको रुचि फरक छ । साइन्सको विद्यार्थी भएकाले उनी विदाको समयमा पनि ‘प्राक्टिकल’ गरिरहन मन पराउँछन् । खासगरी, शनिबार छुटेका प्राक्टिकलहरू गर्छन् उनी । सरहरूले कोर्स अगाडि बढाइरहँदा कहिलेकाहीं आफू पछाडि परेको अनुभव हुन्छ र विदाको समयमा त्यही रिक्तता पूरा गर्न रुचाउँछन् ।

satisकलेज खुलेपछि हामी विद्यार्थीलाई विदामा के गर्‌यौ भनेर सोध्छौं। उनीहरूले साथीहरूसँग घुम्न गएको, फिल्म हेर्न गएको बताउँछन्। सतिशराज पौडेल, शिक्षक

नेपालय कलेजकै कक्षा ११ की रविता खड्का विदाको दिनमा घरमै किताब पढेर बस्छिन् । कुनैबेला काममा आमालाई सघाउने गर्छिन् । उनलाई बाहिर घुम्न जान अल्छि लाग्छ, बरु घुम्नु साटो बजारमा नयाँ आएका साहित्यका पुस्तकहरू पढ्छिन् । पढाएका कुराहरूको तयारी पनि गर्छिन् ।

अभ्यास गर्ने समय
विदामा मेसिनहरू खोल्ने/बनाउने गरेर साथीहरूसँग दिन बिताउने गरेको बताउँछन् दुवाडी । यस्ता काम मिलेर गर्दा नजानेका कुराहरू सिकिने गरेको उनको भनाइ छ । साहित्यमा पनि उनको रुचि छ । त्यसैले विदामा गजल, कविता, मुक्तक अभ्यास लेखनको मौका जुर्छ ।महर्जन पनि विदाका दिनमा विद्युतीय सामानहरू बनाएर बस्छन् । घरबाट बाहिर त्यति निक्लि“दैनन् । कीर्तिपुरका रैथाने उनी विदाका दिनमा खेतबारीको काममा बाबालाई सघाउँछन् ।

घुम्नुको मजा
एडमार्क कलेज, कलंकीमा कक्षा १२ की सूचना काफ्ले विदामा प्रायः घुम्न निस्किन्छन् । उनले बेलीबिस्तार लगाइन्, ‘घरपरिवारसँग घुम्न निस्किँदा मन्दिरतिर गइन्छ । साथीहरूसँग हिँड्दा रमाइलो गर्न फनपार्क, चोभार, वसन्तपुर र भक्तपुर दरबार स्क्वायरतिर गइन्छ ।’ उनी खाना बनाउन र सरसफाइमा आमालाई सघाउँछिन् ।

एड्मार्क कलेजमै कक्षा १२ मा पढ्दै गरेका सौरभ काफ्ले पनि विदाको दिनमा प्रायः साथीहरूसँग घुम्न निस्किन्छन् । भन्छन्, ‘साथीहरू छन् भने रमाइला गफ गर्दै घुम्नुको मजा नै बेग्लै ।’ चोभारको हुपिल्यान्ड, वसन्तपुर, स्वयम्भु उनी गइरहने ठाउँहरू हुन् । त्यसो त, उनी फुटसल, बास्केटबल खेल्न पनि निस्कन्छन् ।

लामो विदामा काठमाडौं बाहिरका ठाउँमा घुम्न जान्छन्, एड्मार्क कलेजकै कक्षा १२ का सीताराम भुजेल । कक्षा ११ को परीक्षा दिएर उनले पोखराको फेरो मारे । उनको विचारमा यस्ता घुमाइले विद्यार्र्थीहरूलाई ‘रिफ्रेस’ हुन सहयोग पुर्‌याउँछ ।

मस्तीको समय
नेपालयमा कक्षा ११ मा पढ्ने ऋतु शाही पनि विदाका दिन सामाजिक सञ्जालमा व्यस्त हुन्छिन् । टीभीमा सिरियल हेरेर धीत नमरेपछि ल्यापटपमा सिनेमा हेर्छिन् । उनलाई घरको काम गर्न अल्छी लाग्छ रे । भुजेल विभिन्न क्लबमा जोडिएका छन् । उनी हाँस्दै भन्छन्, ‘शनिबार पनि के कोर्सका किताब पढ्नु ! बरु साथीहरूसँग रमाइलो गर्ने हो । विभिन्न प्रोग्राममा जाने हो । किताब त अरूबेला पढिहालिन्छ नि !’

Udeyaraj Dahalदेश बनाउन क्षमता राख्ने युवा अलि ‘ड्युटिफुल’ हुनुपर्छ। उदयराज दाहाल, शिक्षक

विदामा कोठामै बस्ने बताउँछन् विश्व निकेतन कलेजको कक्षा ११ का महेश खाती । कोठामा बस्दा प्रायः मोबाइलमा गेम खेलेर बस्छन्, सिनेमा पनि हेर्छन् । भन्छन्, ‘घुम्न मन लाग्यो भने बेलुकीपख कतै निस्कने । नभए यस्तै ग्याजेट चलाएर बस्ने ।’


‘विदा मन पर्दैन’
कसैलाई त विदा नै मन पर्दैन । त्यसैमा पर्छन् काफ्ले, जसलाई कलेजले दिने धेरै विदा मन पर्दैन । कहिलेकाहीँ त शनिबार पनि नआइदिए हुन्थ्योजस्तो लाग्छ । कोठामै थन्किनुपर्दा दिक्क लाग्छ रे उनलाई । बेला–बेलामा हुने विदाले पढाइलाई समेत प्रभाव पार्ने उनले बताए । ‘सरहरूले एउटा च्याप्टर पढाइरहनु भएको हुन्छ, बीचमा हुने विदाले एक त पढाइको प्रवाहमा प्रभाव पार्छ, अर्काे पढाएको नबुझिने समस्या हुन्छ । त्यसैले विदा एकदमै कम भए हुन्थ्यो ।’

महर्जनलाई पनि कुनैबेला त विदा नभइदिए पनि हुन्थ्योजस्तो लाग्छ । उनी घरबाट बाहिर खासै ननिस्कने भएकाले विदाको दिनमा कहिलेकाहीँ त ‘बोरिङ’ लाग्छ रे । धिताललाई पनि कलेजले दिने विदा मन पर्दैन । विदा भएपछि बिहानभर सुत्ने र दिउँसो घुम्नेबाहेक काम हुँदैन । शनिबार बाहेकका दिनमा विदा नभए पनि हुन्थ्यो जस्तो लाग्ने उनलाई कलेज आउँदा नै आनन्द लाग्छ ।

Manika Dhitalवदामा सपिङ पनि गइन्छ। विदामा बिहानै पत्रपत्रिका पढ्छु, टीभीमा समाचार र अरू कार्यक्रम पनि हेरिन्छ। मनिका धिताल, विद्यार्थी

खाती भने विदाले विद्यार्थीहरूलाई फाइदा पुग्ने बताउँछन् । भन्छन्, ‘प्रायः शनिबारको विदामा पुराना साथीभाइ र आफन्त भेट्ने तथा सरसफाई गर्ने समय हुन्छ । बाँकी दिन त कलेजकै तनाव हुन्छ । एकदिन सबै कुराबाट मुक्त भएर आफ्नै योजनाअनुसार काम गरौं न ।’

शिक्षकको अपेक्षा
विदामा बढ्ता बिन्दास हुनुभन्दा धेरथोर पढिदिए हुन्थ्यो भन्ने अपेक्षा प्रायः शिक्षकमा हुन्छ । मनोहर मावि, गोंगबुमा प्लस टुका शिक्षक सतिशराज पौडेलका अनुसार विद्यार्थीहरू विदाको समय सामाजिक सञ्जालमा बिताउँछन् । लामो विदामा भने अधिकांश विद्यार्थी भ्रमणमा जाने गरेको उनको भनाइ छ । भन्छन्, ‘आइतबार कलेज खुलेपछि हामी विद्यार्थीलाई हिजो के गर्‌यौ भनेर सोध्छौं । उनीहरूले साथीहरूसँग घुम्न र फिल्म हेर्न गएको बताउँछन् ।’

विद्यार्थीले विदामा फेसबुकमा झुण्डिएर बस्नुभन्दा रचनात्मक क्रियाकलापतिर लागे हुन्थ्यो भन्ने पौडेलको आग्रह छ । भन्छन्, ‘विद्यार्थीले शैक्षिक प्रदर्शनी, सामाजिक सेवा, रचनात्मक क्रियाकलापमा लागिदिए विदाको पनि महत्व हुन्थ्यो ।’ नवजीवन कलेज, सामाखुशीका प्राध्यापक उदयराज दाहाल विदामा पढाइमा ध्यान दिनुको साथै घरपरिवारलाई काममा सघाउन विद्यार्थीलाई सुझाव दिन्छन् । उनको विचारमा विद्यार्थीले पढाइबाहेक खेलकुद र सामाजिक क्रियाकलापमा पनि लाग्नुपर्छ ।

अचेलका विद्यार्थीहरू विदाका दिनमा सामाजिक सञ्जालमा झुम्मिने, कुलतमा लाग्ने र अनावश्यक रूपमा घुम्ने गरेको दाहाल बताउँछन् । देश बनाउने क्षमता राख्ने युवा अलि ‘ड्युटिफुल’ हुनुपर्ने उनको सुझाव छ ।

 



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.