सुबिसु १७ वर्षमा प्रवेश
काठमाडौं ः सुबिसु केवलनेट प्रालि १६ औं वर्ष पूरा गरी १७ आंै वर्षमा प्रवेश गरेको छ । नेपालको अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुले देशको सूचना तथा सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
सेवामा १६ वर्षको अवधिमा कम्पनीले थप नयाँ सेवा विस्तार गर्दै ग्राहकलाई उच्च कोटिका सेवामा डिजिटल टीभी , इन्टरनेट टीभी–ओटीटी र ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।
सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले सुबिसु सफलतापूर्वक १७ औं वर्षमा प्रवेश गर्नुमा ग्राहकको निरन्तर साथ, माया र विश्वास रहेको बताएका छन् ।
ग्राहकको साथ, माया र विश्वास रहिरहोस् भन्ने कम्पनीको चाहँना रहेको बताउँदै उनले सेवाका १६ वर्षमा कम्पनी थप अनुभवी भएको र आफ्नो अनुभवलाई ग्राहकको सन्तुष्टिमा लगाउँदै उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताए ।