किन कालो कोट लगाउँछन् वकिल

किन कालो कोट लगाउँछन् वकिल

हामीले वकिललाई देखेका छौं । उनीहरूले फर्ममा बस्दा नलगाए पनि अदालतमा बहस गर्न जाँदा कालो पाइन्ट, कालो कोट र सेतो सर्ट लगाएको देख्छौं । वकिलहरूले यस्तो पोसाक लगाउन जरुरी छ ? वा कानुनले नै व्यवस्था गरेको हो र ? कहिलेदेखि वकिलको यो ड्रेस कोड प्रचलनमा आयो ?

पहिला यो थाहा पाऔं कि वकालतको सुरुआत कहिले भयो ? यसको सुरुआत बेलायतका राजा एडवर्ड तृतीयले सन् १३२७ मा गराएका थिए । त्यो समयमा ड्रेस कोडका आधारमा न्यायाधीशहरूको पोसाक तयार गरिएको थियो । त्यो समयमा न्यायाधीशले शिरमा कपालको ह्विग लगाउने गर्थे ।

वकिललाई चार प्रकारमा विभाजित गरिएको थियो- स्टुडेन्ट, प्लिडर, बेन्चर र बेरिस्टर । त्यो समयमा वकिलहरूले रातो रङको लुगा र खैरो रङको गाउन लगाउने गर्थे । सन् १६०० मा वकिलको पोसाकमा परिवर्तन भयो । सन् १६३७ मा जनताको अनुरूप पोसाक लगाउनुपर्ने प्रस्ताव आयो । यसपछि यिनीहरूले पूरै लामो गाउन लगाउन थाले । यो पोसाकले यिनीहरूलाई अरू मानिसभन्दा फरक देखाउन थाल्यो ।

न्यायाधीश र वकिलले कालो कोट कहिलेदेखि लगाउन थाले त ? सन् १६९४ मा रानी मेरीको बिफरको बिमारीले मृत्यु भयो । रानीको मृत्युमा शोक मनाउन राजा विलियमले सबै न्यायाधीश र वकिललाई उर्दी जारी गर्दै कालो गाउन लगाएर शोकसभामा उपस्थित हुन आदेश दिए ।

यसपछि यो प्रथालाई कहिल्यै खारेज गरिएन । गाउनको ठाउँमा कोट लगाउने प्रचलन आयो । आज वकिलको यो ड्रेस कोड विश्वव्यापी भएको छ । कालो कोटमा बैन्ड टाई लगाउने प्रचलन पछि आएको हो ।

अफगानिस्तान र इरानमा प्रधानन्यायाधीशले सेतो गाउन र कालो कोटको ठाउँमा कालो फेटा बाँध्ने गर्छन् । अचेल भारतमा महिला वकिलले साडी, सलवार लगाउँछन् तर जिन्स लगाउन पाउँदैनन् । महिला वकिलले ठूला गहना र चहकिलो लिपस्टिक लगाउन पाउँदैनन् ।

अमेरिकामा मिनी स्कर्ट लगाएपछि महिला वकिल विवादमा आएका थिए । विश्वका विभिन्न मुलुकमा त्यहाँको मौलिक परम्परा र संस्कृतिअनुसार ड्रेस कोड निर्धारण गरे पनि कालो रङलाई हटाइएको छैन ।

तीन तहको वकिल तथा न्यायाधीशको बेग्लै पहिचानका लागि फरक रङको ढाकाटोपी वा टोपीमा नेपालको झन्डा र नक्सा राख्न सकिन्छ । यसका लागि विज्ञ तथा फेसन डिजाइनरहरूको सल्लाह लिन सकिन्छ ।


विभिन्न देशमा त्यहाँको संस्कृति, मूल्यमान्यता र परम्पराअनुसार भएको ड्रेस कोडमा सामान्य परिवर्तन गरेका छन् । विभिन्न मुलुकको हावापानी, मौसम आदि कारणले पनि वकिलको ड्रेस कोड परिवर्तन गर्नु जरुरी छ । चिसो ठाउँमा यो ड्रेस कोडले काम गर्दैन ।

वकिलले लगाउने कालो कोटले मुद्दाको दुई पक्षलाई झल्काउँछ । कालो रङलाई प्रतिरक्षाको रङ मानिन्छ । कानुन अन्धो हुन्छ । यसले मानिसको रङ हेर्दैन, हेर्छ साक्षी र प्रमाण । कालो र सेतो रङ अन्तरविरोधी रङ हुन् । न्यायसँग संलग्न दुई पक्षबीच न्यायपूर्ण निर्णय निकाल्नु हो— कालो र सेतो रङ । सेतो र कालो रङ दुई विपरीत धारणाको प्रतीक हो ।भनिन्छ, कालो रङ सुरक्षाको प्रतीक हो ।

बेलायत, वेल्स, स्कटल्यान्डमा जिल्ला, उच्च र सर्वोच्च अदालतका वकिल र न्यायाधीशको ड्रेस कोडमा सामान्य फरक हुन्छ । मुद्दाको प्रकृति हेरेर पोसाक निर्धारण गरिएको हुन्छ । अस्ट्रेलियामा पनि बेलायतको जस्तै सर्वोच्च, प्रान्तीय र जिल्ला अदालतमा ड्रेसकोड फरक छ । बेलायतको जस्तै बेरिस्टर, जुनियर बेरिस्टर र सोलिसिटरको पोसाकमा सामान्य फरक छ ।

यी मुलुकमा कालो गाउन लगाउने प्रचलन छ । बेलायत, वेल्स र स्कटल्यान्डमा अदालतमा जजले गाढा रातो रङको सेतो मिसिएको गाउन लगाउँछन् ।

जे होस्, विश्वका विभिन्न मुलुकले आफ्नो मौलिकता, धर्म, संस्कृति, परम्परा र भौगोलिक बनोटअनुसार वकिल र न्यायाधीशको ड्रेस कोड निर्धारण गरेको पाइन्छ । तर, कालो र सेतो रङमा एकरूपता छ । नेपाल पनि भौगोलिक विविधता, आफ्नै धर्म, संस्कृति, परम्परा र मौलिकता भएको मुलुक हो । विदेशी दबाबमा आएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताले यसको मौलिकतामाथि प्रहार गरेको छ ।

अदालत स्वतन्त्र निकाय हो । यसलाई आफ्नो आचारसंहिता, नियम आदि आफैं बनाउने स्वतन्त्रता छ । राजकीय कार्यमा राजनीतिक दलले हाम्रो मौलिकतालाई तिलाञ्जलि दिए पनि यसले कायम गर्नसक्छ । नेपालमा अहिले तीन तहको अदालत छ । अदालतअनुसार यसको विशिष्टता पनि फरक हुनुपर्छ ।

मुद्दा र अदालतको प्रकृति हेरेर फरकफरक ड्रेस कोड निर्धारण गर्नु उपयुक्त हुनेछ । महिला तथा बालबालिकासम्बन्धी मुद्दामा फरक ड्रेस कोड हुनुपर्छ, जसबाट कानुनी आतंकको डर नहोस् ।
न्यायाधीशहरूले लबेदा सुरुवाल लगाए पनि यसमा केही परिमार्जन वा थपथाप गर्न सकिन्छ । वकिलको सन्दर्भमा तीन तहको अदालतमा बहस गर्न पाउने वकिलहरूको योग्यता तोकिनुपर्छ । शैक्षिक योग्यता र वकालत गरेको समय अवधिलाई लिन सकिन्छ ।

ड्रेस कोडको सन्दर्भमा तीन तहको अदालतका वकिलको पोसाकमा सामान्य परिवर्तन गरिनुपर्छ, जसबाट कुन वकिल कुन अदालतको चिन्न सजिलो होस् । तराईबाहेक नेपाल चिसो जलवायु भएको मुलुक हो ।

यहाँ वकिललाई कालो सुरुवाल, सेतो दौरा र भादगाउँले टोपी र कालो कोट गर्दा ठीक हुन्छ । जाडो मौसममा सुतीको कोटको सट्टा ऊनीको कालो कोट वा गाउन तोक्दा बेस हुन्छ । तीन तहको वकिल तथा न्यायाधीशको बेग्लै पहिचानका लागि फरक रङको ढाकाटोपी वा टोपीमा नेपालको झन्डा र नक्सा राख्न सकिन्छ । यसका लागि विज्ञ तथा फेसन डिजाइनरहरूको सल्लाह लिन सकिन्छ ।

वकिलको अहिलेको ड्रेस कोड बेलायतबाट आएको हो । यसमा उसले आफ्नो मुलुकको विशिष्टताका आधारमा तय गरेको हुँदा त्यसको मर्ममा बाधा नपुर्‍याई हाम्रो मुलुकको पहिचान झल्किने गरी वकिल तथा न्यायाधीशको ड्रेस कोड परिमार्जन गर्दा मुलुकको मौलिकता झल्किनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.