बुद्धि बेगारीहरू

बुद्धि बेगारीहरू

सानो छँदा कुनै काम बिगार्दा आमा भन्नुहुन्थ्यो, ‘एउटा काम पनि राम्ररी गर्न सक्दैन यो केटा । जुन काम अह्रायो, बिगारेको बिगारेकै छ । जहिले पनि बिगारेकै हुन्छ ।’ आमाको थप टिप्पणी हुन्थ्यो, ‘आफूले नसक्ने भएपछि किन काममा हात हाल्नू । म त हैरान भइसकेँ । यसको बुद्धि कहिले आउने होला ?’अचेल म छोरालाई भन्न थालेको छु, ‘कुनै कामको जिम्मा दियो कि बिगार्न मात्रै जानेको छ, यल्ले ।

यसलाई कुनै कामको जिम्मा दिनु बेकारै छ । कुनै कामको जिम्मा दियो भने त्यो बिग्रियो भनेर जाने हुन्छ । आखिर, यसको बुद्धि कहिले आउँछ होला ?’ तर, बुद्धिले कुन बच्चा, कुन वृद्ध केही पनि नपहिल्याउँदो रहेछ । मेरो टोलकै उदाहरण दिन्छु । कतिपय केटाकेटीमा यति धेरै बुद्धि पलाएको हुन्छ कि उनीहरूसँग कुराकानी गर्नुअघि सोचविचार नै पुर्‍याउनु पर्छ ।

Bibas Bastiतर, कपाल फुलाएका कतिपय मानिससँग भने म आजित हुन्छु । उनीहरूमा अहिलेसम्म पनि बुद्धि नपलाएको देख्दा कतै उनीहरूको बुद्धि बाँझो भूमिमा त परेन भन्ने आशंका पनि उत्पन्न हुन्छ ममा । अस्ति भर्खरै एक जना मेरो टोलवासीले आफ्ना छिमेकीलाई झपार्दै थियो । ऊ भन्दै थियो, ‘म त आजित भइसकेँ । तपाईंको बुद्धि कहिले आउने होला ।

कपाल फुलेर सेतै भइसक्यो । त्यत्रो वर्ष संघर्ष गर्नुभो, जेलनेल खप्नुभो, पटक–पटक ठूलै ठाउँमा पनि पुग्नुभो । तर, तपाईंमा केटौलेपन कहिल्यै गएन । कहिले के प्याच्च बोलेको छ, कहिले थुतुनो खकालेको छ । यस्तै पारा हो भने तपाईंको बुद्धि पलाउन अझै कैयौं वर्ष कुर्नुपर्छ ।’ अर्को दिन, त्यही टोलवासीले टोलकै अर्का बासिन्दालाई खगार्दै थियो, ‘तपाईंलाई के भन्ने ? यदि यो टोलको नेता बन्ने हो भने, कुर्सीमा जाने हो भने यही टोलका बासिन्दाहरूसँग कुराकानी गरे हुँदैनथ्यो ? यो टोलमा उत्पन्न समस्याहरू यहीं बसेर टुंग्याउँदा हुँदैनथ्यो ? आखिर, अर्कै टोलवासीसँग सल्लाह गर्न किन दौडिनुपर्‍यो, पटक–पटक ।

अरूले के भन्लान् भन्ने कुनै पीर नै छैन । यसरी अर्कै टोलवासीहरूसँग हारगुहार गर्न जान सुहाउँछ ? खै ! के भन्ने तपाईंलाई ? यत्रो उमेर भइसक्यो, कपाल फुलिसक्यो, नपुग्दो केही छैन । तर, तपाईंको बुद्धि अझै पनि आएन ।’ त्यही टोलवासीले अर्को दिन एउटा मान्छेलाई झाँट्दै थियो । उसले भन्दै गयो, ‘मैले त तपाईंलाई झनै परिपक्व मान्छे ठानेको थिएँ । त्यत्रो वर्ष जंगल, खेत, खलिहानहरूमा रहेर लड्नुभयो । लड्दा–लड्दै थाकेपछि यो टोललाई सम्हाल्ने जिम्मेवारी बोकेर आउनुभयो ।

तपाईंबाट धेरैले धेरै अपेक्षा राखेका थिए । अहिले त सुखसयलकै जिन्दगी बिताइरहनु भएको छ । तर, तपाईंको बुद्धि पनि अझै छिप्पिसकेको रहेनछ । कहिले के बोल्या छ, कहिले के बोल्या छ । आफ्नै बोलीको भर छैन । बोल्नमा ठिक्क, काममा दिक्क । आखिर, तपार्इंको बुद्धि कहिले आउने होला ?’ मेरो टोलमा बुद्धि बेगारीहरूको अचेल भीड नै लाग्न थालेको छ ।

जति सम्झाए पनि, बुझाए पनि ती बुद्धि बेगारीहरू एक चिम्टी पनि सच्चिन चाहँदैनन् । म पनि आजित भइसकेको छु अचेल त । तर पनि, मैले भन्न छाडेको छुइनँ, ‘महोदय, पिण्ड खाने बेला भइसक्यो, तपाईंहरूमा कहिले पो बुद्धि आउने होला ?’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.