आइफोनका एक दशक

आइफोनका एक दशक

काठमाडौः स्टिभ जब्सले दश वर्षअघि पहिलो आइफोन सार्वजनिक गरेका थिए । क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा सन् २००७ जनवरी ९ का दिन पहिलो पटक सार्वजनिक गरिएको आइफोनले यति ठूलो बजार लेला भनेर कसैले पनि सोचेका थिएनन् ।

दश वर्षयता आइफोनले सञ्चार प्रविधिमा क्रान्ती नै ल्याइदिएको छ । त्यस समयमा सार्वजनिक गरिएको साधारण मोडेलको आइफोन सामान्य फोन थिएन । आइफोनले हामीलाई हेर्ने तरिका, सोच्ने तरिका, कामगर्ने तरिका, सुत्ने र जीवन जिउने तरिकामा नै परिर्वतन ल्याइदिएको छ ।

क्यामरा, नक्सा, बुक, डिक्स्नेरी, ल्यापटपका साथै अन्य भौतिक वस्तु बोकेर हिड्ने प्रचलनको अन्त्य नै गरिदिएको छ । त्यसैले त आइफोन विश्वको एउटा ठूलो इन्डस्ट्रीका रूपमा स्थापित भएको छ ।

हत्केलामा अटाउने सानो डिभाइसले आज संसारलाई जोडेको छ । यसले सामाजिक सञ्जालसँग जोडिन, फोटो खिचेर इन्स्टाग्राममा अपलोड गर्न, लेख तथा रचना र सूचनाका बारेमा थाहापाउने बनाएको छ । ल्यापटप र कम्प्युटरमा हुने काम पाल्मटपमा हुने भएको छ । दश वर्षको अन्तरालमा आइफोनमा आएको परिवर्तनले एप्पल कम्पनीलाई नै कायापलट गरिदिएको छ ।

सार्वजनिक भएदेखि आजसम्म एप्पलले विश्वभर करोडौंको संख्यामा आइफोन बिक्री गरिसकेको छ । अहिले कम्पनीको आधाभन्दा बढी आम्दानी पनि आइफोन बिक्रीबाटै आउने गरेको छ । बजार पुँजीकरणका हिसाबमा एप्पललाई आइफोनले विश्वको सबैभन्दा ठूलो कम्पनीका रूपमा स्थापित गरिदिएको छ ।

आइफोनले एप्पल कम्पनीलाई मात्र नभएर आफूमा पनि परिर्वतन ल्याएको छ । दशवर्षको अन्तरालमा कम्पनीले १५ मोडेलका आइफोन निर्माण गरिसकेको छ । ‘सानो स्क्रिन नै पर्याप्त छ' भन्ने स्टिभ जब्सको मुल मन्त्रबाट सुरु भएको आइफोन ३.३ इन्चबाट सुरु भएर आज ५.५ इन्चको स्क्रिनमा पुगेको छ । दुई मेगापिक्सेल क्यामाराबाट सुरु भएको आइफोनमा अहिले १२ मेगापिक्सेलको मुख्य र सात मेगापिक्सेलको सेल्फी क्यामरा प्रयोग भइसकेको छ ।

चार र आठ जीबी स्टोरेज क्षमताका साथ निर्माण गरिएको आइफोनको पछिल्लो मोडेल आइफोन सेभेन प्लससम्म आइपुग्दा ३२, १२८, र २५६ जीबी गरी तीन फरक स्टोरेज क्षमतामा आइसकेको छ । सेतो रङमामात्र सीमित आइफोन अहिले विभिन्न रङमा बजारमा आएका छन् ।

कम्पनीको पहिलो प्रोडक्ट आइफोनबाट आइफोन थ्री जीमा पुग्दा कम्पनीले जीपीएस र थ्री जी डाटा सेवालाई नयाँ फिचरका रूपमा भित्र्याएको थियो । नयाँ फिचर भित्र्याउने क्रममै कम्पनीले सन् २००९ मा सार्वजनिक गरेको आइफोन थ्री जी एसमा भिडियो रेकडिङ र भ्वाइस कन्ट्रोल सेवा ल्याएको थियो ।

आइफोन थ्रीजी एस सार्वजनिक गरेको एक वर्षपछि कम्पनीले आइफोन फोर ल्याएको र त्यसमा पहिलो पटक फ्रन्ट क्यामरा (सेल्फी क्यामरा) सुरु भएको थियो । साथै आइफोन फोरमार्फत कम्पनीले रेटिना डिस्प्ले पनि भित्र्याएको हो ।

आइफोन फोर एसमा कम्पनीले १०८० पी भिडियो रेकडिङ, सिमकार्ड स्लट र आइक्लाउड कनेक्टिभिटी जस्ता नयाँ प्रविधिलाई समावेस गरेको थियो । आइफोन फाइभलाई कम्पनीले एलटीई (फोर जी) सपोर्ट गर्ने फोनका रूपमा निर्माण गर्‍यो । सन् २०१३ मा आएर आइफोन फाइभ एस सार्वजनिक गर्दासम्म कम्पनीले फोनमा ठूलो परिवर्तन ल्याइसकेको थियो । कम्पनीले आइफोन फाइभ एसलाई गोल्डेन कलरमा पनि सार्वजनिक गरेको हो ।

गोल्डेन कलरको आइफोन विश्वमा अहिले सबैभन्दा बढी बिक्री हुने गरेको छ । फाइभ एसमा कम्पनीले टच आईडी फिंगरप्रिन्ट प्रयोगमा ल्याएको थियो । सन् २०१३ मा कम्पनीले आइफोनको सस्तो मोडेलका रूपमा प्लास्टिक बडीको आइफोन फाइभ सी पनि सार्वजनिक गरेको थियो । आइफोन सिक्स र सिक्स प्लस एकै समयमा सार्वजनिक गरेको कम्पनीले यी मोडेलका फोनमा स्क्रिनको साइज भने बढाएको छ ।

५.५ इन्चसम्मको स्क्रिनमा भित्रिएका आइफोन सिक्स र सिक्स प्लसमा कम्पनीले एप्पल प्ले डिजिटल वालेट, रेटिना एचडी डिस्प्ले, अप्टिकल इमेज स्ट्याबिलाइजेसन जस्ता प्रविधि समावेस गरेको छ ।

आइफोन सार्वजनिक भएको पहिलो ७४ दिनमा १० लाख सेट बिक्री गरेको कम्पनीले सन् २००७ देखि अहिलेसम्म एक अर्ब तीन करोड सेट बिक्री गरिसकेको छ ।


सन् २०१५ मा कम्पनीले आइफोन सिक्सएस र सिक्सएस प्लस सार्वजनिक गरेको हो । यसमा कम्पनीले लाइभ फोटो फिचर र फोर के भिडियो थप गरेको छ ।

आइफोन फाइभ एसलाई प्रतिस्थापन गर्दै कम्पनीले भारतलगायत एसियाका बजारलाई लक्षित गरेर सन् २०१६ मा आइफोन एसई सार्वजनिक गर्‍यो । आइफोनको पछिल्लो मोडेलका रूपमा सार्वजनिक भएको आइफोन सेभने र सेभेन प्लसमार्फत कम्पनीले हेडफोन ज्याक नै विस्थापित गरिदिएको छ । कम्पनीले फोनलाई पानी तथा धुलो प्रतिरोधात्मक बनाएको छ भने पहिलो पटक एउटै फोनमा दुई वटा मुख्य क्यामरा पनि समोवेस गरेको छ ।

यसरी आइफोनबाट आइफोन सेभेन प्लससम्म आइपुग्दा कम्पनीले आइफोनलाई पूर्ण रूपमा परिर्वतन गरेको छ । पहिलो पटक ४६ एमएम मोटाइमा सार्वजनिक भएको आइफोन आइफोन सेभेन प्लससम्म आइपुग्दा घटेर २९ एमएम पुगेको छ भने प्रोसेसरको गति पहिलेकोभन्दा आइफोन सेभेन प्लसमा एक सय २० गुणाले छिटो छ ।

प्रविधिका साथै आइफोनको बजार पनि त्यही अनुरूप बढिरहेको छ । आइफोनको बजार अहिले सामसुङपछि दोस्रो स्थानमा छ । आइफोन सार्वजनिक भएको पहिलो ७४ दिनमा १० लाख सेट बिक्री गरेको कम्पनीले सन् २००७ बाट अहिलेसम्म एक अर्ब तीन करोड आइफोनका सेट बिक्री गरिसकेको छ ।

 एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.