बेसहाराको सहारा बन्दै स्याहार केन्द्र

बेसहाराको सहारा बन्दै स्याहार केन्द्र

विराटनगरकी हीरादेवी निरौला (८२) का दुई छोरा–बुहारी, नाति–नातिना सबै अमेरिका बस्छन् । उनी भने कहिले अमेरिकामा त कहिले नेपालमा । अमेरिकामा लामो समय बसेर फर्किने क्रममा उनी विमानमै बिरामी परिन् । घरमा हेर्ने मान्छे कोही नभएकाले समस्या पर्‍याे । त्यसैले वृद्धवृद्धा स्याहार केन्द्रमा राखेर छोरा–बुहारी अमेरिका फर्किए । उनी १३ महिनादेखि स्याहार केन्द्रमै छिन् ।

नेताका बाबुआमा पनि
कांग्रेस नेता सवद्र्धन राईले आमा कमला (९३)लाई स्याहार केन्द्रमै राखेका छन् । उनी भन्छिन्, ‘घुँडा खिइयो भनेर कान्छो छोराले काठमाडौं ल्याएर अप्रेसन गरायो । निको हुन्छ भनेको थियो तर म हिँड्नै सकिन । छोरा नेता भएकाले व्यस्त हुन्छ । त्यसैले मलाई स्याहार केन्द्रमा ल्याएर राखेको हो । यहाँ निकै राम्रो स्याहार पाएर खुशी छु ।’

केन्द्रमा दिइने सुविधा फरक–फरक छन् । वृद्धवृद्धाको रोगअनुसार कुनै केन्द्रले उपचार तथा फिजियोथेरापीवापत शुल्क लिन्छन् भने कुनैले महिनाको २५ हजारदेखि ८० हजारसम्म लिने गरेका छन् । अर्किड केयर होमकी अध्यक्ष यमुना कटुवाल बस्न्यात भन्छिन्, ‘वृद्धवृद्धाको रोगको उपचार र दिएको सेवाअनुसार शुल्क लिने गर्छौं । त्यसैले, सबैको एउटै रकम हुँदैन तर सालाखाला दिनको १५ सयदेखि ३५ सयसम्म लिने गर्छौं ।’

स्याहार केन्द्रहरूमा विशेषगरी वृद्ध उमेरसँगै विभिन्न रोग लागेका वृद्धवृद्धा सेवा, उपचार तथा स्याहार–सुसार राम्रो पाइने लोभमा पुगेको पाइन्छ । केन्द्रहरूमा चिकित्सक, नर्स, फिजियोथेरापिस्ट र सहयोगीहरू हुन्छन् । माछापोखरी नयाँ बसपार्ककी नर्स रक्षा भट्टराई भन्छिन्, ‘अस्पतालमा काम गर्न मन नलाग्ने तर बूढाबूढीको सेवा गर्न मन लाग्नेहरूका लागि यसले रोजगारी दिएको छ ।

मलाई पनि सानैदेखि वृद्धवृद्धाको निकै सेवा गर्न मन लाग्थ्यो । त्यसैले, बीएस्सी नर्सिङ गर्नेबित्तिकै स्याहार केन्द्रमा काम गर्न आएँ ।’वृद्धवृद्धाहरू विचारले खारिएका हुन्छन् । उनीहरूसँग जीवन जिउँदै गर्दा प्राप्त गरेको अनुभव तथा संघर्षको लामो कथा हुन्छ । त्यसैले, उनीहरू आफ्नो विचारमा हठी पनि हुन्छन् । फिजियोथेरापिस्ट डा. प्रीति शाह भन्छिन्, ‘कतिपयले त हामीले फिजियोथेरापी सिकाउँदा गर्नै मान्दैनन् । त्यसैले फिजियोथेरापी गराउनुअघि उनीहरूको स्वभावको अध्ययन गर्नुपर्छ । के गर्दा मान्छन् भन्ने कुरालाई विचार पुर्‍याएर त्यसै अनुसार सिकाउने गर्छौं ।’

स्याहार केन्द्रमा सबैको पहुँच छैन। नेपालीको आयस्रोत हेर्दा धेरै महँगो छ र धेरैलाई पनि थाहा छैन। फेरि बूढाबूढीलाई घरबाट निकालेर स्याहार केन्द्रमा राख्ने भनेपछि समाजले पनि नराम्रो मान्छ ।

नेपालीमा एउटा भनाइ छ, काल नआई मरिँदैन । हुन पनि जन्म, मृत्यु र विवाह आफ्नो अधीनमा हुँदैन । त्यसैले त कर्ममा जे लेखेको छ, त्यो भोग्नु नै पर्छ भन्ने गर्छन् जीवनदर्शनका अध्ययनकर्ताहरू । ताहाचलकी अमोग तुलाधर (६८) यतिबेला आफ्नो जीवनसँग निकै संघर्ष गरिरहेकी छन् । सुरुमा उनलाई पार्किन्सन्स रोगको अलि–अलि मात्र लक्षण थियो । भूकम्पमा आफ्नै घरले थिचिएपछि उनले शरीरको भाग चलाउनै सकिनन् । बोली पनि हरायो । निकै अप्ठ्यारो पीडा उनको अनुहारमा झल्किन्छ । पतिको पनि भूकम्पपछि मृत्यु भयो ।

दुई छोरी छन्, एक अमेरिकामा र अर्की नेपालमै प्राध्यापक । छोरीसँग आमाको स्याहार–सुसार गर्ने समय नभएपछि उनी पनि वृद्धवृद्धाको स्याहार केन्द्र आइपुगेकी हुन् । एजिङ नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम भन्छन्, ‘वृद्धवृद्धाको स्याहार गर्ने कोही नभएको अवस्थामा यसरी स्याहार केन्द्रमा राख्नुलाई नराम्रो भन्न मिल्दैन । हरेक क्षेत्रमा परिवर्तन आएको छ । संघर्ष गरेर बाँच्नुपर्ने अवस्था छ तर काम गर्ने छोरा–बुहारी दुवैले काम छाडेर वृद्ध बाबुआमालाई हेरेर बस भन्नु त्यो पनि न्यायोचित हुँदैन । त्यसैले माया गर्ने र देखाउने नाममा स्याहार केन्द्रमा राख्न हिच्किचाउनु भनेको ढोंग हो ।’

कसैका लागि बोझ
छोरा–छोरी ईश्वरका वरदान हुन् भनिन्छ । छोरा होस् या छोरी, घरमा नयाँ सदस्यको आगमन हुँदा यति धेरै उमंग र उत्साह छाउँछ कि त्यो कुरागरी साध्य छैन । मातृदेवो भवः पितृदेवो भवः अर्थात् मातापिता भगवानसरह मान्ने हाम्रो चलनलाई जब यिनै छोराछोरी ठूला हुन्छन्, आफ्नो खुट्टामा आफैं उभिने हुन्छन् अनि आफूलाई जन्म दिने बाबुआमा कसैलाई भने बोझ बन्ने गर्छन् ।

हाम्रो सामाजिक परम्पराअनुसार छोरी विवाह गरेर छोराको घरमा बस्नुपर्ने परम्परा छ । त्यसैले पनि बाबुआमालाई सँगै राखेर हेर्न सक्ने सम्भावना छोरीको तर्फबाट कम हुन्छ । इटुम्बहालका सूर्यमानसिंह बानियाँ (८७) र प्राणदेवी बानियाँ (८४) भूकम्पपछि आफ्नो घरमा बस्न सकेनन् । भूकम्पले घर भत्काइदिएपछि यी दम्पत्ती स्याहार केन्द्रमा आइपुगे ।

bridha

६ छोरा–छोरीका धनी दम्पत्तीले यहाँ आउँदा आफूहरू बढी सुरक्षित हुने ठाने । छोराछोरी नहुँदासम्म उनीहरूकै पीर । त्यसभन्दा ठूलो दुःख निःसन्तान दम्पत्तीका लागि केही हुन सक्दैन । डिल्लीबजारकी मदलसा दीक्षित (१०२) को विवाह सात वर्षको उमेरमा भयो । पतिको मुखसमेत देखेकी छैनन् उनले । कोलकातामा डाक्टरी पढ्न गएका उनका पति फर्केनन् । माइतीका कोही पनि बाँचेका छैनन् ।भूकम्पले डिल्लीबजारमा बस्दै गरेको उनको घर भत्कियो । त्यसपछि उनी अस्पतालमा तीन महिना बसिन् । आफन्तजनले स्याहार केन्द्रमा पुर्‍याए । स्याहार गर्ने ठाउँमा पाएको मायामा रमाएकी छन् उनी । 

कारण अनेक
स्याहार केन्द्रहरूमा पुगेका वृद्धवृद्धासँग कुराकानी गर्दा उनीहरू विभिन्न कारणले आएको पाइन्छ । कसैका छोराछोरी विदेशमा भएकाले हेर्ने मान्छे नभएर आइपुगेका छन् भने कोही छोरा–बुहारीले गरेको अपहेलना र दुव्र्यवहारका कारण । कोही भने आफ्नो सन्तान नभएका कारण स्याहार केन्द्र पुगेका छन् । कोही भने स्याहार केन्द्रहरूमा राम्रो हेरचाह तथा चिकित्सक र नर्सको निगरानीमा बस्न पाइने भएकाले पनि आउनेहरू छन् ।

वृद्धवृद्धा भनेको घरका सबैभन्दा जेठाबाठा व्यक्ति हुन् । उनीहरूलाई सम्मान दिएर राख्नु घरका सदस्यको कर्तव्य हो । बूढाबूढी भएपछि काम गर्न सक्दैनन् भनेर हेप्ने अनि घरबाट निकालेर वृद्धाश्रम पुर्‍याउने काम पक्कै राम्रो होइन । रोजगारीको अवसर नभएका कारण धेरै मानिस स्वदेशमा बस्न चाहँदैनन्, जसका कारण वृद्धवृद्धा एक्लिँदै गएका छन् ।

नौ प्रतिशत वृद्धवृद्धा
विश्व स्वास्थ्य संगठनले ६० वर्ष र त्यसभन्दा माथिका मानिसलाई ज्येष्ठ नागरिक मानेको छ । ज्येष्ठ नागरिक ऐन ०६३ ले पनि त्यसैको अनुसरण गरेको छ । ०६८ को जनगणना अनुसार कुल जनसंख्याको नौ प्रतिशत अर्थात् २५ लाखभन्दा बढी वृद्धवृद्धा छन् । यसबाट नेपालमा समेत वृद्धवृद्धाको औसत आयु बढेको भन्न सकिन्छ । यस्तै, विश्वमा ६० वर्ष पुगेका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ ।

‘दी होप हर्मिटेज’का प्रमुख प्रमिला बज्राचार्य थापा भन्छिन्, ‘वृद्धवृद्धाको संख्या बढ्दै गए पनि उनीहरूको सुरक्षाका लागि राज्यले केही कदम नचालेको हुँदा सरकारलाई अब दबाब दिनु आवश्यक भइसकेको छ ।’पछिल्लो समयमा एक्लिँदै गएका वृद्धवृद्धालाई सेवा दिने उद्देश्यले काठमाडौंमा नर्सिङ सेवा दिइकन केही स्याहारकेन्द्र खुलेका छन् ।

विभिन्न नाम दिएर खोलिएका यस्ता केन्द्रको संख्या यकिन छैन । यस्ता केन्द्रले सेवा शुल्कवापत पाँच प्रतिशत कर राज्यलाई बुझाउने गर्छन् । यद्यपि, यस्ता केन्द्रमा सबैको पहुँच पुग्न सकेको छैन । एक त, नेपालीको आयस्रोत हेर्दा यो धेरै महँगो छ र अर्को धेरैलाई थाहा छैन । फेरि बूढाबूढीलाई घरबाट निकालेर स्याहार केन्द्रमा राख्ने भनेपछि समाजले पनि नराम्रो मान्छ ।

सोही कारण हत्तपत्त जोकोहीले लान मान्दैनन् । दी होप हर्मिटेजकी संस्थापक रञ्जना गुरुङ भन्छिन्, ‘हामीलाई सुरुमा बुझाउन निकै गाह्रो भयो । पछि हाम्रो सेवा देखेर धेरै मानिस सोध्न आए । वृद्धवृद्धाको स्याहार राम्ररी हुने देखेपछि छाडेर जान थाले ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.