मुस्लिम समुदायिकी पहिलो नायिका
मुस्लिम नायिकाशंकर कार्की निर्देशित सिनेमा ‘रोमियो’ मा ओसिमा बानु नायिका बनेर देखा पर्दैछिन् । नेपाली सिनेमामा मुस्लिम समुदायबाट पहिलो नायिकाका रूपमा उनको चर्चा भइरहेको छ । उनी फेसन तथा मोडलिङ सम्बन्धी काम गर्ने संस्था ‘हाउस अफ फेसन’की संस्थापकसमेत हुन् ।
उनी यस सिनेमामा ‘ड्रिम गर्ल’को चरित्रमा देखा पर्दै छिन् । दैनिक जीवन जत्तिकै सहजताका साथ सिनेमामा अभिनय गरेको महशुस छ उनलाई । पहिलो पटक पर्दामा देखिन लाग्दा निकै उत्साहित पनि छिन् । कथावस्तु र सिनेमाको समूह पनि उत्तिकै राम्रो भएकाले सिनेमामा आफूले सोचेजस्तो काम गर्न सकेको उनी बताउँछिन् ।