एनएमबीद्वारा ट्राफिक प्रहरीलाई ड्रोन प्रदान

एनएमबीद्वारा ट्राफिक प्रहरीलाई ड्रोन प्रदान

काठमाडौं: एनएमबी बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ड्रोन प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ड्रोन सहयोग गरेको हो । यसबाट महानगरीय ट्राफिक प्रहरीको प्राविधिक क्षमता अभिवृद्धिमा थप सहयोग पुग्ने बैंकको विश्वास छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रधान कार्यालय, सिंहदरबारमा आयोजित एक विशेष समारोहमा एनएमबी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले उक्त ड्रोन प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा महानगरीय ट्राफिकद्वारा उक्त ड्रोनको परीक्षण उडान पनि गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै सिईओ पौडेलले महानगरीय ट्राफिक प्रहरीद्वारा ट्राफिक व्यवस्थापनको क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गरे । उनले ट्राफिक प्रहरीले ट्राफिक नियम र प्रणालीलाई अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरूप सुदृढ बनाउन गरेको प्रयासमा ड्रोनले थप सहायता पुग्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.