राजा वीरेन्द्रलाई बिल्ली ब्रान्टको पत्र

 राजा वीरेन्द्रलाई बिल्ली ब्रान्टको पत्र

जर्मनीको सोसल डेमोक्रेटिक पार्टीको (१९६४-१९८७) लिडर, पश्चिम बर्लिनका (१९५७-१९६६) मेयर, जर्मनीका चान्सलर (१९६९-१९७४), उनै बिल्ली ब्रान्टले २०४६ सालमा नेपालमा प्रजातन्त्र पुन:स्थापनको निमित्त भइरहेको जनआन्दोलनको सन्दर्भमा सोसलिस्ट इन्टरनेसनलको भ्रातृ संगठनका रूपमा रहेको नेपाली कांग्रेसका नेता-कार्यकर्ता तथा आन्दोलनरत तमाम नेपाली नागरिकहरूको धरपकड तथा आन्दोलन दबाउन पञ्चायत सरकारद्वारा गरिएका तमाम अमानवीय तथा अप्रजातान्त्रिक क्रियाकलापप्रति आफ्नो गहिरो चिन्ता व्यक्त गर्दै तात्कालीन राजा वीरेन्द्रलाई पत्र पठाएका थिए ।

साथै प्रजातन्त्रको विश्वव्यापी लहरको संकेत पहिल्याउँदै विवेकशील हुन दिएको सल्लाह र सुझाव कत्तिको फलदायी रह्यो, त्यो इतिहासले लेखाजोखा गर्ने विषय हो । विश्वप्रसिद्ध ‘नोबेल पिस प्राइज' १९७१ बाट सम्मानित प्राज्ञ बिल्ली ब्रान्ट जस्ता व्यक्तिले प्रजातन्त्रको दमनले देशमा संग्राम तथा विपत्ति मात्रै निम्त्याउने संकेत दिनु स्वाभाविकै थियो ।

यसै सन्दर्भमा जनआन्दोलनको सिलसिलामा जर्मनी पुगेका युवा नेता मनमोहन भट्टराईलाई बिल्ली ब्रान्टसम्म पुर्‍याएर उनको साक्षात्कार गराउन जर्मन टेलिभिजनका ‘टिम भान विभरेन' जसले आन्दोलनको सम्पूर्ण वृत्तचित्र ‘दोर्चेभिले टीभी' मार्फत विश्वव्यापी प्रसारण सम्भव तुल्याएका थिए । बिल्ली ब्रान्टकै प्रेस सेक्रेटरी ‘रेनाते' नामकी जर्मन केटीले उक्त भेट तथा सम्पर्क सार्थक तुल्याएकी थिइन् ।

धेरै वर्षअघि वीरगन्जमा भएको नेपाली कांग्रेसको अधिवेशनमा समाजवादलाई पार्टीको सिद्धान्तको रूपमा स्विकारिएपश्चात् बीपीले सोसलिस्ट इन्टरनेसनलसँग सम्पर्क स्थापित गर्ने आफ्नो पार्टीको नीति अख्तियार गरेका थिए । लामो संघर्षमय राजनीतिक जीवनको सिलसिलामा राणाविरुद्धको आन्दोलनको नेतृत्व गर्दै बीपीले आफ्नो प्रतिभा, कार्यक्षमता तथा दूरदृष्टिको छाप जनतामा छोडिसकेका थिए ।

त्यसकै प्रभावले २०१५ सालको आमनिर्वाचनमा जनताले उनलाई सर्वाधिक मतद्वारा विजयी गराएका थिए । तर दुर्भाग्य बीपीमा निहित गुण तथा उनमा रहेको विलक्षण प्रतिभाको राष्ट्रहितका निमित्त सदुपयोग गर्ने मौकै दिइएन । २०१७ पुस १ गते बीपी नेतृत्वको सरकारको ‘कू' भयो र बीपीलगायत अन्य थुप्रै नेता, कार्यकर्ताहरूलाई जेल चलान गरियो ।

लगभग आठ वर्ष सुन्दरीजल जेलमा बिताएका बीपीले १८ वर्ष कष्टपूर्ण निर्वासित जीवन हिन्दुस्तानमा बिताए । हिन्दुस्तान निर्वासनकै बेला इङल्यान्ड जाने क्रममा बीपीले बेल्जियम, स्विडेन, जर्मनी, डेनमार्कजस्ता विभिन्न देशका सोसलिस्ट इन्टरनेसनलका नेताहरूसँग भेट गरेर नेपालमा भएको प्रजातन्त्रको हत्या तथा देशमा प्रजातन्त्र पुनस्र्थापनाबारे छलफलका साथै सबैको सहयोगका निमित्त पनि अवश्य भनेका थिए होलान् ।

उक्त सिलसिलामा सोसलिस्ट इन्टरनेसनलका तात्कालीन सेक्रेटरी जनरल ‘हान्स जेनिस्चेक' सँगको भेट निकै महत्वपूर्ण रहेको थियो । जननिर्वाचित सरकारलाई स्थापित गर्दै राज्यसत्ता आफ्नो हातमा लिने राजा महेन्द्रलाई सोसलिस्ट इन्टरनेसनलका कुनै सदस्यले पनि नेपालमा प्रजातन्त्र पुनस्र्थापनाका निमित्त कुनै दबाब दिएनन् वा कुनै पत्र लेखेनन् भन्न गाह्रो छ ।

तर त्यस्ता कुनै पत्र त्यसबेला सार्वजनिक हुने कुरै भएन । उनको निधनपछि २०२८ सालमा राजा रहेका बेलायतमा शिक्षा हासिल गरेका तथा धेरैजसो युरोपियन मुलुकहरूमा प्रजातन्त्रको राम्रो प्रयोग देखेका राजा वीरेन्द्रसँग भेटेर बीपीप्रति गरिएको व्यवहार तथा नेपालमा प्रजातन्त्रको अपरिहार्यताबारे केही सल्लाह र सुझाव दिने हेतु सोसलिस्ट इन्टरनेसनलका एक महत्वपूर्ण सदस्य ‘ब्रेबलर' जो युगोस्लाभियाका शक्तिशाली नेता ‘मार्सल टिटो' का निकट सहयोगी पनि थिए ।

२०२८ सालताका नेपाल आएका थिए । भारमा इन्दिरा गान्धीको बीपीप्रतिको व्यवहार तथा उदासीनता देखेका उनलाई नेपालका दरबारियाहरूले पनि राजासँग भेट्न दिएनन् । नेपालबाट बिदा लिने क्रममा उनलाई नेपाली कांग्रेसका चर्चित नेता ‘योगेन्द्रमान शेरचन' ले सानो गौचरनस्थित आफ्नो घरमा डिनरका निमित्त बोलाएका थिए ।

उनैलाई बिदा गर्न घरबाहिर सडकमा उभिएका बेला राति कुनै गाडीले हानेर शेरचनको हत्या भएको घटना यसै सन्दर्भमा जोडिन आउँछ । तत्पश्चात् सोसलिस्ट इन्टरनेसनलका तर्फबाट लगभग १८ वर्षपछि बिल्ली ब्रान्टको पत्र राजा वीरेन्द्रलाई लेखिनु एउटा अर्थपूर्ण यथार्थ थियो ।

संसारभरि नै विभिन्न देशका नेताहरूको राजनीतिक जीवनको मुख्यतः दुइटा पाटा रहेका देखिन्छन् । एउटा प्रारम्भिक राजनीतिक जीवनका संघर्षमय पाटो तथा अर्को आफ्ना अनुभव, ज्ञान, दूरदृष्टि तथा अठोटको कार्यान्वयनद्वारा देश र जनताको समुन्नति तथा समृद्धिको इतिहास रच्ने । यस्ता उदाहरणीय चरित्र आफ्ना देश हितमा मात्र सीमित नरही विश्व इतिहासमै चर्चा तथा अनुकरणीय दृष्टान्तका रूपमा रहेका छन् ।

देशको स्वतन्त्रता संग्राममा आफ्नो अतुलनीय भूमिका निर्वाह गरेका यस्ता थुप्रै नेतामध्ये इजिप्टका ‘गमाल अब्दुल नासिर', इन्डोनेसियाका ‘सुकार्नो, कंगो (जाइर)' का पेट्रिक लुमुम्बा, बर्माका ‘उनू' , दक्षिण अफ्रिकाका ‘नेल्सन मन्डेला' तथा त्यस्तै अन्य थुप्रै राष्ट्रियताका प्रतीक, अतुलनीय साहस तथा स्वतन्त्रताका पुजारी विश्व इतिहासमा सदैव चर्चित छन् । हाम्रो देशमा पनि त्यस्ता थुप्रै प्रतिभाहरूमध्ये बीपीको नाम अग्रपंक्तिमा आउँछ ।

सिंगापुराका ‘ली क्वान यु', मलेसियाका ‘महम्मद महाथिर' तथा चीनका ‘देङ स्याओ पिङ' को पनि सत्तामा आउनुअघि आआफ्नै किसिमका संघर्षहरू थिए । तर देश बनाउने अवसरलाई चुनौतीका रूपमा लिँदै आफ्नो चमत्कारिक प्रतिभाको जादुले देशलाई समृद्धिको शिखरमा पुर्‍याउने अभियान तथा प्राप्त सफलता आज विश्व इतिहासमा दृष्टान्तका रूपमा रहेका छन् ।

दैविक विवेक भएका नयाँ पुस्ताका विशेषज्ञहरूको योग्यताभन्दा परम्परागत पुरातन सोच तथा संस्कारमा जकडिएका पुरानै कर्मचारीतन्त्र जसलाई आधुनिक विश्वका श्रेष्ठतम प्रविधि र वैज्ञानिक जनशक्ति परिचालन तथा तिनको चमत्कारिक परिणामका बारेमा अनुभवै छैन ।

यस्तै पराक्रमीमध्ये चीनका ‘देङ स्याओ पिङ' को दूरदृष्टि, योजना सञ्चालन तथा सफल कार्यनीतिको विश्व उदाहरण भएको छ, अहिलेको चीन तथा उसको आर्थिक उन्नतिको उचाइ । उनै ‘देङ स्याओ पिङ' को सुधारवादी योजनाहरूबाट दिक्क तथा आक्रोशित ‘माओ' ले देङलाई पावर तथा सक्रिय राजनीतिबाट मात्र हटाएनन् अपितु ‘जियाङ कन्ट्री ट्र्याक्टर' कारखानामा मजदुरका रूपमा काम गर्न पठाइदिए ।

त्यहाँ बिहान ६ः३० बजे ओछ्यानबाटै उठाएर उनलाई प्रत्येक दिन ‘माओ' का बारेमा पढ्न बाध्य तुल्याइन्थ्यो । तत्पश्चात् उनी आफ्नी अर्धांगिनीका साथमा ट्र्याक्टर कारखानामा मजदुरी गर्न जान्थे । त्यतिले मात्र नभएर ‘ग्याङ अफ फोर' का समूहले उनका छोरालाई घरको तीन तल्लाबाट झारेर मराणासन्न मात्र तुल्याएन्, जिन्दगीभरि अपांग बनाइदिए ।

त्यति हुँदाहुँदै पनि ‘माओ' को मन उनीप्रति पगाल्न लगभग चार वर्षभन्दा बढी समय उनको व्यतीत भयो । उक्त यातनामय समय नै देङका निमित्त ‘माओ' को राँके भूतको दुष्परिणाम तथा समसामयिक उपयुक्त सुधारका योजनाहरू बुन्नका निमित्त सहयोगी भयो । उक्त राजनीतिभन्दा टाढाको आप्रवास नै दूरगामी राष्ट्रिय अभियानको खाका कोर्न वरदान सावित भयो । आज चीन त्यसैको प्रतिफलको उपयोग तथा कार्यान्वयनमा अग्रसर छ ।

यता २६ वर्षको अवधिमा २४ जना दिग्गज प्रधानमन्त्रीहरूले पालैपालो राज्यमा चुत्ता खेलेर देशमा कस्ता-कस्ता परिवर्तन ल्याए, देशले विभिन्न क्षेत्रमा कति विकास गर्‍यो, कस्ता-कस्ता योजनाहरू कार्यान्वयन भए, बाटाघाटा कति बने, आफ्नो उत्तरी छिमेकी देशसँग कतिवटा नाका खोले, उद्योगधन्दा कति स्थापित भए, कृषि क्षेत्रमा देश आत्मनिर्भरताको कुन उचाइमा पुग्यो, विद्युत् उपभोग गर्न जनतालाई कति मद्दत मिल्यो, जनशक्ति परिचालन तथा युवायुवतीका निमित्त रोजगारका कस्ता-कस्ता योजना सिर्जना भए, जनताको जीवनस्तर उकास्न सरकारका कस्ता-कस्ता योजनाहरूले सफलता पाए आदिका साथै देशको समुन्नति तथा समृद्धिहरूका तथा जिल्ला, गाउँका विभिन्न स्थानमा रहेका विभिन्न निकायहरूद्वारा जनताले केकस्ता सुविधा पाइरहेका छन्, ती तमाम फेहरिस्त जनताका हृदयमा अंकित छन् ।

लगभग ४० वर्षअघि छेउछाउकै केही देश नेपालकै हाराहारीमा तथा केही नेपालभन्दा पनि पछाडि देखिएकामध्ये कोरिया, मलेसिया, सिंगापुर जस्ता देशहरूले गरेको उन्नति, प्रगति तथा विकासमा फड्को मार्ने अभियानमा उनीहरूले हासिल गरेका अग्रसरता, चीनको उन्नती, प्रगतिको निरन्तर चुलिँदै गएको सफलताले आज विश्वलाई नै चकित तुल्याएको छ ।

२०१७ साल उप्रान्त लगभग ३० वर्षको पञ्चायत शासनकालमा देशमा कुनै उल्लेखनीय परिवर्तन ल्याउन नसक्दाको परिणाम नै थियो, जनताले २०४६/४७ सालको परिवर्तनको बाटो रोजेको । तत्पश्चात् प्रधानमन्त्रीको पद राज्यमा चुत्ता खेल्ने ‘म्युजिकल चेयर' को रमणीय खेलको थलो भएको छ । यो २६ वर्षको अवधिमा जनता कस्ता कस्ता नेतृत्वबाट ठगिँदै आइरहेका छन्, नेपाली जनता कसरी यस्ता नेतृत्वप्रति उदासिन बन्दै आफ्ना रुचि कस्ताप्रति बढाइरहेका छन् ।

त्यो बुझ्न भाईरल बन्ने अहिलेका सामाजिक सञ्जाल तथा पत्र-पत्रिकाहरूमा अभिव्यक्त विचारहरू काफी छन् । आजसम्मको उपलब्धिका रूपमा, व्याप्त लुट, भ्रष्ट शासन व्यवस्था, अनियमितता, कालोबजारी, तस्कर, हत्या, डन, फिरौती, बिचौलिया इत्यादि तमाम अग्रपंक्तिमा रहेका छन् । साथै सर्वत्र व्याप्त अराजकता देशको पहिचान भएको छ ।

दैविक विवेक भएका नयाँ पुस्ताका विशेषज्ञहरूको योग्यताभन्दा परम्परागत पुरातन सोच तथा संस्कारमा जकडिएका पुरानै कर्मचारीतन्त्र जसलाई आधुनिक विश्वका श्रेष्ठतम प्रविधि र वैज्ञानिक जनशक्तिको परिचालन तथा तिनको चमत्कारिक परिणामका बारेमा कुनै जानकारी तथा अनुभवै छैन । त्यस्ता अनभिज्ञहरूको टोलीमा भरपर्दै आइरहेका र अझसम्म पनि तिनकै आडभरोसामा राज्य सञ्चालन गर्न उद्यत्हरूको नियत तथा भविष्य अत्यन्त विचारणीय छ ।

देश तथा विदेशमा अनुभव बटुलेका गुमनाम थुप्रै विलक्षण प्रतिभाहरूको यो देशमा कमी छैन । कमी छ त पैनी नजरको जसले यस्ता प्रतिभा चिन्न सकोस् र ‘बेस्ट व्रेन' को सही प्रयोग राष्ट्रहितका निमित्त गर्न सकोस् । यस सन्दर्भमा ‘कुलमान घिसिङ' ले सरकारको आँखाको पट्टी केही हदसम्म उघार्न मद्दत गरेकै हुनुपर्छ, अन्यथा विश्व परिवर्तनको यो गूढ रहस्य नबुझ्नेहरूका हातमा यो देशको भविष्य चरम् दुर्गति निम्त्याउनेबाहेक केही हुने छैन ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.