कर्मचारी फेरेर भएपनि विमानस्थलको भन्सार सुधार्न अर्थमन्त्रीको निर्देशन

कर्मचारी फेरेर भएपनि विमानस्थलको भन्सार सुधार्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं: उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सम्पूर्ण कर्मचारी फेरेर पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन्।

भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाई बिहीबार मन्त्रालयमै बोलाएर उनले एयरपोर्ट भन्सारमा एउटै कर्मचारी वर्षौंदेखि बसेको भन्ने अाफूले सुनेकाे भन्दै कर्मचारी फेरेर विमानस्थलको अवस्था सुधार्न निर्देशन दिएका हुन्।

भन्सार सुधारका लागि जोड दिँदै अर्थमन्त्री महराले भने,'एउटै कर्मचारी एक वर्षभन्दा बढी त्यहाँ राख्न भएन।' वर्षौंदेखि एउटै कर्मचारी बसेर तस्करीको सेटिङ गरिरहेको गुनासो आएपछि, अर्थमन्त्री महराले यस्तो निर्देशन दिएको उनका सञ्चार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिए।

आधुनिक उपकरणसहित सुरक्षाका सबै कुरा अवलम्बन गरेर भन्सारलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन अर्थमन्त्री महराले विशेष निर्देशन दिएका हुन्। विभागका महानिर्देशक ढुङ्गानाले अहिले कार्यरत कर्मचारीलाई कारबाहीको प्रक्रिया सुरु भएको र अरुका बारेमा पनि अनुसन्धान भइरहेको जानकारी गराएका थिए।

उनले त्यहाँ भएका अनावश्यक धेरै कर्मचारी हटाएर थोरै कर्मचारीबाट नै चुस्त दुरुस्त सेवा दिन योजना बनाइरहेको वताएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.