रंगमञ्चको अभिनय र वास्तविकता

रंगमञ्चको अभिनय र वास्तविकता

भारतीय फिल्म अभिनेता ओमपुरी फिल्म सुटिङको सिलसिलामा कोलकाता आएका थिए । फिल्ममा उनको रोल थियो, एउटा रिक्सावालाको । कोलकातामा मान्छेले तान्ने रिक्साको चलन अंग्रेजहरूले चलाएका थिए । त्यो परम्परालाई कोलकाताले धानेको छ । ओमपुरी सुटिङको क्रममा रिक्सा तान्दै कोलकाताको सडकमा दगुरिरहेका थिए ।

त्यसै क्रममा एक दिन उनी बिहान चिया खान एउटा चियापसलमा आए, चियापसले बिहारी थियो । उनले चियापसलेसँग बिहारकै भाषामा एक कप चिया मागेर खाए र पैसा तिरेर हिँडे । त्यो पसलमा केही बुजु्रकहरू थिए । ओमपुरीलाई रिक्सा तानेको देखेका एउटा वृद्धले पैदल गइरहेको देखेर ओमपुरीतिर हेर्दै भने- त्यो जाने फिल्म अभिनेता ओमपुरी होइनन् ? अर्कोले भन्यो-हो जस्तो लाग्छ । पहिलो वृद्धले भने- कठै, त्यति राम्रो अभिनेता अहिले रिक्सा तान्ने भएछ, भाग्यको खेल हो । अरू वृद्धहरूले पनि उनको होमा हो लगाए ।

ओमपुरी सादा जीवन जिउने मानिस थिए । उनी सडकको मान्छेहरूसँग घुलमिल गर्न सिपालु थिए । पुराना हिन्दी फिल्ममा प्राण एकजना प्रसिद्ध खलनायक थिए । उनको खलनायकीबाट दर्शकसमेत तर्सिन्थे । एकचोटि उनी दिल्ली आएको बेला आफ्नो मित्रको घरमा गएछन् ।

घरमा प्राणलाई देख्नेबित्तिकै उनका मित्रका छोरीहरू डराएर भित्र पसेछन् । मित्रले छोरीहरूलाई बोलाएर भने- पर्दामा देखिने प्राण वास्तविक जीवनमा एउटा असल मान्छे हुन्, आऊ उनीसँग बस, गफसफ गर । पछि ती युवती प्राणसँग कति मुग्ध भए भने पर्दामा देखिने प्राणको डर तिनीहरूको मनबाट हटेर गयो ।

वास्तविक जीवनमा प्राण एकजना दयालु मानिस थिए । उनका छोराले बुहारीलाई दुःख दिएपछि उनले छोरालाई घर छोडेर जान भनेका थिए । बुहारीलाई त्याग्न नसक्ने भनाइ थियो उनको ।

त्यस्तै बलिउड तथा रंगमञ्चका सफल कलाकार थिए उत्पल दत्त । उनी बहुप्रतिभाशाली थिए । पुराना फिल्ममा उनको खलपात्रको रोल पनि नजानिँदो ढंगले डरलाग्दो हुन्थ्यो । एकचोटि उनी रंगमञ्चमा खलनायकको अभिनय गरिरहेका थिए ।

उनको अभिनय कति जीवन्त थियो भने दर्शकदीर्घाबाट दर्शकहरूले आआफ्नो जुत्ताचप्पल झिकेर उनी भएको मञ्चतिर उनीमाथि झटारो फाले । उत्पल दत्तले ती जुत्ताचप्पल उठाएर ढोग्दै भनेका थिए- अभिनय जीवनको यी मेरो लागि अमूल्य सम्मान हो ।

पूर्वराजा विदेश जाँदा होस् वा निम्ता मान्न जाँदा वा विज्ञप्ति फाल्दा होस्, सत्तापक्षको धरतीमा दस रेक्टरकै भुइँचालो गएको जनताले हेरिरहेका छन् । जोसँग केही छैन उसैसँग डराउनेहरू, उसलाई देखेपछि तर्किनेहरूबाट मुलुक कसरी बाँच्न सक्छ ?

तर वास्तविक जीवनमा उनी एउटा खाँटी कम्युनिस्ट थिए । मृत्युपछि उनको मृत शरीरलाई कम्युनिस्ट पार्टीको झन्डा ओढाएर सम्मान गरिएको थियो ।

अभिनय र वास्तविक जीवन फरक-फरक हुन्छ । जे हामी बाहिरी रूपमा देख्छौं, त्यो भित्री रूपमा हुँदैन र जे भित्री रूपमा हुन्छ, त्यो बाहिरी रूपमा आउँदैन । राजनीति पनि एउटा चलचित्र हो, एउटा रंगमञ्च हो । नेताहरू जनतासामु जे भन्छन्, संसद्मा जे देखाउँछन्, वास्तवमा त्यो हुँदैन । उनीहरूको मस्तिष्कमा र बन्द कोठाभित्र जे हुन्छ, त्यो बाहिर देखिँदैन ।

०४६÷४७ को जनआन्दोलनलाई लिऊँ । बाहिरी रूपमा हेर्दा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा सबैलाई एक गरिदिएका थिए जनताले । के त्यो नेपाली जनताले स्वतस्फूर्तरूपमा गरेको आन्दोलन थियो ? वा भारतले ६३ को आँकडा भएको कांग्रेस र कम्युनिस्टलाई एक ठाउँमा उभिने वातावरण मिलाइदिएर भएको थियो ?

भारतलाई राजा वीरेन्द्रको राष्ट्रवादी अडानविरुद्ध पंगा लिनु थियो, त्यसैले उसले कांग्रेस र कम्युनिस्टलाई एउटै थालको भात खाने बनाइदिएको थियो । भारतीय पूर्व प्रधानमन्त्री चन्द्रशेखर नेपाल आएर पञ्चायती व्यवस्थाविरुद्ध भाषण नगरेको भए उनले आन्दोलनलाई उत्कर्षमा लैजान सघाउने भाषण नठोकेको भए, उनको भाषणको क्यासेट गाउँगाउँसम्म जनतामाझ नलगेको भए के त्यो जनआन्दोलन सफल हुने थियो ?

जनवादी गणतन्त्रको लक्ष्य बोकेर जनतालाई जनवादी व्यवस्थाको सपना बाँडेर, जनतालाई आमूल परिवर्तनको ललीपप खुवाएर गरेको कथित जनयुद्धको बागडोर भारत र पश्चिमा मुलुकको हातमा भएको जनयुद्धका भारतीय योजनाकारहरूले नै भनिरहेका छन् । स्वघोषित प्रचण्ड र बाबुराम र तिनका परिवार भारत सरकारको पाहुना भएर उनीहरूकै पाउरको बलमा उनीहरूकै विरुद्ध बोलेर कथित जनयुद्धको कथित कमान्ड समातेर नेपाली जनतालाई उचालेका थिए ।

हामी जनता स्वघोषित प्रचण्ड र बाबुरामलाई नेपाल र नेपालीको मसिहा ठान्दै उनीहरू र विदेशीको स्वार्थपूर्तिको लागि प्राणको आहुति दिँदै, आफ्नो भविष्यलाई तिलाञ्जली दिँदै जनयुद्ध लडेका थियौं, जनयुद्धको समर्थन गरेका थियौं, जनयुद्धलाई सहयोग गरेका थियौं । आज तिनै स्वघोषित प्रचण्ड र बाबुराम नेपाललाई जातजाति र क्षेत्रमा विभाजन गर्दै भारतमा विलय गर्ने योजनामा छन् । लेन्डुपहरूको न कुनै देश हुन्छ न जनता ।

गजबको अभिनय थियो ती लेन्डुपहरूको जनवादी क्रान्तिको नाममा । हामी जनता तिनीहरूको अभिनयलाई नै यथार्थ भनेर विश्वास गर्‍यौं र आज नेपालको स्वतन्त्रता र सार्वभौमसत्ता अक्षुण्ण राख्न आर्तनाद गरिरहेका छौं ।

दोस्रो जनआन्दोलनको जग राष्ट्रघाती बाह्रबुँदे सम्झौता दिल्लीमा दिल्लीले नै गरिदिएको हामी नेपाली जनताले थाहा पाएनौं । हामीलाई राष्ट्रघातीहरूले अँधेरोमा राखे । भारतकै डिजाइन, पश्चिमाको सहयोगले दोस्रो जनआन्दोलनका शंखनाद गर्दा हामी नेपाली जनता ज्ञानेन्द्रको निरंकुशतन्त्रको विरुद्धमा एकजुट भयौं । हामीलाई गुमराह गरियो ।

जनताले संवैधानिक राजतन्त्रको अन्त्य मागेका थिएनन्, न संघीयता, न त धर्म निरपेक्षता । जनतालाई भनियो, निरंकुश राजतन्त्रको अन्त्य । कुनै पनि किसिमको निरंकुशता चाहे राजतन्त्रको नाममा होस् चाहे लोकतन्त्रको नाममा जनताले चाहँदैनन् । त्यसैले जनता निरंकुशता विरुद्धको आन्दोलनमा लागे । कथित जनयुद्धको विभीषिकाबाट पनि जनताले मुक्ति चाहेका थिए । दोहोरो आतंकबाट मुक्तिको एक मात्र आशाको दीप थियो जनआन्दोलन ।

तर पर्दापछाडि अर्कै खेल थियो, जुन आज छरपष्ट भएको छ । फिल्म वा रंगमञ्चमा अभिनेताले जुन अभिनय गर्छन्, त्यो कहिल्यै उनीहरूको जीवनसँग मेल खाँदैन । फिल्म वा रंगमञ्चका नायक वास्तविक जीवनमा खलनायक भएको पनि हामीले पाएका छौं भने खलनायक नायक भएको । जसरी उनीहरूको वास्तविकता पछि थाहा पाइन्छ त्यसरी नै राजनीतिक रंगमञ्चका अभिनेताहरूको वास्तविकता पछि थाहा पाइन्छ । यहीं हामी चुक्छौं ।

कोही आफ्नो परिवार र पेट पाल्न वेश्या बन्छन्, कोही सोखको लागि त कोही करोडौं कमाउनको लागि । एकजना भारतीय सांसदले हालसालै ट्विट गरेका थिए -बिहान-बेलुकीको रोटीको लागि शरीर बेच्नेलाई हामी वेश्या भनेर घृणा गर्छौं, तर अभिनेत्रीहरू जो करोडौंको लागि आफ्नो इज्जत बेच्छन्, नांगो हुन्छन्, तिनीहरूलाई हामी सम्मान गर्छौं जबकि तिनीहरू वास्तविक वेश्या हुन् । उ

नको ट्विटमाथि धेरै आारोप-प्रत्यारोप भयो, वादविवाद भयो । देशको लागि राजनीति गर्दा जनताको घरदैलोमा गएर मागेर खाने वा एकदुई दिन बस्ने पनि नेता थिए र छन्, तर आफ्नो स्वार्थको लागि, रातारात करोडपति, अर्बपति हुन देश नै बेच्ने नेता छन् । फरक यहीं छ । एउटाले देशको लागि केही गर्न आफ्नो पेट पाल्न जनतासँग माग्छ, अर्को आफ्नो ढुकुटी भर्न पैसा मागेर देश बेच्न तयार छ । यिनीहरूलाई राजनीतिक वेश्या नभनेर के भन्ने ?

संविधान संशोधनको नाममा तराईलाई नेपालबाट टुक्य्राउन सत्तासीनहरू आतुर छन् । भारतको सर्तअनुसार संविधान संशोधन गर्न सांसद किनबेचको हटिया लगाउन लागेका छन्, मोल तोकेका छन् । कसैलाई उपप्रधानमन्त्रीसहित मन्त्रीहरू, कसैलाई पाँच करोड नगद । सांसद हुन् कि दसैंको खसी-बोका ?

देउवाले भनेका थिए- दुईतिहाइ कसरी पुराइन्छ, त्यो मलाई थाहा छ । उनले महाकाली सन्धि झल्यास्स सम्झेको हुनुपर्छ । महाकाली सन्धिमा जसरी सांसदहरूको किनबेच भयो, सिंगो एमालेले जसरी आफूलाई लिलामीको बजारमा लिलाम गर्‍यो, त्यसको सम्झना देउवालाई ताजा भएको होला ।

तर एमालेले यसपटक आफूलाई लिलामीको बजारमा नबसाल्ला भन्ने विश्वास जनताले लिएका छन् । राप्रपा सदाबहार लिलामयोग्य माल हो । तर आगामी चुनावमा हुनसक्ने घाटालाई मध्यनजर गरेर आफूलाई लिलामीको बजारमा नराख्दा उसलाई अहिलेको भन्दा बढी नाफा हुनेछ । अझ साना पार्टीका सांसदहरू लिलामीका बजारमा लिलाम हुन आउन सक्ने सम्भावना छ । आखिर राजनीति देश र जनताको लागि नभएर पैसा कमाउनुगर्ने अभिनय मात्रै त हो नि ।

नेताहरू वा सिंगो पार्टीले आफूलाई लिलाम गरेर भए पनि देशका अस्तित्व मेट्न खोज्छ भने के जनता चुप लागेर बस्ने ? पूर्वराजा र सेना के रमिते बन्ने ? पूर्वराजा गणतन्त्रमा एउटा निर्णायक शक्ति नभए पनि एउटा महत्वपूर्ण शक्ति हो । यो त सत्तापक्ष र विपक्षले पनि स्वीकार गरिरहेका छन् ।

पूर्वराजा विदेश जाँदा होस् वा निम्ता मान्न जाँदा वा विज्ञप्ति फाल्दा होस्, सत्तापक्षको धरतीमा दस रेक्टरकै भुइँचालो गएको जनताले हेरिरहेका छन् । जोसँग केही छैन उसैसँग डराउनेहरू, उसलाई देखेपछि तर्किनेहरूबाट मुलुक कसरी बाँच्न सक्छ ?

यी मरेका बाघले देश बेच्न आँट्दा हामी जनता चुप लागेर बस्ने कि यिनीहरू विरुद्ध विद्रोह गर्ने ? यिनीहरू देश र जनताको पक्षमा रंगमञ्चमा बोल्ने संवादहरू सबै अरूले लेखिदिएका संवाद हुन् । यसलाई विश्वास गर्न हुँदैन ।

मौला नसिरुद्दिन ट्रर्कीका एकजना सुफी थिए । उनको बारेमा धेरै कथाहरू छन् । यस्तै एउटा कथा यहाँ सान्दर्भिक भएकाले राख्न गइरहेको छु ।

मुल्ला नसिरुद्दिनले आफ्नो काम गर्ने केटोलाई माटोको गाग्री दिँदै कुवाबाट पानी लिन अह्राए । पानी लिन जाने बेलामा उनले त्यो केटाको गालामा दुई थप्पड लगाउँदै भनेछन्- गाग्रो नफुटाई पानी राम्रोसँग लेऊ । केटो गएपछि उनको छिमेकीले सोधेछ- हैन मुल्ला, त्यो केटोलाई किन पिटेको ? उसले त गाग्री फुटाएको छैन । यो सुनेर नसिरुद्दिनले भनेछन्- गाग्री फुटाएपछि पिटेर के काम ? अहिले पिटेकाले नै उसले गाग्री फुटाउँदैन, पानी ल्याउँदा विचार गरेर ल्याउनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.