बन्दूक छाडेर कुखुरापालन

बन्दूक छाडेर कुखुरापालन

सन्धिखर्कः अर्घाखाँचीको पणेनाका पिताम्बर पोखरेल बन्दूकबाट क्रान्ति गर्न सकिन्छ भन्ठानेर माओवादीमा लागेका थिए । उनी जनमुक्ति सेनाको कमाण्डर पनि बने ।

शान्ति वार्तापछि कृषिमा केही गरेर देखाउनुपर्छ भन्ने मान्यताले उनले जनमुक्ति सेनाबाट स्वेच्छिक अवकाश लिए । बन्दूक समातेर समाज र देश परिवर्तन गर्न हिँडेका उनी कुखुरापालनमा लागे । हाल उनले कुखुराबाट मनग्गे आम्दानी लिन थालेका छन् ।

परिवर्तन आफैंबाट गर्नुपर्छ भन्ने मान्यताका साथ उनी पणेनाका अन्य व्यक्तिलाई पनि साथमा लिएर कुखुरापालनमा लागेका हुन् । संयुक्त रूपमा पणेनाको डुम्रिकोटमा डुम्रिकोट बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिक कुखुरापालन मात्र नभई उनले राजनीति, समाजसेवा र आफ्नो पेसालाई पनि निरन्तरता दिएका छन् ।

पणेना निवासी अर्घाखाँचीका पूर्व जिविस सभापति खगेन्द्रराज पोख्रेल, नेकपा (माओवादी) अर्घाखाँचीका प्रमुख पिताम्बर पोख्रेल, स्थानीय नेपाल राष्ट्रिय उच्च माविका प्राचार्य पुस्करराज पोख्रेल, कर्मचारी कृष्ण पोख्रेल, स्वास्थ्यकर्मी पिताम्बर पोख्रेललगायत आठ जनाले सुरु गरेको कुखुरापालन अहिले त्यस क्षेत्रकै नमुना बनेको छ ।

२०७० सालको वैशाख १ गतेदेखि सञ्चालन गरेको कुखुरा फार्ममा अहिले ६ हजार लेयर्स कुखुरा छन् । उक्त कुखुरा फार्मबाट दैनिक तीन हजार अण्डा उत्पादन भइरहेको र उत्पादित अण्डा तानसेन र बुटवलमा बिक्री हुने गरेको फार्मका अध्यक्ष पोख्रेलले बताए ।

कुखुरापालनबाट सबै खर्च कटाएर मासिक तीन लाख बचत हुने गरेको उनको भनाइ छ । उनी जनमुक्ति सेनाका पूर्व कमाण्डर हुन् ।

आठ जनाले चार/चार लाख उठाएर ३२ लाख लगानीमा सुरु गरेको कुखुरापालनबाट अहिले सबै खर्च कटाएर वार्षिक ३६ लाख बचत भएको उनले बताए । अहिलेको आम्दानीलाई हेर्दा एक जनाले मासिक ३७ हजार फाइदा पाउँछन् । बजारको समस्या छैन । बुटवल र तानसेनका व्यापारीले सम्पर्क गरेर लिने गरेका छन् ।

युवाले विदेश पलायन र जागिर मात्र गर्नुपर्छ भन्ने धारणालाई परिवर्तन गर्न र आफूले गरेपछि अरु पनि कृषि पेसामा लाग्न सक्छन भन्ने सोचका साथ कुखुरापालनमा लागेको जिविस पूर्व सभापति पोख्रेलले बताए ।

कुखुरापालन जिल्लाको पूर्वी क्षेत्रकै नमुना बनेपछि अहिले अर्घाखाँचीको पणेना, खिदीम, पोखराथोक तथा पाल्पाको छहरा र भुवनपोखरीमासमेत झन्डै ५० जना युवा व्यावसायिक तरकारी र कुखुरापालनमा लागेको उनको भनाइ छ ।

मनमा साहस र शरीरमा जागर हुने हो भने पैसा–पैसा भनेर जागिर र विदेश नै जानुपर्छ भन्ने सोचाइ रहेको हाम्रो समाजका उदाहरणीय बनेका पणेनाका अगुवाले गरेको कृषि क्रान्ति साच्चिकै नमुना छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.