यी हुन् विश्वका पारदर्शी जीवहरु
विश्वमा धेरै प्रकारका जीवहरु बस्ने गरेका छन्। ती मध्ये केही यस्ता जीवहरु छन् जसको शरीर पूर्ण रुपमा पारदर्शी रहेको छ। उनीहरुले सूर्यबाट आएको किरण प्राप्त गर्न नसक्दा पूर्ण रुपमा पारदर्शी हुन पुगेको अनुसन्धानकर्ताहरुले बताएका छन्। प्रकृतिमा रहेका यीनै पारदर्शी जीवहरु यस प्रकार रहेका छन्।
द ग्लासविन्ज बटरफ्लाई
सूर्यको प्रकाश नपाएकै कारण 'द ग्लासविन्ज बटरफ्लाई' पूर्ण रुपले पारदर्शी देखिएका हुन्। यो जीव दक्षिण अमेरिकामा पाइन्छ।
जुभेनिल सारपियर इनोभ स्क्विड
यो प्रकारको जीवको शरीर पनि पूरै पारदर्शी रहेको छ। यो एक प्रकारको समुन्द्री जीव हो। यीनीहरु समुन्द्रदेखि २ सयदेखि हजार मिटरसम्मको गहिराइमा बस्ने गर्दछन्।

ट्रान्सप्यारेन्ट जुभेनिल सर्जियोफिस
यो एक प्रकारको माछा हो। यसलाई मानिसहरुले सजाउनको लागि आफ्नो घरमा राख्ने गर्दछन्। यो माछा मुख्यत: न्यूजिल्याण्डमा पाइन्छ। यसको लम्बाइ करीब ३० सेन्टिमिटर रहेको हुन्छ।

म्याक्रोप्यानो माइक्रोस्टम
यो पनि विशेष गरी माछाको प्रकार हो। यसको शरीरमा एक प्रकारको गोलो आकृति हुन्छ जुन पूर्ण रुपमा पारदर्शी रहेको हुन्छ। यसलाई हेरेर धेरै मानिस मोहित हुन्छन्।

ट्रान्सुलेन्ट फारोह कमिला
यो एक प्रकारको कमिला हो जसको आकार करीब २ मिलिमिटर हुन्छ। यो निक्कै हलुंगो हुन्छ। तर यसले जुन रंगको खाना खान्छ त्यही रंगमा परिणत हुने गर्छ। यो संसारकै धेरै स्थानमा पाइन्छ।

टोर्टोराइज सेल बिटल
यो एक अनौठो प्रकारको जीव हो जसको शरीर पारदर्शी तथा टाउकोमा मुकुट जस्तो आकार बनेको हुन्छ। यो यस्तो खतरनाक जीव हो की यसलाई सिकारीले आफ्नो कब्जामा लिन सक्दैनन्।

युरोपियन इल
यो जीव आफ्नो जीवन कालमा धेरै पटक रंग बदल्ने गर्दछ।तर पूर्ण रुपले पारदर्शी हुने गरेको छ।

सी थ्रो फ्रग
यो जीव विशेष गरी रिपब्लिक अफ कंगोमा पाइन्छ। तर अहिले यो दुर्लभ हुँदै गइरहेको छ। सन् २०११ मा एक पटक भेटिएको जीव वैज्ञानिकहरुले बताएका छन्।

जुभेनिल अक्टोपस
यो अक्टोपसको लम्बाइ मात्र २ सेन्टिमिटर रहेको हुन्छ। यसको भित्री अंग सजिलै देख्न सकिन्छ। यो पनि समुन्द्री किनारमा पाइन्छ।

थप तस्बिरहरु:


प्रतिक्रिया दिनुहोस !