युट्युवबाटै करोडपति !

युट्युवबाटै करोडपति !

विश्‍वमा धनी व्यक्तिहरुको सूची बढ्‍दै गइरहेको छ। कोही तेल बेचेर करोडपति बनेका छन् भने कोही पानी र कोही गीत संगीत बेचेर करोडपतिको सूचीमा आफ्नो नाम लेखाउन सफल भइसकेका छन्। तर सूचना प्रविधिको विकास र विस्तारले विश्‍वभर आफ्नो पकड जमाउन थालेपछि सामाजिक सञ्जाल युट्युबबाटै मानिसहरु करोडपति बन्‍न सफल भएका छन्। को को हुन् युट्युवबाट करोड कमाउनेहरु ?

१ पेवेडीएपीए फेलिक्स कजेलवर्ग 

कजेलवर्ग एक गेम निर्माता हुन्। उनीसँग युट्युबमा करीब ४० लाख सस्क्राइबर रहेका छन्। उनले 'प्लेइङ भिडियो गेम्स विथ योर ब्रोस' च्यानल युट्युबमा बनाएर करीब १२ मिलियन डलर कमाइ सकेका छन्। स्विडिसका नागरिक कजेलवर्गको वास्तविक नाम फेलिक्स हो।


२.उनतोयस कलेक्टर

यो एक प्रकारको टोइ च्यान हो। यसले पनि बच्चाकोहरुको लागि कार्टून बनाउने गर्छ। यसको कमाइ युट्युबमा करीब ८ मिलियन डलर रहेको छ।

३.स्माश डुओ

स्माश डुओ दुई जना कमेडी कलाकार हुन्। उनीहरुको वास्तिक नाम इयान हेकोक्स र एन्थोनी पाडिल्ला हो। यीनीहरु बच्चै देखि मिल्‍ने साथीहरु हुन्। उनीहरुले आफ्नो उत्कृष्ट कमेडि प्रस्तुत गरेर युट्युबमा करीब ६ मिलियन डलर कमाइ सकेका छन्। पछि कमेडी गर्दै जाँदा उनीहरु स्माश डुओको नामले चर्चित भए।

४.जेननामरबल्स

जेननामरबल्स एउटा मनोरञ्जन विधा अन्तर्गतको भाग हो। यसले मानिसहरुलाई मनोरञ्जन प्रदान गर्ने गर्दछ। यसले युट्युबबाट करीब ४.३ मिलियन डलर कमाइसकेको छ।

५. रैविल्लिअमजोहनसों

यो एक प्रकारको भिडियो सिरीज हो। यसले भिडियो बनाए मानिसलाई रमाइलो प्रदान गर्ने गरिन्छ। यसले करीब ४ मिलियन डलर युट्युबबाट कमाइसकेका छन्।

६.उबेरहसरनोव

उबेरहसरनोबले बनाएको विधा हो गेम। उसले बनाएको गेमले युट्युबमा करीब ३.५ मिलियन डलर कमाइसकेको छ।

७. रियल एन्नोयिङ ओरेन्ज

रियल एन्‍नोयिङ ओरेन्ज एक प्रकारको कमेडि बेव सिरिज हो। यसले पनि युट्युबमा ३.४ मिलियन डलर कमाइसकेका छन्।

८.कल्लेगेहुमार

यो पनि एक प्रकारको वेबवेस कमेडी विधा हो। यसले पनि युट्युबबाट करीब ३.३मिलियन डलर कमाइसकेको छ।

९. सुपरवुमन
सुपरवुमनको नामले चिनिएकी भारतीय नागरिक लिलि सिंह युट्युबमा निक्‍कै चर्चित छिन्। कमेडि विधामा युट्युबाट उनले करीब २.५ मिलियन डलर कमाइसकेकी छन्।

१०. एपिक र्‍याप ब्याटल्स

यो एक प्रकारको र्‍याप गाउने युवाहरुको समूह हो। यहाँ विभिन्‍न घट्नालाइ र्‍यापमा ढालेर प्रस्तुत गर्ने गरिन्छ। यो समूहले युट्युबाट करीब २.४ मिलियन डलर कमाइसकेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.