मामाघरको मोह
मामाको घरमा हुर्कें, खेलेँ, रमाएँ औधि । मामाघर मेरो जीवन । विगत, वर्तमान मेरो । म जे भएँ र छु मामाघरबाटै भएछु । भन्नुहोला, लेखकीय जीवन मामाघरबाट कसरी ? बुवालाई मामा विज्ञानबहादुर मल्ल/विज्ञान पाजुले मनग्य सम्झाउनुभएथ्यो मेरैसामु, यसरी, ‘उसले जे गरेको छ ठीक गरेको छ ।
उसको भविष्य त्यसैले निर्माण गर्छ ।' लागेको विचार बाँडचुँड गर्न मन पथ्र्यो सानै उमेरदेखि मलाई । बोल्नु एक माध्यम थियो । दोस्रो, माध्यम लेख न । दुवैलाई अँगालेँ । तेस्रो माध्यम बन्यो मेरो सच्चा-ठीक मानिस सम्पर्क । सच्चा र ठीक मानिस सच्चाइ गर्छ । सच्चाइले भरिएको मानिस मात्र ठीक गर्छ । ठीक गर्नु सच्चाइ गर्नु हो ।
जहाँ ठीकठीक सच्चाइ हुन्छ त्यहीँ लाखापाखा विहीन/निष्पक्ष सही कार्य सम्पादन हुन्छ । ठम्याएर संगत गर्छु, भेट्छु, आमन्त्रण गर्छु । रमाउँछु मनलाई पोखेर, पस्काएर । उनीहरू पनि उस्तै पस्काउँछन्- मन । मनमनका स्वाद चाखेर आँट भर्छौ आपसमा मनग्य सन्तोष भरेर !
२०७३ माघ ९ गते बिहान । रेडियो नेपालमा युवा कार्यक्रम सुन्दै थिएँ । मामाघरको सन्दर्भ चलिरहेथ्यो । मामाघर प्रसंगले मनै मोहक तुल्यायो । मगनमस्त भएर सुन्दै गरेँ । मामाघर त नयाँ घर निर्माण अभियान पो रहेको पाएँ । ‘आमा कि मामा' हाम्रो माझिएको लोक उक्ति । झसंग सम्झेँ । मामाको महिमा उत्तिकै महान् ! जतिकै जन्मदात्री आमाको । जन्म दिने आमा ! पुनर्जन्म दिने मामा । मानिसको दुई जन्म ।
एक जन्म गर्भाशयबाट जन्मनु ऐहिक-दैहिक जन्म ! दोस्रो जन्म शैक्षिक, दीक्षित जीवन-जन्म । जन्मनु जति सार्थक छ त्यसभन्दा बढी सार्थक शिक्षित-दीक्षित जीवन ! मामाघर आँगन जीवनको मेरो बिहानी-चुली/ब्याँहा चुली/ प्रभातफेरी ! एकचित्त सुन्दै गरेँ- मामाघर कार्यका प्रसंग ! मनमा लाग्यो ‘रेडियो नेपालको युवा कार्यक्रम त राष्ट्रिय दैनिकहरूका शनिबारे- ‘फुर्सद', ‘कोसेली' आदि जस्तै, उस्तै !
‘मामाघर' एक अभियान रहेछ । अभियानकै नाम रहे, बनेछ- हेटौंडाका कुनै बस टर्मिनल या बस बिसाउनी सेरोफेरो । त्यो स्थान यकिन छैन अहिले । किटान गर्न सक्दिनँ । हेटौंडा नपुगेको लामो अवधि भइसकेको छ । उहिले गए, पुगेको हेटौंडा उहिलेकै जस्तो नहुनु स्वाभाविक हो । भौतिक निर्माण र पुनर्निर्माणले दिन परदिन भूसतहमा ठूलो परिवर्तन ल्याइराखेको छ ।
सबै सतही भूस्वरूपमा ल्याइने परिवर्तन विकास हुन सकोइन । विकासका आफ्नै रूपसहितका आधार हुन्छन् । विकासका आफ्नै दिगो आधारभूत स्वरूप हुन्छन् । दिगो विकासले निरन्तर अभियान भर्छ, भरिरहन्छ ।
परन्तु, सबै सतही भूस्वरूपमा ल्याइने परिवर्तन विकास हुन सकोइन । विकासका आफ्नै रूपसहितका आधार हुन्छन् । विकासका आफ्नै दिगो आधारभूत स्वरूप हुन्छन् । दिगो विकासले निरन्तर अभियान भर्छ, भरिरहन्छ । भूसतहमा गरेका ल्याइएका परिवर्तनलाई दिगो बनाउने केही आर्थिक आर्जन हुने क्रियाकलाप निरन्तर अगाडि बढाउँछ, बढाइरहन्छ । आर्थिक उपलब्धिका आधारहरू खास एक या अनेक व्यावसायिक क्रिया-कर्महरू हुन् ।
त्यस्ता व्यावसायिक क्रियाकर्मका खेती-किसानी, बजार व्यवसाय-पसल आदि पर्न सक्छन् । अरू कुनै साना-ठूला सामूहिक÷कर्पोरेट उद्योग व्यवसाय आदि पनि पर्न सक्छन् । अचेलभरि त अन्तर समुदाय, अन्तरस्थान, अन्तर्राष्ट्रिय सहअस्तित्वपूर्ण सहभागितामा पर्ने उद्यमहरू पनि पर्छन् । अचेल कम्प्युटर इन्जिनियरिङसम्बन्धी व्यवसाय, सामाजिक सञ्जाल आदि मूलक कार्य उद्यम पर्छन् ।
पर्यटकीय प्रवद्र्धन अवसरयुक्त स्थानमा त्यस उन्मुख कार्यहरू निरन्तर रूपमा चल्न सक्छन् । हजारौं नयाँ सम्भावनायुक्त क्षितिज नयाँ निर्माण व्यवसायमूलक आकाशमा उघ्रिरहेका छन् । सम्भावनाका अवसरहरूलाई राम्ररी दोहन गर्न सक्दा भूसतहगामी विस्तार र परिवर्तनले दिगोपन हासिल गर्नसक्ने हुन्छ, भइरहन्छ ।
मामाघरको महत्व र ममता मेरो आफ्नै अन्तरचेतमूलक जीवन प्रसंग रहे, बनेको छ । मलाई ‘मामाघर' अभियानले छोयो, सुम्सुम्यायो औधि । अर्पण पराजुली- ३० ले आफ्नो युवा अवस्थामै आफ्ना जीवन-अभियान मनाएको एउटा आयामिक अभियान भन्न मन पराएछु । नयाँ अभियान यस निमित्त भन्न मन पराएँ कि यसले क्रमिक तवरले सबैको चित्ताकर्षण गर्न सफल हुनेछ । जतिजति ‘मामाघर'ले चित्रवृत्तिहरूलाई आफूतिर आकर्षण गर्नेछन् त्यति नै यसका थप आयामहरू खुल्दै रहनेछन् ।
मामाघर एक अभियान- टुहुरो बनेबनाइएका बालबालिकाको कल्याणमुखी अभियान कार्यक्रम ! जतिजति नयाँ चेतहरू यसभित्र समाहित हुन थाल्नेछन्, त्यतित्यति नै यसले तिनीहरूबाट वैचारिक, आर्थिक, उपकरण आदि मूलक वस्तुतत्वहरू उपलब्ध हुन सक्नेछन् । प्रत्येक सहयोगका अन्तरस्वरूप सद्भाव या संवेदनाका अञ्जुली हुन् र बन्छन् । ‘मामाघर' प्रयोगबाट परियोजना बन्न पुग्छन् ।
परियोजना बन्दा यिनको सोच सम्भारका क्षितिज अरू व्यापक बन्नेछन् । यसका तात्कालिक, अल्पकालिक, दीर्घकालिक रूप-स्वरूपका योजनाहरू तयार हुनेछन् । प्रत्येक आवधिक योजनाका आआफ्नै स्वरूप, आकार, क्षमता, ग्रहणशीलता, कार्यदक्षता, व्यावसायिकपन, व्यवस्थापन पद्धतिहरू निर्माण र विनिर्माण हुँदै जानेछन् ।
अर्पण पराजुलीका युवा सामुदायिक कल्याणका सोच सामूहिक सोचका ‘खर्पण' बन्नेछ । ‘खर्पण' नेपाल भाषाको एक वस्तुपरक शब्द । आफ्ना वा अरूका उत्पादनहरू दुवै चाक्लो पाटामा राखी बोक्ने साधन सामग्री नाम-संज्ञा वाचक शब्द । सबैजसोले नै अर्पणका विचार-भावबाट निस्केको ‘मामाघर' अभियान बहुजनको ‘खर्पण' बन्ने अभिलाषा बोक्छन् ।
अन्तरक्रिया कार्यक्रममा युवा अर्पण पराजुलीसित रेडियो नेपालका ‘युवा कार्यक्रम' प्रसारणका क्रममा उनले भनेका प्रसंग अरू थप रोचक बने । अहिले एक सय ३४ जति बालबालिका यस ‘मामाघर'मा बसोबास गर्छन्। उनीहरूलाई शिक्षादीक्षा दिने स्कुल र विद्यालयहरूका व्यवस्थापन भएका छन् । यो व्यवस्थापनका आधारभूत उदाहरण बन्छ ।
नियमित आयस्रोतका निमित्त सानै भए पनि केही न केही सौपचास मासिक संकलन व्यवस्थापन हुनु रहेको बताएको उत्साहवद्र्धक छ । यस्ता कार्यमा अरू निरन्तर अरू कार्यक्रममा थप आयाम खुल्दै गर्नेछन्, जानेछन् । पटके सहयोगहरू पनि पाउँदै गरेको पनि मानवीय संवेदनाका अरू थप पात्रहरू संयोजित हुँदै गर्नुको नमुना बन्छन् । यो कार्यक्रममा ‘मामाघर' अरू सार्थक अभियान बन्ने भविष्यवाणी हुन् भन्न मन पराएँ ।
‘मामाघर'का बालबालिका सामाजिकीकरण भइरहेको अर्को आभास पाएँ । अर्पण पराजुलीका घरका मातापिताले समेत अब ती केटाकेटीले खाए कि खाएका छैनन्, चासो लिने गरेका बताएथे । दसैंमा अर्पणका आमाबुबाले ‘मामाघर'का भान्जाभान्जीलाई टीको सगुन दिने परम्परागत संस्कार मण्डित संस्कृतिमा समाहित गर्ने गरेका रोचक प्रसंग राखेथे । संस्कार दिन सके नै संस्कृति संरक्षण हुन्छ ।
संस्कार मण्डित संस्कृतिसित चिनारी दिन, गर्न नसक्दा संस्कृति विलय हुन पुग्छ । अर्पणका पारिवारिक त्यो टीको प्रथाका वर्णन सुन्दासुन्दै मनमा लाग्न थाल्छ कि हाम्रा स्कुल, कलेज र युनिभर्सिटीहरूले पनि प्रत्येक विजया दसैंको शुभ-अवसरमा आआफ्ना कक्षा शिक्षक-शिक्षिकाबाट कक्षाकोठामा टीका लगाउने संस्कार रोप्ने गरे कसो होला ? यी सबै प्रसंग संस्कृतिमूलक संस्कार हुर्काउने सेरोफेरोका चासो हुन्, प्रवृत्तिमूलक धारणा जगाउने । शैक्षिक संस्था जति कामयाबी प्रभाव उत्पन्न गर्नसक्ने सबल र सक्षम संस्था सायद अरू कुनै हुन सक्लान् ?
‘मामाघर' स्वयं एक वरद र विशाल मानवीय बटवृक्ष हुन् र बन्नसक्ने क्षमतावान् सार्वजनिक आयाम बोक्नसक्ने, बन्ने गर्भधारण गर्दछ । अहिले एकजना संवेदनशील स्थानीय जग्गाधनी महानुभावबाट तीन कट्ठा जग्गा प्राप्त भएको विवरण पनि रेडियो नेपालले सञ्चालित युवा कार्यक्रमको २०७३ माघ ३ को बिहानै जानकारी पाएँ ।
रेडियो नेपालको युवा कार्यक्रमको शृंखला रोचक-सूचना-सन्देशमूलक मानेँ । जग्गा प्रदान गर्ने महानुभावको त्यो अर्पण, अर्पण पराजुलीको उदात्त अभियानमा अरूका पनि अर्पण अगाडि सरून् कामना बोकेको अन्तरतरंगका टिङटिङ सुन्छु श्रवणेन्द्रीय आफैंभरि ।
‘मामाघर' प्रणेता अर्पणका नामै परिवर्तन भई सबैका मामा बनेको थाहा भएछ । मनमा लाग्न थाल्छ, मानिसको नाम त कामले पो बन्दो रहेछ । मान्छे नामका निमित्त के के गर्छन्, गर्छन् ! परन्तु, यथेष्ट सार्थक नाम बन्छ बन्दैन थाहा छैन । नाम त सार्थक कामले आफैं डोर्याउँदो रै'छ । सुन्दासुन्दै युवा कार्यक्रम लाग्न थाल्यो अर्पण अब आफैं अर्पेर पनि जीवनका महत्वपूर्ण समय ‘अर्पण' नरही ‘मामा' हुन पुगेछ ! यी तरंगहरूमा तरंगिँदै मनमा एक तरंग तरंगिन थाल्छ ।
एकपटक उडेरै भए पनि मामाघर हेटौंडा टुपुल्किऊँ ! तर, मनको लड्डु घ्यूसित खाइँदो रहेनछ । न लड्डु नै खान हुने अवस्था छ... न त घिउ नै... ! न त मेरो मनको लड्डु साँच्चैको लड्डु रहेछ । न त घिउ नै खान लाउन सकिने स्थानीय साधन बनेछ... ! ‘मामाघर' पुग्ने उत्सुकता उत्सुकता नै रहेको छ । कुनै बेला आफ्नै सिर्जनात्मक समय, साइतको प्रहर पर्खिरहेछु !
‘मामाघर' हेटौंडा टाढा छैन, नजिकै छ । परन्तु अहिले अवसरमा मामाघर हेटौंडा मलाई नजिकको टाढा र टाढाको नजिक बनिरहेछ । सबै नगद दाम सफा काम बन्दो रहेनछ । शरीर-स्वास्थ्य नै सबै कुराको बन्दो रहेछ- स्टेरिङ... !