संसारकै सबैभन्दा सानो वस्तु

संसारकै सबैभन्दा सानो वस्तु

संसारमा वस्तुहरु ठूलो होस वा सानो ती सबैको महत्व बराबरी नै हुन्छ। संसारमा साना वस्तुहरु जसले विश्‍वमा समेत रेकर्ड कायम गरेका छन्। ती के के हुन ?

सबैभन्दा छोटो बन्दुक
'स्विस मिनी गन'को नामबाट प्रसिद्ध यो बन्दुक विश्‍वकै सबैभन्दा सानो बन्दुक हो। तर यसले ठूलो बन्दुक जस्तै मानिसको ज्‍यान पनि लिन सक्छ।

सबैभन्दा छोटो बडिबिल्डर
यो व्यक्तिको हाइट २ फिट ९ इन्च रहेको छ। भारतीय नागरिक रहेका उनको नाम हो आदित्य।उनको नाम विश्‍वकै सबैभन्दा सानो बडिबिल्डर गिनिज अफ वर्ल्ड रेकर्डमा छ।

सबैभन्दा छोटो माउसुली
यदि तपाई माउसुलीलाई ध्यान दिनुभयो भने यति छोटो माउसुली कसरी आयो भनेर छक्क पर्नुहुन्छ। ड्वार्फ नाम गरेको यो माउसुली जरागाउँ नेशनल पार्कमा पाउन सकिन्छ।

सबैभन्दा छोटो कार
करिब ढेड सय पाउण्ड मात्रै रहेको यो कार अहिलेसम्मकै सबैभन्दा सानो कार हो। यसलाई लिएर तपाई सानो गल्लीमा समेत जान सक्नुहुन्छ।

सबैभन्दा छोटो घोडा
यो विश्‍वकै सबैभन्दा छोडो घोडा हो जसको नाम आइन्सटाइन हो। किनकी यसको आकार एउटा कुकुर भन्दा पनि सानो रहेको छ। यसलाई पहिलो पटक हेर्ने मानिसहरु आश्‍चर्यचकित हुन्छन्।

सबैभन्दा छोटो स्कूल
युनेस्कोले इरानको एउटा स्कूललाई सबैभन्दा सानो स्कूल भनेर घोषणा गरेको छ। किनकी यहाँ करीब ४ जना बालबालिका मात्रै पढ्ने गरेका छन्।

सबैभन्दा छोटो कित्‌ली
यो हो संसारकै सबैभन्दा छोटो कित्‌ली हो। यसको तौल करिब १.४ ग्राम रहेको छ। यो कित्‌लीको नाम 'वु रुइसेन' राखिएको छ।

सबैभन्दा छोटो जेल
यो हो संसारको सबैभन्दा सानो जेल। यसलाई 'सार्क जेल' पनि भन्‍ने गरिन्छ। यसमा करिब दुई जना कैदी मात्रै बस्ने गर्छन्।

सबैभन्दा छोटो बाँदर
विश्‍वकै सबैभन्दा सानो बाँदर अमेरिकामा पाउने गर्दछ। यो बाँदर अमेरिकाको ट्रोपिकल जंगलमा पाइन्छ। यसको तौल करिब मात्र ४ इन्च हुन्छ।

सबैभन्दा छोटो 'पोस्टल सर्भिस'
अमेरिकाको सान फ्रान्सिस्कोमा 'डब्लू एस पी एस' नामक पोस्टल सर्भिस रहेको छ। यो सबैभन्दा सानो भए पनि सेवा भने उपलब्ध गराउदै आएको हो।

सबैभन्दा छोटो भ्यागुतो
यो भ्यागुतो एन्डीजको पहाडमा पाउने गरिन्छ। यसले टोकेमा मानिसलाई विष लाग्‍ने गर्छ। यसबाट मानिस टाढा रहने गर्दछ।

सबैभन्दा छोटो घर
अमेरिकाको सान फ्रान्सिस्कोमा टम्ब्लिविड नामको एउटा घर रहेको छ। जुन संसारकै सबैभन्दा सानो घर मानिएको छ।

सबैभन्दा सानो कुकुर
यो संसारकै सबैभन्दा सानो कुकुर हो। यो करीब १ पाउण्ड रहेको छ। यसको नाम टीनी पिनोचियो हो।

सबैभन्दा छोटो पार्क
यदि तपाई संसारकै सबैभन्दा सानो पार्क खोज्नुभयो भने पोर्ट ल्याण्डमा पाउन सक्‍नुहुनेछ। यसको क्षेत्रफल करीब २ फिट मात्रै रहेको छ।

सबैभन्दा छोटो माछा
यो संसारकै सबैभन्दा सानो माछा हो। यसको लम्बाइ ७.९ मिलिमिटर रहेको छ। इन्डोनेसियामा पाउने यो माछाको नाम पाइडोक्सीप्रिस प्रोजेनेटिक रहेको छ।

सबैभन्दा छोटो मानिस
कोलम्बियाका यी मानिस संसारकै सबैभन्दा सानो मानिस मानिन्छ। यसको नाम एडवर्ड नैनो हो। यसले गिनिज अफ वर्ड रेकर्डमा कायम गरिसकेका छन्।

सबैभन्दा सानो पुलिस स्टेशन
फ्लोरिडाको क्याराबेलमा रहेको पुलिस स्टेशन सबैभन्दा सानो पुलिस स्टेशन मानिन्छ। हेरनमा पिसिओ बुथ जस्तो लागे पनि यो भने सबैभन्दा सानो पुलिस स्टेशन हो।

सबैभन्दा सानो बच्चा
सन् २००६ मा जन्मिएका हुआ एमिला टेलर संसारकै सानो बच्चा मानिएको छ। जन्मिदा यो बालक १०.५ इन्च र लम्बाइ ९ इन्च रहेको छ।

सबैभन्दा सानो कलाकृति
संसारमा सबैभन्दा सानो कलाकृति एउटा यस्तो व्यक्तिले बनाएका हुन् जसले जीवनमा कहिल्‍यै पनि स्कूल जान पाएनन। ती व्यक्तिले यस्तो कलाकृति बनाए जसले सबैभन्दा सानो कलाकर्ति बनाएर। यसलाई सियो टुप्पोमा पनि राखेर हेर्न मिल्छ।

सबैभन्दा सानो वियर
जर्मनकीको एउटा चर्चित आर्टिस्टले बनाएको यो टेडी बियर विश्‍वकै सबैभन्दा सानो वियर हो। यसको उचाई ५ मिलिमिटर रहेको छ।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.