१६ मेगापिक्‍सेल सेल्फी क्यामरा भएको ओपो ए५७ सार्वजनिक

१६ मेगापिक्‍सेल सेल्फी क्यामरा भएको ओपो ए५७ सार्वजनिक

एजेन्सी: चिनिया स्मार्टफोन कम्पनी ओपोले विश्‍व बजारमा १६ मेगा पिक्‍सेल फ्रन्ट क्यामरा भएको ओपो ए५७ मोबाइलफोन सार्वजनिक गरेको छ। उपभोक्ता र बजारको मागलाई मध्य नजर गर्दै कम्पनीले उक्त स्मार्टफोन विश्‍व बजारमा ल्याएको हो।

उसले भारत लगायत अन्य अनलाइन स्टोर फ्लिपकार्ड, अमेजनमा बिक्रीका लागि फेब्रअरी ३ देखि राख्‍ने जनाएको छ।

डुअल सिमकार्ड लाग्‍ने यो ओपो ए५७ स्मार्टफोनमा एन्ड्रोइड ६.० मार्शमेलो अपरेटिङ सिष्टम राखिएको छ। ५.२ स्क्रिन भएको यो स्मार्टफोनमा ७२०x१२८० रेजुलुशन, २.५ कर्व्ड डिस्प्ले उपलब्ध छ।

यसका साथै यसमा अक्टाकोर १.४ गिगाहर्ज स्न्यापड्रागन ४३५ प्रोसेसर समावेश गरिएको छ। ३ जीबी र्‍याम भएको यो स्मार्टफोनमा ३२ जीबीको स्टोरेज क्षमता रहेको छ जसलाई बढाएर १२८ जीबीसम्म‍ पुर्‍याउन सकिन्छ।

यसमा १३ मेगापिक्‍सेलको रियर क्यामरा राखिएको छ जसमा एफ 2.२ एपर्चर राखिएको छ। तर सेल्फीको लागि भने १६ मेगा पिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ। मोबाइलमा फिजिकल होम बटन समेत उपलब्ध छ भने फोनमा फिंगरप्रिन्ट स्न्याकर इन्टिग्रेटेट हुन्छ।

यो मिड सिरीजमा डिभाइसलाई सन् २०१७मा चीनले उत्कृष्ट मानेको छ भने एप्पलसँग पनि तुलना गरेर हेरिएको छ।

कनेक्टिभिटीमा भने यो फोनले ४जी एलटीइ, जीपीआरएस/एज, ब्लूटूथ, वाई-फाई, जीपीएस, यूएसबी लगायतका वैकल्पिक सुविधा दिइएको छ। यो स्मार्टफोनको ब्याटरी २९ सय एमएएच रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.