मानिसले बनाएका विश्‍वकै अनौठा निर्माणहरु

मानिसले बनाएका विश्‍वकै अनौठा निर्माणहरु

एजेन्सी: मानिस जिज्ञासु प्राणी भएकाले उसले दिनप्रतिदिन नयाँ नयाँ खोजी गरिहरेको हुन्छ। विश्‍वमा मानिसले विकासका अनौठा निर्माणहरु गरिसकेको छ। खास गरी इन्जिनियरिङमा अनौठा कामहरु गरेर संसारलाई चकित तुल्‍याइदिएको छ । विकास निर्माणका केही अद्‌भूत संरचना भौतिक विकासमा गर्व गर्न लायक बनेका छन्।

स्काई डेक शिकागो

यो अमेरिकाको दोस्रो सबैभन्दा अग्लो भवन हो। यो भवनको सबैभन्दा अग्लो ठाउँमा एउटा प्लेटफर्म छ जसलाई स्काई डेक भनिने गरिएको छ। सिसाले बनेको यो स्काई डेक एकप्रकारको बालकोनीजस्तो हो। यो प्लेटफर्ममा ५ टन तौल थेग्न सक्छ। यसको चौडाइ यति धेरै फराकिलो छ कि एक पटकमा पाँच जना मानिस सजिलै उभिन सक्छ।

१ हजार ३ सय ५३ फीट उचाइमा यो डेकबाट शिकागोको सबै दृश्य अवलोकन गर्न सकिन्छ। यहाँ मौसम सफा भएमा अमेरिकाको अर्को राज्‍यलाई समेत नियाल्न सकिन्छ। डेकमा धेरै तहमा सिसा लगाइएको छ किनकि माथि सिसा फुटेमा वा केही भएमा सुरक्षितको लागि अर्को सिसा मुनि जोडिएको छ।
अमेरिका आउने व्यक्तिहरु यहाँ एक पटक घुम्‍न इच्छा राख्छन्।

तियामिन माउन्टेन पार्कमा काँचको बाटो

साहासिक पद यात्रा गर्नेको लागि यो तियामिन माउन्टेन पार्क एउटा गतिलो माध्यम हो। चीनको झाङजीयाजीमा रहेको यो पार्क ४ हजार ७ सय ५ उचाइमा रहेको छ। यहाँ आउने जोकोही पर्यटकलाई आँटिलोसँगै रोमान्टिक पनि बनाउँछ।

यहाँ सिधै पहाडको चट्टानको बीचमा २ सय फिट लामो सिसाको पारदर्शी बाटो बनाइएको छ। यही बाटोलाई हेर्न मानिसहरु विश्‍वभरबाट आउने गरेका छन्। तर थोरै मात्रै पर्यटकले यो बाटोमा हिड्‍ने निर्णयमा पुग्छन्। यो बाटो ३ फिट चौडाइ छ भने अढाइ इन्च मोटाइ भएको सिसा प्रयोग गरिएको छ।

हावामा हल्‍लिने स्विमिङ पुल

इन्टरकन्टिनेन्टल दुबई फेस्टिबल सिटी होटल विश्‍वमै अहिले चर्चामा छ। किनकि यहाँ हावामा हल्‍लिने स्विमिङ पुल बनाइएको छ। ३६ तले होटेलको छतमा बनाइएको सुपर लग्जरी स्विमिङ पुल ढोकाकै सामुन्‍ने बनाइएको छ। यसकारण उक्त स्विमिङ पुल हावामा हल्लिरहेको जस्तो देखिन्छ।

उक्त ढोका निक्‍कै बलियो बनाइएको छ। जसले दुबईको सबै दृश्य सजिलै हेर्न सकिन्छ। यो स्विमङ पुलको लम्बाई ८२ फिट छ भने दुबईको गननचुम्बी भवनहरुलाई हेर्न सकिन्छ। दुबई फेस्टिबल सिटी होटलमा आउने मानिसको मूख्य आकर्षण नै हावामा हल्‍लिने स्विमिङ पुल बन्दै गएको छ।

चट्टानमाथि झुन्डिएको होटेल

पेरुको घाटीमा रहेको एउटा चट्टानमा रहेको तीन होटेल पुरै पारदर्शी सिसाले बनेको छ। यहाँ घुम्‍न आउने पर्यटकले ज्यानको बाजी पनि लगाउनु गर्ने भएकाले आँट बोकेर आउनु पर्ने होटेलको नियमै छ। यो होटेललाई आल्मुनियम तथा पालीकार्बोनेटबाट बनाइएको छ। यसलाई क्याप्सुलको आकारमा बनाइएको छ जसको प्रति क्याप्सुलको लम्बाइ २५ फिट र उचाई ८ फिट छ।

यो होटेलमा एउटा आरामदायी कोठा राखिएको छ भने बाथरुमको पनि सुविधा उपलब्ध छ। यो होटेलमा प्राय साहासिक यात्रा गर्ने मानिस मात्रै आउने गरेका छन्। यो होटेलमा पुग्‍न ४ सय फिट दूरी चढ्नु पर्ने हुन्छ। यो होटेलमा एक रात बिताउन ३ सय डलर तिर्नुपर्छ।

सबैभन्दा ठूलो सिसाको पुल
संसारकै सबैभन्दा अग्लो ठाउँमा सिसाबाट बनाइएको पुल चीनले भर्खरै मात्र उद्घाटन गरेर सञ्चालनमा ल्याएको छ। यो पुल बनाएर चीनले विश्‍वलाई नै आफूतिर ध्यान केन्द्रित गरिदिएको छ। करीब ४ सय ३० मिटर लामो यो पुल चट्टानको बीचमा बनाइएको छ।

यो पुल जमिनबाट ३ सय मीटर उचाइमा रहेको छ। यो पुलमा प्रयोग गरिएको सिसा हथौडाले समेत नफुट्‍ने खालको टेम्पर्ड ९९ सिसाको टुक्राबाट बनाइएको छ। यदि सिसा फुटेमा अर्को परिवर्तन गर्न सकिन्छ।

सिसाले बनाइएको सबैभन्दा लाको प्लेटफर्म

यो प्लेटफर्म पनि चीनमै छ।बेइजिङमा रहेको यो प्लेटफर्म जंगलको बीचमा बनाइएको छ।जंगलको सुन्दरता हेर्नको लागि यस्तो प्रकारको काँचको प्लेटफर्मको बनाइएको हो। यसलाई जमिनबाट १३ सय फुटको उचाइमा बनाइएकाले संसारकै सबैभन्दा लामो काँचको प्लेटफर्म मानिन्छ। यसबाट करीब १०७ फुटसम्म बाहरको दृश्य हेर्न सकिन्छ।

यो प्लेटफर्म ४ हजार ४ सय ६७ स्वायरफिट क्षेत्रमा फैलिएको छ। यो प्लेटफर्म बनाउनको लागि टाइटेनियमको प्रयोग गरिएको थियो। टाइटेनियम एकदमै हल्का धातु हो भने अरुभन्दा धेरै टिकाउ पनि हुन्छ। यो प्लेटफर्ममा हिड्न मानिसहरु डाराउने भएकाले चारैतिर बार लगाइएको हुन्छ। बेइजिङ घुम्न आउने पर्यटकको आकर्षणको कन्द्र बन्दै गएको छ।

फल्क्रिक व्हील

तपाईलाइ झट्ट हेर्दा यो एउटा अधुरो पुल जस्तै लाग्न सक्छ। तर यो एक प्रकारको बोट लिफ्ट हो। यसले डुंगालाई लिफ्ट दिएर अर्को नदीमा पुर्‍याउने काम गर्छ। यो यस्तो प्रकारको मेसिन हो जसले डुंगालाई एक ठाउँबाट अर्को ठाउँमा ल्याउने र पुर्‍याउने काम गर्दछ।

समुन्द्रको कुनै ठाउँ यस्‍तो छ जहाँ डुंगा आफै जान नसक्‍ने भएकाले यो मेसिनको सहायता लिने गरिन्छ। यसले केही मिनेटमै डुंगालाई निश्चित गन्त्वयमा पुर्याउने गर्दछ। यो मेसिनको प्रयोग सन् २००२मा पहिलो पटक गरिएको थियो। (एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.