विश्‍वमै सबैभन्दा बढी बिक्‍ने कार

विश्‍वमै सबैभन्दा बढी बिक्‍ने कार


मानिसहरु दिनप्रतिदिन सौखिन बन्‍दै गएका छन्। उनीहरु आफूलाई मन परेको सवारी साधन चढ्न थालेका छन्। फोर्ब्स म्यागेजिनले विश्‍वमा सबैभन्दा बढी बिक्‍ने कारको तालिका सार्वजनिक गरेको छ। तालिकामा बढी बिक्री हुने कुन कुन कार कम्पनी परेका छन् त ?

१. टोयोटा कोरोला

प्राकृतिक विपद्‌को बेला जापानका कार कम्पनी निर्माता टोयोटाले धेरै नोक्सानी बेहोरे पनि टोयोटाको कोरोला कार संसारमा बढी बिक्‍ने कारमा पर्दछ।

यो कार अहिलेसम्‍म १० लाख २० हजार भन्दा बढी कार बिक्री भइसकेको छ।

२. हुन्डाइ एलेन्ट्रा

कोरोला कारपछि हुन्डाइको एलेन्ट्रा कार संसारमा बढी बिक्‍ने कारको सूचीमा परेको छ।

यो कार अहिलेसम्म १० लाख १० हजारभन्दा बढी बिक्री भइसकेको छ।

३.वुलिङ सनशाइन

चीनमा सबैभन्दा धेरै यातायातको लागि वुलिङ सनशाइन कारको प्रयोग गरिन्छ।

सन् २०११ मा कम्पनीले करीब ९ लाख ४३ हजार कार बेचेको जनाएको छ।

४. फोर्ड फोकस

फोर्ड कम्पनीको फोकस कार संसारमा धेरै बिक्‍ने मध्ये चौथो नम्बरमा पर्छ। यो कार अहिलेसम्म ९ लाख १९ हजार भनदा बढी बिक्री भइसकेा छन्।

५.किआ रियो

किया कारको नयाँ मोडेल अमेरिकाको लागि पुन: नया तरिकाले डिजाइन गरिएको छ।

तर यसको पुनारो मोडल संसारभर ८ लाख १५ हजार ३३७ वटा बिक्री भइसकेको छ। यसको करीब ५ लाख कार इरानमा मात्रै बिक्रि भएको थियो।

६.फोर्ड फिएस्टा

फोर्ड कम्पनीको फिएस्टा कार पनि संसारमा बढी बिक्रि हुने कारमा पर्दछ।

सन् २०११ मा करीब ७ लाख ८१ हजार १ सय ४७ वटा बिक्री भएको थियो।

७.भक्सवागन जेट्टा

भोक्सवागन कम्पनीको सानदार जेट्टा कार विश्‍वभर अहिलेसम्म ७ लाख ४५ हजार बिक्री भइसकेा छन्।

८.टोयोटा क्यामरी
टोयोटाको क्यामरी कार अमेरकामा सबैभन्दा धेरै बिक्री हुने कारमा पर्दछ। तर संसारभर पनि यसको बिक्रि उत्साह जनक नै रह्यो।

यो कारको बिक्री अहिलेसम्म ७ लाख २६ हजार भन्दा बढी रहेको छ।


9. शेवरोलेट क्रूज

शेवरोलेट क्रूज कार अमेरिकासहित पुरै विश्‍वभर मन पारइएको कार हो। यो कार अहिलेसम्म ६ लाख ९१ हजार भन्दा बढी बिक्री भइसेको छ।

१०. भक्सवागन गोल्फ

भक्सवागन गोल्फ दिुनियामा सबैभन्दा धेरै मन पराइएको कार हो । यो कार अहिलेसम्म करीब ३ करोडभन्दा बढी बिक्री भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.