एपेक्स डिजिटलको भ्यालेन्टाइन अफर

एपेक्स डिजिटलको भ्यालेन्टाइन अफर

काठमाडौः एपेक्स डिजिटल स्मार्ट स्टोरले भ्यालेन्टाइन अफर ‘यो उत्सव बनाउनुहोस् खास' ल्याएको छ । प्रेमको मौसममा युवालाई उत्साहित बनाउन कम्पनीले यस्तो अफर ल्याएको हो ।

यस अफरमा ग्राहकले एपेक्सका देशभर रहेका कुनै पनि स्टोरबाट डिजिटल सामान खरिद गर्दा स्पेशल छुट र निश्चित उपहार प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई लक्की ड्र मार्फत एकथान जुपिटर स्कुटर उपहार प्रदान गर्ने कम्पनीका ब्रान्ड म्यानेजर प्रकाश सुवेदीले जानकारी दिए ।

एपेक्स डिजिटलका रिटेल म्यानेजर प्रतिक ढुंगेलका अनुसार ग्राहकले स्टोरबाट आइफोन, सामसुङ, जिओनी, एचटिसी, साओमी, लेनेभो र जोपो ब्रान्डका मोबाइल फोन खरिद गर्न सक्नेछन् । एपेक्स डिजिटलले नेपालका विभिन्न सहरमा स्मार्टस्टोर सञ्चालनमा ल्याएको छ । ‘विश्वास छरी, नेपालभरी' भन्ने नारासहित कम्पनीले देशभर स्मार्टस्टोर सञ्चालनमा ल्याएको हो ।

काठमाडौंको न्युरोड, भक्तपुरको ठिमी, पोखराको चिप्लेढुंगा, धरानको महेन्द्रपथ, दमक फर्निचर लाइन, नारायणगढको सहिदचोक, दाङको घोराहीमा रहेका डिजिटल स्टोर अवलोकनकर्ताले आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना फेबु्रअरी सातदेखि सञ्चालित छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.