विश्‍वकै सर्वोच्च शिखर सगरमाथाको १० रोचक तथ्य

विश्‍वकै सर्वोच्च शिखर सगरमाथाको १० रोचक तथ्य

१. सन् १९५४ मा भएको भूमिमापनअनुसार सगरमाथा आठ हजार आठ सय ४८ मिटर अग्लो छ। यसैलाई आधिकारिक रूपमा लिइएको छ । सन् १९९९ मा गरिएको भूउपग्रहीय मापनले सगरमाथालाई करिब दुई मिटर अग्लो बताए पनि त्यो विवादित भयो।

. सगरमाथाको चुचुरो जेट विमान उड्ने सबैभन्दा उचाइ (९४४८.८ मिटर) भन्दा केही तलमात्र पर्छ।

. सगरमाथाको चुचुरोमा मानिसले सामान्य लिने अक्सिजनको एक तिहाइमात्र लिन्छ। हावामा अक्सिजन नभएर होइन हावाको चाप कम हुने भएकाले।

. सन् १९६९ यता सगरमाथा आरोहणमा सन् १९७७ मा बाहेक बर्सेनि कम्तीमा एक जनाको मृत्यु हुनेको गरेको छ।

. हिमालमा हावाको वेग दुई सय माइल प्रतिघण्टाभन्दा बढीसम्म मापन गरिएको छ।

. हरेक १० सफल आरोहणमा एकको मृत्यु हुन्छ।

. हिमालमा झन्डै दुई सय मृत शरीर छन् जसलाई आरोहीहरूले दिशासूचकको रूपमा प्रयोग गर्छन्।

८. रेनहोल्ड मेस्नर सगरमाथामा एक्लै र बिनाअक्सिजन आरोहण गर्ने पहिलो आरोही हुन्। उनले सन् १९८० मा आरोहण गरेका थिए।

९. अहिलेसम्म सगरमाथा आरोहण गर्ने वृद्ध आरोही जापानका युचिरो मिउरा हुन्। उनले ८० वर्षको उमेरमा आरोहण गरेका थिए। उनले सन् २०१३ मे २३ मा शिखर चुमेका थिए । त्यसभन्दा पहिला नेपालका ७६ वर्षीय मीनबहादुर शेरचनले आरोहण गरेका थिए।

१०. आप्पा शेर्पा र फुर्बा टासी अहिलेसम्म सबैभन्दा बढीपटक सगरमाथाको शिखर चुम्ने आरोही हुन्। यो जोडीले अहिलेसम्म २१ पटक सगरमाथा शिखर चुमिसकेको छ। फुर्बा सन् २००७ मा तीन पटक चुचुरोमा एक्लै पुगेका थिए। आप्पाले सन् १९९० देखि २०११ सम्म लगभग हरेक वर्ष आरोहण गरे। आप्पा विश्वव्यापी तापक्रमको सगरमाथामा परेको असर प्रत्यक्ष देख्ने आरोही पनि हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.