मोबाइल फोनमा आधारित वित्तीय सेवा
काठमाडौं: नेपालमा मोबाइल फोनमा आधारित वित्तीय सेवा प्रारम्भ गर्न आईएमई डिजिटल सोलुसन र सक्षम कार्यव्रmमबीच सम्झौता भएको छ । संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षमले आईएमई डिजिटल सोलुसनको साझेदारीमा नेपालमा मोबाइल फोनमा आधारित वित्तीय सेवा प्रारम्भ गर्ने आधारशीला तयार गर्ने भएको छ ।
सम्झौताले नेपालभर आईएमईमा र्फत विप्रेषण सेवा लिइरहेका ६ लाखभन्दा बढी घरपरिवार, उपभोक्ता तथा सञ्जालबाहिरका उपभोक्ता तथा गैररेमिटेन्स क्षेत्रलाई मोबाइलमा आधारित वालेटको सेवा उपलब्ध गराउनेछ । यस अभियानमार्फत आईएमईले नगरोन्मुख/ग्रामीण क्षेत्र र बैंकिङ सेवाबाट बञ्चित समुदायसम्म पुग्न मोबाइल नेटवर्क सञ्चालक, रेमिटेन्स एजेन्ट, वाणिज्य बैंक, शाखारहित बैंकिङ सेवाका एजेन्ट र मर्चेन्टसँग साझेदारी गर्नेछ ।
उक्त कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले यस प्रकारको विधुतीय भुक्तानी प्रणालीले वार्षिक झन्डै ५० अर्बको राजस्व बढाउने बताए । उनले यो आर्थिक पारदर्शिता वृद्वि गर्न सहयोगी बन्ने दावी गरे । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न सहयोग पुर्याउने यस्तो भुक्तानी प्रणालीलाई राष्ट्र बैंकले पूर्ण सहयोग गर्ने उनले बताए ।
आईएमई समूहका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमईको उक्त नयाँ डिजिटल सेवाले देशका सबै ठाउँमा वित्तीय सेवा पुर्याउने बताए । त्यस्तै आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकालले नेपालका ग्रामीण क्षेत्रमा हालसम्म पनि बैंकिङ सेवा नपुगिरहेको अवस्थामा अधिकांश नेपालीका हातहातमा मोबाइल फोन पुगिसकेको बताए । मोबाइल फोनमार्फत प्रदान गरिने डिजिटल वित्तीय सेवा संसारभर लोकप्रिय रहेको उनले उल्लेख गरे । नेपालमा पनि उक्त सेवा प्रभावकारी हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस !