पार्टीमा विरोध, विद्यार्थी संगठनमा एकता : सानोठिमीमा सत्तापक्षको एकता

पार्टीमा विरोध, विद्यार्थी संगठनमा एकता : सानोठिमीमा सत्तापक्षको एकता

भक्तपुर : व्यवस्थापिका-संसदमा नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी एकअर्काका विरोध शक्ति हुन्। कांग्रेस सरकारमा छ भने नेमकिपा प्रतिपक्षमा।

कांग्रेसको समर्थनमा बनेको प्रचण्ड सरकारले व्यवस्थापिका-संसदमा प्रस्तुत गरेको संविधान संशोधनको नेमकिपाले अहिलेसम्म विरोध गरिरहेको छ।

संविधान संशोधनमा विरोध गर्ने प्रतिपक्षी पार्टीहरुको नेतृत्व गर्दै आएको नेकपा एमाले पछिल्लोपटक संशोधनबारेमा मौन बसे पनि नेमकिपाले विरोधलाई निरन्तरता दिँदै आएको छ।

तर आशन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा भने दुई परस्पर विरोधी पार्टीका विद्यार्थी संगठनहरुबीच भक्तपुरमा कार्यगत एकता भएको छ।

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा हुने स्ववियु निर्वाचनअन्तर्गत भक्तपुर बहुमुखी क्याम्पसमा कांग्रेस र नेमकिपाका भ्रातृ संगठनहरु क्रमशः नेपाल विद्यार्थी संगठन र नेपाल क्रान्तिकारी विद्यार्थी संगठनबीच कार्यगत एकता भएको हो।

अघिल्लो स्ववियु निर्वाचनमा एमालेको भ्रातृ संगठन अनेरास्ववियुसँग कार्यगत एकता गरी सभापतिलगायत जितेको नेक्राविसंघले यसपटक कांग्रेस समर्थित नेविसंघसँग कार्यगत एकता गरेको छ। उक्त कार्यगत एकतामा निर्वाचित दस पदाधिकारीमा नेक्राविसंघले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित चार सदस्य र नेविसंघले सचिव र तीन सदस्य लिने सहमति गरिएको छ।

समानुपातिकतर्फ भने नेविसंघलाई उपाध्यक्ष र सहसचिवसहित बहुमत सदस्य दिने सहमति भएको नेविसंघ भक्तपुर बहुमुखी क्याम्पसका उपाध्यक्ष राजन सुवालले जानकारी दिए।

उक्त एकताअनुसार अध्यक्ष र कोषाध्यक्षमा नेक्राविसंघका दिनेश खड्गी र मिलन गणेजूको उम्मेदवारी दिइएको छ। त्यस्तै सचिवमा नेविसंघका विवेक लामिछानेको उम्मेदवारी परेको छ।

निर्वाचि हुने सात सदस्यमध्ये नेक्राविसंघका विकल कुसी, झरना बोहरा, रिजना ग्वाछा र किशोर गोसाई तथा नेविसंघका विनिता रिजाल, पुकार पराजुली र सुदीप घोरासाइनेको उम्मेदवारी दिइएको छ।

भक्तपुर क्याम्पसमा एमाले समर्थित अनेरास्ववियुले भने दीपकबहादुर विष्टको नेतृत्वमा एकल प्यानलको उम्मेदवारी दिएको छ। त्यस्तै नेकपा माओवादी केन्द्रले पनि सञ्जय ठिमीको नेतृत्वमा आफ्नै छुट्टै प्यानलको उम्मेदवारी दिएको छ।

भक्तपुरमा बाबुराम भट्टराई नेतृत्वको जनशक्तिका मायादेवी तामाङ र स्वतन्त्र मन्दिप न्यौपानेले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्।

सानोठिमीमा सत्तापक्षको एकता
भक्तपुर क्याम्पसमा नेक्राविसंघसँग कार्यगत एकता गरेको संसदको पहिलो पार्टी कांग्रेसको भ्रातृ संगठनले भक्तपुरकै सानोठिमी क्याम्पसमा भने नेकपा माओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) सँग एकता गरेको छ।

नेविसंघ र क्रान्तिकारीको तर्फबाट स्ववियु सभापतिमा रमेश खड्का, सचिवमा निशान राई र कोषाध्यक्षमा पार्वती शर्माको उम्मेदवारी दिइएको छ।

एमाले समर्थित अखिलले भने अध्यक्षमा लालबहादुर रोकाया, सचिवमा गणेशबहादुर केसी र कोषाध्यक्षमा दीपा राईसहितको छुट्टै प्यानलको उम्मेदवारी दिइएको छ।

नेमकिपा समर्थित नेक्राविसंघले अध्यक्षमा जानकीकुमारी सिजापती, सचिवमा राम कासिछ्वा र कोषाध्यक्षमा लुना श्रेष्ठसहितको छुट्टै प्यानल उम्मेदवारी दर्ता गरिएको छ।

सानोठिमीमा अखिल क्रान्तिकारी विप्लव, प्रगतिशील विद्यार्थी मञ्च, लोकतान्त्रिक विद्यार्थी फोरम, अखिल पाँचौं र दुई स्वतन्त्रसहित नौजनाले अध्यक्षमा उम्मेदवारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.