सिद्धार्थको शाखा राजविराजमा

राजविराज: सिद्धार्थ इन्सुरेन्स लिमिटेडले सप्तरीको राजविराजमा शनिबारदेखि शाखा सञ्चालन गरेको छ । बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं र लिमिटेडका स्वतन्त्र सञ्चालक दिब्यकुमार अधिकारीले संयुक्त रूपमा ३०औं शाखाको उद्घाटन गरेका थिए ।
कम्पनीले ११ वर्षको अवधिका बिमा व्यवासयमा गरेको प्रगति र सेवाको प्रशंसा गर्दै बिमा समितिका अध्यक्ष चापागाईंले स्तरीय बिमा सेवाको अपेक्षा गरेको बताए । राजविराज शाखा प्रमुख संजिवकुमार सिंहले कम्पनीमार्फत सम्पूर्ण प्रकारका बिमा सेवा प्रदान गर्ने जानकारी दिए ।
लिमिटेडले आर्थिक वर्षभित्र ४० वटा शाखा स्थापना गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्रीले बताए ।
प्रतिक्रिया दिनुहोस !
