जन्मदिनको उपहार

जन्मदिनको उपहार

वर्ष दिनमा एक पटक आउने जन्मदिनमा रमाइलो गर्न कसलाई पो मन नलाग्ला र ? तर रमाइलो गर्ने नाममा अनावश्यक रूपमा पैसा खर्च गरेर चकटेल र केक किन्ने र धूमधामसँग पार्टी नै गर्नुुपर्छ भन्ने चाहिँ होइन । यही परम्परालाई तोड्दै हिजोआज केही अभिभावकले आफ्ना छोराछोरीका जन्मदिन अलि भिन्न तरिकाले पनि मनाउने गरेको पाइन्छ ।

कसैले आफ्नो जन्मदिनमा कुुनै अनाथ अाश्रम वा वृद्धा श्रममा गएर त्यहाँ खाना खुुवाउने गर्छन् भने कसैले चराचुुरुंगीलाई दाना खुुवाउँछन् । आफ्ना जन्मदिनका अवसरमा यस्तै राम्रो काम गर्ने बानी आफ्ना सन्तानमा बसोस् भन्ने चाहना धेरै अभिभावकको हुुन सक्छ । जन्मदिनका दिन अनावश्यक तडकभडकसहित गरिने खर्च कटौती गरी राम्रो काममा लगाउने विद्यार्थी, शिक्षक र अभिभावकको संख्या पनि विस्तारै बढ्न थालेको छ ।

पेप्सीकोला टाउन प्लानिङका टिया र रिजा श्रेष्ठले त आफ्नो जन्मदिनको अवसरमा टीकाथलीको एक विद्यालयमा पढ्ने दुुईजना जेहेनदार विद्यार्थीलाई सात हजार रुपैयाँबराबरको छात्रवृत्ति दिएका छन् । समाजसेवी तेज श्रेष्ठका छोरीहरू टिया र रिजाले सामाजिक भावबाट प्रेरित भएर केही समय अगाडिदेखि जन्मदिनको खर्च छात्रवृत्तिमा खर्चन थालेका हुुन् ।

जन्मदिनका दिन अनावश्यक तडकभडकसहित गरिने खर्च कटौती गरी राम्रो काममा लगाउने विद्यार्थी, शिक्षक र अभिभावकको संख्या पनि विस्तारै बढ्न थालेको छ ।

साथीहरूलाई चकलेट, केक बाँड्ने पश्चिमीचलनतर्फ आफ्ना विद्यार्थीलाई प्रेरित नगरी यसका सट्टामा केही राम्रा काममा उनीहरूलाई त्यसको खर्च उपयोग गर्न केही विद्यालयले लगाउन सुरु गरेका छन् । अहिले राजधानीका ती विद्यालयले विद्यालयमा जन्मदिन कोष नै खडा गरी त्यसलाई सिर्जनशील कार्यमा लगाउन थालेका छन् । भक्तपुुुुरको मिवाछेंस्थित एभरेस्ट इङ्लिस स्कुुुुलले अगाडिदेखि नै आफ्नो विद्यालयमा यस्तो परम्पराको सुरुवात गरेको हो ।

२०६६ सालमा एभरेस्ट जन्मदिन कोष स्थापना गरी सामाजिक काम गर्न सुुुुरु गरिएको कोषबाट यो वर्ष कास्की र दैलेखका दुुुुई सामुुुुदायिक विद्यालयमा पुुुुस्तकालय स्थापनाका लागि तीन लाख २८ हजार रुपैयाँ बराबरको तीन हजार दुुई थान किताब उपहार दिइएको छ । विद्यालयको ३४औं वार्षिकोत्सवका अवसरमा विद्यालयमा आयोजित एक विशेष समारोहमा ती किताब हस्तान्तरण गरिएको थियो ।

कोषबाट हालसम्म आठवटा विद्यालयलाई पुुुुस्तकालय स्थापनामा सहयोग गरी सकिएको विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताए । यसैगरी नयाँबानेश्वरस्थित काव्य स्कुुुुलमा तीन वर्षअघि खडा गरिएको काव्य जन्मदिन कोषले गत वर्षको भूकम्पमा परेका साँखुुुुका बासिन्दालाई खाद्यान्नदेखि कम्बलसमेत वितरण गरेका विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बाँस्कोटाले बताए । ‘विद्यार्थी, शिक्षक र सञ्चालकहरूको जन्मदिनमा स्वेच्छाले रकम जम्मा हुुुुन्छ । तर विद्यालयमा चकलेट र केक भने बन्देज छ’, काव्य स्कुलका निर्देशक रिजन खड्काले भने ।

काव्य जन्मदिन कोषबाट सुुुुदूरपश्चिमाञ्चलको समावेशी विद्यालयलाई ४० हजार रुपैयाँबराबरको आठ थान विद्यालय टेबलदेखि झापाको स्कुल चौन माविलाई पंखा र स्टेसनरी र नुुुुवाकोटको तारुकास्थित जनजागृति प्राविलाई स्टेसनरी, कम्प्युुुुटर र विद्यार्थीलाई पोसाकसमेत दिइएको छ ।यसका साथै त्रिभुुुुवन मावि सोलुुुुखुुुुम्बुुुुलाई दुुई थान कम्प्युुुुटर, गोरखाको राम्चे माविमा शौचालय बनाउन ६० हजारदेखि निजामती कर्मचारी अस्पतालमा उपचार गराएका क्यान्सरपीडित विद्यार्थीलाई नगद २५ हजार रुपैयाँ सहयोगसमेत गरिएको विद्यालयले जनाएको छ ।

एभरेस्ट जन्मदिन कोषमा हरेक विद्यार्थीले आफ्नो जन्मदिनका अवसरमा न्यूनतम ७० तथा शिक्षक र कर्मचारीले वार्षिक एक हजार रुपैयाँ जम्मा गर्नुुुुपर्ने नियम बनाइएको छ । चकलेट र केक बाँड्ने चलन बन्द गर्दै जन्मदिनको अवसरमा केही रुपैयाँ बचत गर्दै दुुुुर्गम भेगका सामुुुुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई पुुुुस्तकालयमार्फत शैक्षिक विकासमा सहयोग गर्नुुुु कोषको उद्देश्य रहेको छ ।

२०६६ सालमा सो कोषबाट भक्तपुुुुर जिल्ला अस्पताललाई ८८ थान न्यानो कम्बल उपहार दिएर सुुुुरुवात गरिएकोमा २०६७ मा ओखलढुुुुंगा जिल्लाको हिलेपानीस्थित महादेवस्थान मावि, २०६८ सालमा संखुुुुवासभा जिल्लाको चैनपुुुुरस्थित सरस्वती मावि, २०६९ सालमा रामेछाप जिल्लाको गोठपानीस्थित चण्डेश्वरी उमावि, २०७० सालमा खोटाङ जिल्लाको सल्लेस्थित जनता मावि, २०७१ सालमा कालीकोट जिल्लाको फोइकोटस्थित महादेव उमावि र २०७२ सालमा अछाम जिल्लाको टोटकेसाल कालिका स्थानको महेन्द्र माविलाई किताब उपहार दिइएको थियो ।

केही महिनाअघि एभरेस्ट जन्मदिन कोषको एक लाख ११ हजार एक सय ११ सहित विद्यालय तथा कर्मचारी र अन्यबाट प्राप्त तीन लाख ३३ हजार रुपैयाँ अन्वेषक महावीर पुुुुनको आविष्कार केन्द्रको लागि सहयोग गरिएको विद्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.