सम्बन्ध प्रगाढ बनाउने ज्याम्बोरी

सम्बन्ध प्रगाढ बनाउने ज्याम्बोरी

टुगेदर फर बेटर टुमारो अर्थात् ‘सुन्दर भविष्यका लागि एकजुट’ भन्ने नाराका साथ करिब डेढ महिनाअगाडि भारतको कर्नाटक राज्यको मैसुर सहरमा भएको भारत स्काउट र गाइडहरूको १७औं ज्याम्बोरीमा हामीले सहभागिता जनाएका थियौं । विश्वभरका ३० हजारभन्दा बढी स्काउटहरू सहभागी ज्याम्बोरीमा नेपाल स्काउटको तर्फबाट हामी सेन्टमेरिज स्कुलका ३७ विद्यार्थी र तीन शिक्षकले सहभागिता जनाएका थियौं ।

shreeya

भारतका राष्ट्रपति प्रणव मुखर्जीले ज्याम्बोरीको उद्घाटन गरेका थिए । करिब चार सय एकड क्षेत्रफलमा फैलिएको ज्याम्बोरी स्थलमा दुुुुई सय वटा क्याम्पका साथै सभा कक्षहरू, भोजनालय, स्वास्थ्य केन्द्र, रंगशाला, ज्याम्बोरी मार्ट, खानेपानी शौचालयलगायतको व्यवस्था गरिएको थियो । हामीले त्यहाँ मार्चपास गर्दै नेपाल स्काउटको परिचय दियौं । कार्यक्रममा भारत र अन्य देशका स्काउटहरूले आआफ्ना राष्ट्रिय झन्डा फहराएर राष्ट्रिय पहिचान र भ्रातृत्वको विकास गर्ने काम गरे ।

३१ डिसेम्बर २०१६ अर्थात् वर्षको अन्तिम दिन विविध सांस्कृतिक कार्यक्रमको अवलोकन गरी सन् २०१७ को पहिलो दिन वल्र्ड एसोसियसन फर गर्ल गाइड्स एन्ड गर्ल स्काउट्स (डब्लूएजीजीजीएस) को कार्यक्रममा सहभागी हुने अवसर हामीले पायौं । यस कार्यक्रममा साइबर अपराध, महिला स्वास्थ्य तथा आन्तरिक सुन्दरताका विषयमा हामीले ज्ञान हासिल गर्‍याैं ।

ज्याम्बोरीको अर्को विशेषता भनेको विभिन्न समुदाय र देशका नागरिकबीच सम्बन्धलाई प्रगाढ बनाउन हरेक दिनलाई सहभागी देशको दिनको रूपमा उल्लासमय बनाउने कार्यक्रम तय भएको थियो ।जसअनुरूप जनवरी २ लाई नेपाल दिवस (नेपाल डे) का रूपमा मनाइयो । त्यस दिन हामीले गौतमबुद्धको जन्मस्थल र सगरमाथाको देश नेपाल भनेर परिचय दिँदै सम्पूर्ण उपस्थित सहभागीहरूलाई नेपाली गीत संगीतमय वातावरणमा स्वागत गर्न पाउँदा हाम्रो शिर सगरमाथा जस्तै उच्च भएको अनुभूति भयो ।

जनवरी ३ का दिन अन्तर्राष्ट्रिय साँझमा हामीले नेपाल स्काउटको तर्फबाट नेपाली गीत ‘माइतीघर’ मा नृत्य पस्क्यौं । सोही दिन सम्पूर्ण स्काउटले सामूहिक मार्च पास गरे । कार्यक्रमको नेतृत्व नेपाल स्काउटले गर्दै नेपालको झन्डा विदेशी भूमिमा फहराउँदा हामी सबैको शिर गौरवले उठ्यो । ज्याम्बोरीले मित्रतालाई दरिलो बनाएर जनवरी ४ मा यो समापन भयो । नेपालबाट स्थलमार्ग (बस र रेलको यात्रामा) तीन दिन तीन रातको अनवरत यात्राबाट मात्र पुग्न सकिने टाढाको कार्यक्रमको लागि सहभागिता दर्शाउने अवसर पाउनु नै हाम्रो ठूलो उपलब्धि हो ।

लामो यात्रा कसरी सम्पन्न गर्नुपर्दो रहेछ, समस्यासँग कसरी जुध्नुपर्दो रहेछ, एकले अर्काको सहयोग किन र कसरी गर्नुपर्ने रहेछ, धैर्य र सचेतता कति महत्वपूर्ण रहेछन् भन्ने हामीले ज्याम्बोरीमा सहभागिता जनाएर सिक्यौं । यस्तो महत्वपूर्ण कार्यक्रममा सहभागी हुने अवसर मिलाइदिनु हुने हाम्रो विद्यालयकी आदरणीय प्रिन्सिपल सिस्टर जेसी, हाम्रा आदरणीय स्काउट शिक्षक तथा हाम्रा अभिभावकहरूप्रति हामी धेरै आभारी छौं ।

श्रेया खतिवडा
कक्षा: ९
सेन्टमेरिज स्कुल, जावलाखेल, ललितपुर ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.